Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ


काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् ।

प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको बताइएको छ ।

मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन् । साथै आम आदमी पार्टीको कानूनी टोलीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ ।

यसअघि बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो ।

केजरीवालले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए । अदालतले केजरीवाल ईडी समक्ष हाजिर हुनुपर्ने बताउदै उनको गिरफ्तारीमा रोक लगाउन अस्वीकार गरेको थियो ।

यसअघि ईडीले मार्च १७ मा केजरीवाललाई ९औं समन पठाएको भएपनि उनी बयानका लागि उपस्थित हुन अस्वीकार गर्दै आएका थिए ।

मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो ।

दिल्ली राज्य सरकारको मदिरा नीतिमा दिल्लीका मुख्यमन्त्री र केहि मन्त्रीहरु अहिले जेलमा रहेका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस