गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै दीप संञ्चार असार ११, २०८१ गते १:४९ मा प्रकाशित दोहा-नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा कतार आउने भएका छन।नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको १७ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न उनी कतार आउन लागेका हुन् ।अघिल्लो वर्षदेखि नै सुरु भएको जनतासँग नेपाली कांग्रेस कार्यक्रमको नेतृत्व गरिरहेका गगन विभिन्न समयमा देश तथा विदेशको भ्रमण गरिरहेका छन् ।नेपाली कांग्रेसको भावी नेतृत्व, भावी कार्यदिशा युवाहरूको काँधमा आउनुपर्छ भन्दै आफू लगायत केही युवा नेताहरूको साथमा देश दौडाहामा लागेका गगन पछिल्लो समय अमेरिका युरोप र मध्यपूर्वका देशहरुमा समेत नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिहरुको कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्।आउँदो शुक्रबार ओल्ड सलातामा रहेको प्लाजाइन सभाहालमा हुने कार्यक्रममा केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल र केन्द्रिय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर तथा मध्यपूर्वका जनसम्पर्क समितिका सभापतिहरू समेतको उपस्थिति रहने जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीले बताएका छन् ।कार्यक्रममा कतारमा रहेका सामाजिक संस्थाहरू वैचारिक संस्थाहरू पत्रकार बुद्धिजीवी सामाजिक अभियान्ता लाई निमन्त्रणा गरिसकिएको छ ।साथै कतारमा रहेका नेपाली कांग्रेस का आस्थावान तथा युवा त नेता गगन थापा लाई सुन्न प्रश्न गर्न चाहने सम्पूर्ण नेपाली हरुलाई सार्वजनिक निमन्त्रणा गर्दै कार्यक्रममा आमन्त्रण गरिएको छ।जनसम्पर्क समितिका महामन्त्री केदार भुसालका अनुसार कार्यक्रम दिनको ठीक १२ बजे सुरु हुने र कार्यक्रममा महामन्त्री गगन थापा साथै केन्द्रीय सदस्य दोय किरण पौडेल र नैन सिंह महरको विशेष सम्बोधन रहनेछ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दैमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान