Techie IT
×
गृहपृष्ठअन्तरवार्तानिर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु (अन्तरवार्तासहित )

निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु (अन्तरवार्तासहित )

कंचनपुरको समग्र विकासका केहि समय अघिदेखि रोकिएका अधुरा कामहरुलाई निरन्तरता दिनेछु


प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै आफुले दिएको उम्मेदवार, आफ्नो क्षेत्रमा आफुलाई जनताले गरेका विश्वास र आफु निर्वाचित भएमा ५ वर्ष सुरु पहिले सुरुवात सुरुवात गरिएका काम हरु पुन : संचालन गर्ने बिषयमा रहेर कांग्रेसका नेता एनपी साउदसँग उद्दब बोगटीले गरको संवाद।

-मतदाताहरुको बिचमा यहाँ पुगिरहदा कस्तो प्रतिक्रिया पाइरख्नु भएको छ ?विशेषगरी अहिले लोकतान्त्रिक बाम गठबन्धन बनाएर मतदाताहरुमा पुगिरहदा मतदाता बाट कस्तो प्रतिक्रिया पाइरख्नु भएको छ ?

कन्चनपुर जिल्ला क्षेत्र नम्बर- २ को नेपाली कांग्रेसको परम्परगत आधार क्षेत्र रहदै आएको छ।गएको निर्वचनमा दुईवटा ठुला राजनीतिक दलहरुले गठबन्धन गरेर मात्रै नेपाली कांग्रेसलाई पराजित गरेको हो। नेपाली कांग्रेस एक्लैको पनि २५ हजार भोट थियो। यसपटक नयाँ गठबन्धन बनेको छ,लोकतान्त्रिक बाम गठबन्धन त्यो गठबन्धनको मतभार एमालेको तुलनामा लगभग दोब्बर नै छ। जनतामा निवर्तमान जनप्रतिनिधिहरुप्रति निराशा छ। जनतालाई जुन आशा अपेक्षा थियो त्यो आशा अपेक्षा पुरा गर्न सकेनन्। विकास निर्माणका संचालित योजनाहरुलाई पूर्णता दिन सकेनन्। नयाँ विकास निर्माणका योजनाहरु ल्याउन सकेनन् र जनसम्पर्कको अभियानलाई प्रभावकारी रुपले संचालन गर्न सकेनन्। त्यसले जुन जनतामा निराशा छ, जनता उनीहरुसंग आक्रोशित भएको अवस्था हो। म गाउँ ठाउ बस्तिमा गईराखेको छु। मैले सुरु गरेका कामहरु लथालिङ्ग परेका छन्। त्यसपछि निर्वाचित जनप्रतिनिधिहरुले, पहिलेको सरकारले गरेका कुराहरुलाई निरन्तरता दिनु पर्नेमा तिनलाई अगाडी नबढाइएको परिस्थति छ। कलौपुर बेलौरी सडक पिचको ठेक्का भएको तिन वर्ष भित्र पुरा गरिने भन्ने ठेक्का भएको आज ७/८ वर्ष भयो। त्यो अलपत्र अवस्थामा छ। नाइल देखि बुनर देखि नाइल हुँदै बाणी बंकरसम्म पुग्ने सडक हामीले अवाड गरेको आज कति वर्ष भैसक्यो। त्यो पनि अलपत्र अवस्थामा छ। त्यसै गरेर हामीले कृष्णपुरको मलुबेलाबाट गुलरिया हुदै धनगडी लैजाने सडकको ठेक्का अवाड गरिसकेको थियौ। त्यो काम अलपत्र छ। अगलबगलका मान्छेहरु धुलाम्य भएर गर्मीको याममा बडो त्रासदीपूर्ण अवस्थामा छन्। अरु पनि थुप्रै कामहरु छ। जनताको तटबन्धन कार्यक्रम अन्तर्गत नदि नियन्त्रण परियोजनाहरु मैले मेरो बेलामा लागु गरेको थिए। त्यसलाई आगाडी बढाईएको छैन । केहि खहरेहरु चुरेबाट निस्किन्छन र विशाल समुन्द्रका रुप लिएर केहि घण्टाभित्र ताण्डव देखाउछनं। खहरे हरुलाई नियन्त्रण गरेर लैजानु पर्ने तिनको व्यवस्थित गर्नु पर्न योजना बनाएर लैजानु पर्नेमा त्यतातिर केहि काम हुन सकेको छैन। महाकाली तेस्रो परियोजना मेरो बेलामा सुरु भएको थियो, म सिंचाईमन्त्रि भएको बेलामा अहिले त्यो फुलिलीसम्म पुगेको छ र त्यो ठेक्का अवाड गरेर मालाखेतीसम्म लैजाने प्रबन्ध हुदैछ। यसले घादीघासमा सिंचाईको सुबिधा जिल्लाभरि नै हुन्छ। घादिघास क्षेत्रमा आवागमन र नदी नियन्त्रणको सन्दर्भमा पनि सहयोग दिने छ भन्ने मैले विश्वास गरेको छु। आरक्षसंग पनि क्षेत्र जोडिएको छ। म चाहन्छु कि आरक्षले एउटा वायेर सिस्टम बनाएर आरक्षबाट आएका जनावरले बस्तीका मानिसहरुलाई दुख नदियोस र आरक्षसंग मैत्रीपुर्ण वातावारंमा त्यो समस्याको समाधान होस् भन्नें कोशिस छ। यो जनकपुर चाही पिप्लाडी जनकपुर भन्ने सुक्लाफाट को ३ नम्बर वडा यो थारुहरुको भर्सन बस्ती छ एकदम चौधरी थारु हरु भएको बस्ती छ त्यहाबाट शुक्लाफा सम्म क्रयाक जोड्न सक्यौ भने पछि हामीले यसलाई पर्यटकीय हब रुपमा विकास गर्न सक्छौ र यहाबाट हिडेर फर्किदा शुक्लाफाटबाट फर्किन सकिने या शुक्लाफाँटबाट घुमेर एक पोइन्टबाट फर्किन सकिने वातावरण बनाउन सकिने छ। अहिले नगरपालिका हरुले चाही भुमि नहरहरुलाई या बसोबासी हरुलाई लालपुर्जा दिने प्रक्रिया अघि बढी राखेको छ। यसलाई नेपाली कांग्रेसले तदारुपता दिएर यो तत्काल चुनावपछि लालपुर्जा जनताको हातमा पार्ने छ। यसरी लालपुर्जा दिदाखेरी आफ्नो जग्गा आफै किन्नुपर्ने जसरि धेरै जस्तो यसको मुआब्जा रकम तोकेको छ। त्यसको ठाउमा हामी यसलाई सस्तो बनाएर सुपथ मुल्यमा जनतालाई लालपुर्जा जनतालाई वितरण गर्ने छौ।

-विशेषगरी अघिल्लो निर्वाचनमा भन्दा अहिलेको निर्वाचनको परिदृश्य बदलिएको छ। पहिले बाम गठबन्धन थियो अहिले आउदा कांग्रेस नेतृत्वमा लोकतान्त्रिक बाम गठबन्धन सत्ता साझेदार दलहरु बीच भएको छ। यस गठबन्धन प्रति जनताको विश्वास कस्तो छ ?

 २ /३ वटा काम अहिलेको सरकारले राम्रो र सकरात्मक गरेको छ। पहिलो कुरा त कोरोनाको त्रासदी भएको र कोभ्याक्सिनको सन्दर्भमा पनि पटक पटक भ्रष्टाचारका जघन्य घटनाहरु घटीराखेको बेलामा गठबन्धनको सरकार आइसकेपछि ९५ % जनतालाई भ्याक्सिनेसन दिने काम भएको छ, यो राम्रो काम भएको छ । यसलाई सकारात्मक मान्नु पर्छ। विदेशी सहयोग र अनुदानलाई पनि मुलुकभित्र अनावश्यक विवाद बनाएर अन्तराष्ट्रिय सम्बन्धहरुपनि चिस्याउने खालको गतिविधिमा अघिल्लो सरकार थियो । एमसीसी पास गरेर विदेशी भित्र्याउने अनुदान ग्रहण गर्ने एउटा सुनिस्चित नीति बनको छ र त्यसपछि विदेशी अनुदान दोब्बर र तेब्बरको दरले नेपालमा आएका छन्, जसले अर्थ व्यवस्थालाई पनि गति दिने काम भएको छ। नेपाल श्रीलंका हुन लागेको भन्नेहरुका अगाडी नेपाल श्रीलंका होइन शसक्त हुदैछ भन्ने संदेश यो सरकार भएको बेला गएको छ। यसलाई हामीले सकारात्मक रुपमा लिनु पर्छ। संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि स्थानीय चुनाव निर्भिकतापुर्वक सम्पन्न भएको छ र आमनिर्वाचन संम्पन्न गर्ने प्रक्रियामा छौ। यसले प्रजातन्त्र जनस्तरसम्म भिज्ने छ र जनप्रतिनिधिहरुबाट शासित हुने प्रजातन्त्रको आधारभूत चरित्र जुन छ त्यो चरित्रले साकार रुप पाउनेछ यसले जनताको सरकारसंग पहुँच र सरकारको जनताको सेवामा सग्लग्नतालाई अभिवृद्धि गर्ने छ। यो सरकारको यी सकारात्मक काम हुन्। यसलाई हामीले सकरात्मक रुपमा लिएका छौ। यो भन्दा बाहेक यो सरकार खाली सरकारको गठबन्धनको लागि सरकार बनाउन मात्र गठबन्धन गरेको भए हामी निर्वाचनपछि पनि गठबन्धन गर्न सक्थ्यौ। निर्वाचनमा पनि हामी गठबन्धनमा एउटा नीति ल्याएर त्यसमा पनि आफ्नो प्रतिनिधिहरु यो यो हुन् भनेर साझा प्रतिनिधि तयार गरेर जनताको माझ गएका छौ। यसले जनताबाट हाम्रो गठबन्धनलाई अनुमोदित गर्ने किसिमको एउटा पृष्टभूमि तयार भएको छ र यो पृष्ठभूमिले आउँदो ५ वर्ष सम्म सरकार यो गठबन्धनको सरकार स्थिर रहने छ भन्ने कुराको प्रत्याभूत गरेको छ।। स्थिर सरकार दिने सन्दर्भमा शान्ति सुनिषित गर्ने सन्दर्भमा पनि यो गठबन्धनले निश्चित रुपमा भूमिका खेलेको छ। यसलाई हामीले सकारात्मक रुपमा लिनु पर्छ अब त्यसै गरेरे हाम्रो मिसन भनेको कुनै पार्टीलाई एक्ल्याउने कम्जोर गर्ने हाम्रो मिसन होइन हाम्रो मिसन भनेको शासन एकै पार्टीले एकै किसिमले संचालन गर्दा मुलुकका चुनौतीहरु दरिलोसंग सामना हुन् सकेन। शासन एकै पार्टीले संचालन गर्ने होइन कि ब्रोग बेस सरकारहरु आधार बन्नुपर्छ। व्यापक आधार भनेको के हो त भन्दा परम्परागत परिवर्तनकारी शक्तिको फ़िउजनको रुपमा अहिले नेपाली कांग्रेस ७० वर्ष देखि नेपाली जनताको हृदयमा काम गरिराखेको छ। परिवर्तनलाई ज्यादा धक्कासाथ गर्ने उदेश्यले माओवादीले पनि जनयुद्द गरेको छ र क्रान्त्रिकारी चरित्र र सामाजिक रुपान्तरणका मुद्दाहरुलाई अगाडी बढाएको छ। संबिधान सभालाई पनि साकार रुप दिने सन्दर्भमा पनि केहि निश्चित भूमिका खेलेको छः। त्यसका त्यो बामपन्थी शक्ति र प्रजातान्त्रिकवादी शक्ति र हामी एक छौ र कतिपय क्षेत्रिय दलहरु पनि संघियताको मुद्दालाई ज्यादा महत्व दिन्छन। यिनीहरु पनि ग्राण्ड अलाइन्स भित्र छन्। त्यसैगरेर समाजवादी, जनमोर्चा पनि छ यसरि व्यापक जनाधारको सरकारले चाहे विकास निर्माणका काम र स्थायित्व कुराहरुलाई ज्यादा साकार रुप दिन सक्नेछन भन्ने हामीले विश्वास लिएका छौ र मुलुकको आर्थिक वृद्धि र डबल डिजिट अगाडी बढाउने मुलुकको आर्थिकवृद्धिलाइ बढाएर नेपालको कम्पिटिसन नेपालसंग गर्ने या तुलना गर्ने बेला गैसकेको छ अब हाम्रो तुलना भारतसंग हुनुपर्छ। चीनसंग तुलना हुनुपर्छ। यसरि क्रमिक रुपमा अगाडी बढ्ने वातावारण आगामी दिनमा तयार हुदैछ। यो सरकारले मुलुकको उन्नति प्रगतिका लागि काम गर्नेछ।

यो क्षेत्र सुदुरपश्चिम प्रदेश प्रधानमन्त्रीज्युको गृह प्रदेश अनि तपाई आफै पनि दुइपटक सरकार मा मन्त्री भईसक्नु भएको छ र पनि किन यस क्षेत्र को अपेक्षित बिकास हुन नसकेको होला ?

