Techie IT
×
गृहपृष्ठस्वास्थ्यरातिको खानामा यी बानी सुधार गर्नुहोस्

रातिको खानामा यी बानी सुधार गर्नुहोस्


अधिकांश नेपाली बिहानको खाना भन्दा बेलुकीको खानामा बढी ध्यान दिन्छन् ।

कामका कारण चाँडै निस्कनु पर्नेहरूले बिहान सामान्य र बेलुका विशेष परिकार खाने गर्दछन् । तर रातीको खानामा केही कुरा छन् जसको पालना गर्नु एकदमै आवश्यक मानिन्छ ।

– बेलुकीको खाना साँझ ८ बजे अगावै खानु उपयुक्त हुन्छ ।
– रातिको खाना हल्काफुल्का मात्र खानु पर्दछ ।
– राति ढिलो खाना खाँदा एसिडिटी बढ्ने, पेट भारी हुने र अपच हुने समस्या हुन सक्छ ।
– ढिलो खाना खाँदा खाना राम्ररी पच्दैन र निद्रा पनि बिग्रने सक्छ ।
– रातिको मसला हालेको खानेकुरा खानु हुँदैन ।
– यस्ता खानाले कब्जियत हुने, पेट फुल्ने, छाती पोल्ने र अपच हुने हुन सक्छ ।
– खाना खाने क्रममा वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन ।
– खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनु पर्दछ ।
– खाना खाए लगत्तै पानी पिउँदा पाचन प्रणाली गडबड हुन्छ र निद्रा पनि भाग्छ ।
– खाना खाएको दुई घण्टापछि मात्र सुत्नुपर्छ ।
– खाना खाएपछि केहिबेर हल्का हिँडडुल गरेर भोजन पचाउनु उपयुक्त हुन्छ ।
– थाकेर निद्रा लागेको छ भने केही नखानु उपयुक्त हुन्छ ।
– राति दूध, सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खादा पनि हुन्छ ।


क्याटेगोरी : स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार