Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित)

अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित)


एजेन्सी । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ ।

हावाको दबाबका कारण विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। तर, यो विमान सकुशल अवतरण भएको थियो । स्थानीय समय अनुसार शनिबार बिहान ९शुक्रबार साँझ० यो घटना भएको हो ।

अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ ।

‘पोर्टल्याण्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ मा आज साँझ टेकअफ भएको केही समयपछि एउटा घटना भयो। विमानमा १७१ पाहुना र छ जना चालक दलका सदस्यहरू सवार थिए।’ अलास्का एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पाहुना र कर्मचारीहरूको सुरक्षा सधैं हाम्रो प्राथमिकता हो। तथापि, यस प्रकारको घटना दुर्लभ छ। हाम्रो टोलीलाई त्यस्ता परिस्थितिहरू ह्यान्डल गर्न तालिम दिइएको छ। हामी के भयो भनेर अनुसन्धान गरिरहेका छौं।’

यो विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले पनि एक विज्ञप्ति जारी गरी आफूहरु यस दुर्घटनाको बारेमा सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी लिइरहेको जनाएको छ ।

मानिसहरुले सो विमानको तस्विर र भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस