गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? दीप संञ्चार माघ ४, २०८० गते ६:५२ मा प्रकाशित महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो । तर पाण्डवले धर्म नष्ट हुन्छ भनेर कौरवसँग युद्ध नगर्ने सम्भावना पनि प्रबल थियो ।त्यसैले योगेश्वर कृष्णले युद्धका लागि त्यस्तो भूमि छान्नुभयो जहाँ क्रोध र द्वेष पर्याप्त होस् । महाभारत युद्ध हुने निश्चय भएपछि युद्धभूमि खोज्नका श्रीकृष्णले अनेकौं दूत चारैतिर दौडाउनुभयो । ती दूतहरू जहाँ जान्छन् त्यहाँको विशेष घटना के रहेछ बुझेर आफूलाई बताउन उहाँले लगाउनुभयो ।कुरुक्षेत्र पुगेको दूतले सुनाएको वृत्तान्तका आधारमा भगवानले युद्ध भूमि निश्चित गर्नुभयो । के भने दूतले रु एकचोटि कुरुक्षेत्रमा घनघोर वर्षा भइरहेको थियो ।एक ठाउँमा ठूलो दाजुले आफ्नो सहोदर भाइलाई वर्षाबाट फसल जोगाउनका लागि आली बनाउन लगायो । भाइले त्यसो गर्न स्पष्ट रूपमा इन्कार गरेपछि दाइ रिसले आगो भयो अनि भाइलाई छुरा धँसेर मारिदियो । त्यसपछि उसले भाइको लाशको खुट्टा घिसारेर त्यही लाशकै आली बनाइदियो । यस्तो नृशंस हत्याको कथा सुनेर श्रीकृष्णले यो ठाउँ भाइहरूबीच युद्धका लागि उपयुक्त रहेको निश्चय गर्नुभयो ।यहाँ पुग्दा मस्तिष्कमा जस्तो प्रभाव पर्छ त्यसले प्रेम र सन्धिवार्ता हुन दिँदैन भन्ने श्रीकृष्णलाई थाहा थियो । हुन पनि त्यही भयो । यो युद्धमा नातासम्बन्धका सबै सीमाहरू भत्काइए ।पर्याप्त रगत बग्यो यहाँ । त्यसैले शुभ अशुभ विचार वा कर्मको संस्कार भूमिमा समाहित भएर बसेको हुन्छ । त्यसैले शुभ विचार राख्ने र शुभ कार्य गर्नाले भूमि, पर्यावरण र प्रकृतिमा त्यसको असर पर्छ ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप