Techie IT
×
गृहपृष्ठविचारलगन गांँठो नकस्दै, टुक्रिने भो इंगेजमेन्ट

लगन गांँठो नकस्दै, टुक्रिने भो इंगेजमेन्ट


पुरानो लोक्त्रान्तिक मुलुकहरु मध्ये सेरोमेनियल राजा भएको देश ब्रिटेनमा एउटा विषयलाई टुङोमा पुर्याउनकोलागि सन् २०१५ देखी २०१९ का वीच ३ चोटि सम्सदिय चुनाव भएको छ ।

यूरोपीयन युनियनबाट अलग हुने कि नहुने भन्ने बिषयमा जनता देखी संम्सद वीच दृष्‍टिकोणमा मतभेद हुँदा यसरी जनादेशको लागि छिटो-छिटो चुनाव भएको हो । ब्रिटेनमा सन २०१६ मा भएको आमचुनावमा ५२ प्रतिशत जनताले ब्रेग्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशत जनताले ब्रेग्जिट को बिरोध गरेका थिए । त्यसपछी लामो समय सम्म यो बिषय निकै पेचिलो बन्दै गयो र बिभिन्न प्रधानमन्त्रीहरु आए संसदमा ब्रेग्जिटको पक्ष बीपक्षमा मतभिन्नता हुँदा पटक पटक निर्वाचन गराउन परेको स्पस्टै थियो ।

प्रधानमन्त्री बोरिस जॉनसन र उनको पार्टीले ब्रिग्जिटको पक्षकालागि जनता सँग जाने मत का साथ डिसेम्बर १२ को आम चुनावको घोषणा गरेका थिए । अन्त्यमा उहाँको निर्णय सहि साबित भएको मत पछीको रिजल्टले स्पस्ट पारेको छ । यसै लेख मार्फ़त  प्रम जॉनसनलाई बधाई दिन चाहन्छु ।

भर्खर-भर्खर १०-१२ बर्षको थिए होला तत्कालिन अवस्थामा नेपालको दुरगाउमा संचारको एक मात्रा माद्यम रेडियो नेपाल नै थियो र बिहान बेलुकाको समाचार खुब चाख लागेर सुन्ने गर्दथे । तत्कालिन समयमा समाचार माध्यममा अन्तरास्ट्रिय समाचारमा छाउने नाम भनेको प्राधामन्त्री मारग्रेट थैचर बेलायत, रोनाल्ड रेगन अमेरिकि राष्ट्रपती, मिखाइल गोर्बाचोब सोबियतसँघका राष्ट्रपती  निकै चर्चित नामहरु हुन। हुन सक्दछ सित युद्दको खतराको कारण होला तत्कालिन अवस्थामा यी नामहरु चर्चामा रहेका  अहिले आएर सोच्न सक्दछु । बाल्यकालमा सित युद्द भनेको के हो मलाई थाहा थिएन।

बेलायत जस्तो ठुलो देशमा राजाको रुपमा महारानी र प्रधानमन्त्रीको रुपमा महिला रहन सक्छिन जुन पार्टी भित्र मात्र हैन विस्वमै चर्चा बटुल्न सक्ने लोकप्रिय नेत्री को रुपमा थैचर जस्तो ब्यक्तित्व त्यो पनि महिला । मैले सोच्दथे हाम्रो देशमा किन राजाको छोरो नै राजा हुने कानुन होला किन उसको छोरी हुन राजगद्दिको उत्तराधिकारी हुन सक्दैन मनमा कौतुहलता हुन्थ्यो । बुढा पाकाले पनि भन्ने गर्नु हुन्थ्यो राजाको ठूलो छोरा हुने भाग्यमानी प्रजाको सानो छोरो हुनु भाग्यमानी भनेर शायद यस्ता भनाइले पनि मलाई यो बारेमा मेरो सोचाइ पुगेको हुन सक्दछ ।

विश्वाका भिटो प्रयोग गर्न सक्ने देसमा कार्यकारीणी अधिकार सहित्को एक मात्र महिला सरकार प्रमुख तत्कालिन अवस्थामा थैचर नै हुनुहुन्थ्यो मल्टी पाट्री सिस्टम मा उहा कंज़र्वेटिव पार्टीको नेता भन्ने कुरा बुजे पछी मलाई त्यती बेला कस्तो पाट्री हो भन्ने बुज्नु भन्दा नि कता कता रेडियो सुनेको भरमा मलाई थैचर को पाटी मन परेको थियो । शायदम अहिले को अवस्थामा बैदेशिक रोजगारिको सिल्सिलामा कतार नभएर बेलायत भएको भए मेरो मत अबस्य पनि कंज़र्वेटिव पार्टी लाई नै जाने थियो बाल्य काल्मा परेको प्रभाब को असर हो यो  ।

यही कंज़र्वेटिव पार्टीमा सन २०९० तिर जोन मेजर प्रधान मन्त्री बने पछी पाट्रीको लोकप्रियता कम्जोर हुँदै गयो लामो समयको अन्तराल पछी बर्तमान प्रधानमन्त्री कंज़र्वेटिव पार्टीको लागि योग्य लिडरको रुपमा उदाउदै गर्दा पाट्रीको शाख लाई १९८० को दसक को हैसियत मा पुर्याउन सफल भएका छन । तसर्थ कुनै पनि पाट्री लाई अबल दर्जामा राख्न को लागि नेत्रित्वको भूमिका महत्व पूर्ण हुन्छ भन्ने कुरा स्पस्ट भएको छ । जुन कुरा लाई नेपालको पुरानो पाट्री नेपाली काँग्रेसले पनि बुज्नु जरुरी छ नेत्रित्व मा कस्तो ब्यक्ती पुग्नु पर्दछ भनेर ।

१२ दिसंबर २०१९ को चुनावले बेलायती जनताले कंज़र्वेटिव पार्टी लाई बहुमत दिएर २०१६ को जनमत संग्रहको मत अनुसार युरोपियन युनियन बाट बेलायत छुटिनु पर्दछ, ब्रेग्जिट को पक्षमा मतदान हो स्पस्ट भएको छ । अब बल प्रधानमन्त्री बोरिस जॉनसन को कोर्ट्मा पुगेको छ उहाले निर्वाचन अगिको आफ्नो बचन अनुसार नै यूरोपीय संघ बाट अलग गराउनु पर्दछ ।

जनताले भारी बिस्वास्का साथ मत दिएका छन अबस्य पनि यो अबसर उहाले गुमाउनु हुन्न । बेलायत लाई युरोपियन युनियन बाट अलग गराउने ब्रेग्ज़िट डील को समर्थन हो यसमा दुई मत छैन । हेर्न पर्ने प्रतिक्षा को बिषय बेलायतको यूरोपेली सङ्घ (इयू) बाट बहिगर्मन हुँदै गर्दा त्यहको अर्थतन्त्र को स्तिरता त्यहाको रोजगरिमा पर्ने असर र बेलायतको श्रम बजारमा कुनै पनि नकरात्मक असर नपर्ने गरी सुझ बुझको साथ अर्थतन्त्रलाई चलयमान गराउनु ठुलो चुनौतिको रुपमा रहेको छ । बिस्वले यस्तो महत्वका साथ प्रमाणिक चासो दिएर हेरिएको छ बहिगमन पछी संयुक्त अधिराज्यका कम्पनिहरुले चाहिने भन्दा बढी पुजिगत खर्चको तुतल्नामा श्रम लाई बढी सङ्ग्रह गरेको अवस्था मा बहिगमनले कस्तो प्रभाब प्रार्दछ ।

हुनत केही रिपोर्टहरुले बहिगर्मनको प्रकृया लम्बिएर अनिशिचितता तर्फ लम्कदै जाँदा पनि बेलायतको अर्थतन्त्र स्थिरता कायम देखाएको छ यहाँको बेरोजगारी दर ३.८ प्रतिशत रहेको देखिएको छ जुन पैतालिस बर्ष यताकै कम बेरोजगारी दर हो । यि रिपोर्ट हरुले यूरोपेली सङ्घ (इयू) बाट छुटिने बेलायती अर्थतन्त्र अज राम्रो गतिमा अगाडी बड्न सक्दछ भन्ने उपमाको रुपमा लिन सकिन्छ ।

प्रधानमन्त्री जॉनसनले बर्तमान बेलायतको अर्थ व्यवस्थालाई असर नपर्ने गरी बेलायत यूरोपियन यूनियनबाट कसरी अलग गराउन सक्नु हुन्छ त्यो नितान्त उहाँ भित्रको खुबिको बिषय बनेको छ । ३१ जनवरी भित्र बेलायतले यूरोपियन यूनियनबाट अलग हुने कि नहुने बिषयमा यूरोपियन युनियनलाई निर्णय दिनु पर्ने छ। १२ तारिकको रिजल्टले बेलायत छुटिने स्पस्ट भएको सन्केत जनमत मार्फत भएको छ ।

तथापी देशको चलयामान अर्थतन्त्रलाई नेगेटिभ असरनपर्ने गरी सुज्बुज पूर्ण ढंगले बिना सर्त अलग गराउन सक्नु उहाको खुबिमा निहित भएको छ । यदी २०२० को जनवरी ३१ भन्दा अगाडि बेलायत यूरोपियन यूनियनबाट अलग भयो भने विवाहबारीको पहिलो कदम इनगेज्मेन्ट पछी बिहे नगर्दै प्रस्ताबित जोडी छुटे जस्तो बेलायत र युरोपियन संघ (इयु) बिचको मघ्नि लगन गाठो नकस्दै टुक्रिने कटु सत्यको पथमा बेलायती जनताको अभिमत १२ डिसेम्बर को अभिमत हो भन्नु अत्युक्ती नहोला ।


क्याटेगोरी : विचार


तपाईको प्रतिक्रिया दिनुहोस