अब पत्रकार मित्रहरुले मन्त्री तत्कालिन जिल्ला विकास समितिको प्रतिवेदन हेर्नुस , कन्चनपुरको बजेट डबल भएको छ। खोलानालामा तटबन्धनको व्यवस्था भएको थियो। पुल कुलेसा बनेका थिए, पूर्वाधारको क्षेत्रमा राम्रो काम भएको थियो।। स्कुलहरु अपग्रेड गरेका थियौ। स्वास्थ्य चौकीहरु निर्माण गर्ने पहल गरेका थियौ , यस्तै महत्वपूर्ण कामहरु थिए। महाकाली तेस्रो परियोजनाको काम मुआब्जाको कारणले रोकिएको काम खुलिएको थियो। र फुलिली सम्म मूल नहरपनि बनिसकेको अवस्था छ। हाम्रो बेलामा हामीले काम गर्यौ तर त्यो बेला हामी संबिधान सभाको सदस्य बन्ने सांसद बन्ने उदेश्यले विकासका उदेश्यले विकासका नाराका उदेश्यले निर्वाचित भएका थियौ। हामी संविधान बनाउने उदेश्यका साथ निर्वाचित भएका थियौ र जब संविधान बन्यो त्यसपछि हामी भूतपूर्व हुनु स्वाभाविक नै हो। हामी आफ्नो मूल कार्यभार सम्पन्न गरि सकेपछि फेरी निर्वाचनमा ठुला २ बामपन्थी गठहरुले बाम गठबन्धन बनाएर आउदा हामी त्यो बेला पराजित हुनपुग्यौ । हामी पराजित भैसकेपछि जुन विकासको यात्रा हामीले सुरु गरेका थियौ त्यो सबै ठप्प भयो। त्यो समय देखि ठप्प भएका काम हरु १ मिटर पनि अगाडी बढेको छैन। पुलमा एउटा इट्टा थपिएको छैन। आरक्षकको समस्या समाधान गर्छु भनेर लामो समय देखि भाषण दिएका कतिपय दाजुभाई दिदि बहिनिहरुका अगाडी झुटा बोलिराखेका ऎमालेक नेताहरुले जवाफ दिनु पर्छ। एनपी साउदले नायाँ आयोग बनाएर आरक्षक पिडितहरुको संख्या एकिन गर्ने र उनीहरुको मुवाब्जको बारेमा छलफलबाट टुंग्याउने प्रक्रिया अघि बढिसकेपछि आज ५ वर्ष सम्म पनि १ जनालाई पनि दिन सकेन र नेपाल सरकारको क्याबिनेट स्तरबाट एउटा ठोस निर्णय पनि यस सन्दर्भमा गर्न सकेन। अहिले आयोग बनेको छ र आयोगलाई यसको ६ महिनाको टियोआर छ। ६ महिना भित्र यसले काम गर्न सक्यो भने सक्यो सकेन भने ६ महिना टियोआर थपेर ६ महिनाभित्र कार्यदलले केहि महत्व पूर्णकामहरुको सुझाव गर्ने छ। छुटपुट भएका मानिसहरु छन् र उनीहरु संग प्रमाण ।छ भने उनीहरुको नाम थपिने छ। हामीले एकिन गरिएका पिडितहरुको संख्या छ त्यसमा धेरै ठुलो र व्यापक परिवर्तन नगरिकन तिनीहरुलाई एउटा एमिकेवल र उनिहरुसंग वार्ता छफल गरेर उनीहरुको आवासका लागि जग्गा र क्षेतिपुर्तिका लागि मुआब्जा बापत केहि रकम दिएर यो समस्यालाई समाधान गर्ने पक्षमा छौ। अहिले कंचनपुर जमिन ६० औ वर्ष देखि धेरै जग्गा नापी नक्सा हुन सक्या छैन। त्यसकारण कन्चनपुरको जग्गा नापी नक्सा नहुँदा ३ पुस्तादेखि आहारात गरेर बसेका घरबस्ति भएका मानिसहरु पनि कानुनि रुपमा हेर्ने हो भने सुकुम्बासी जस्तै भएर बसेका छन्। उनीहरु आफ्नो जग्गाको आफ्नो जग्गाको आफै मालिक हुन सकेको अवस्था छैन। अहिले ३ वटै नगरपालिकामा कांग्रेसको बहुमत छ। हामीले कन्सल्टेन्ट राखेर चुनावको बेलामा पनि हामीले नापी नक्साको काम गरेको थियौ,अहिले निर्वाचन आयोगले रोक्यो। निर्वाचनको तत्काल पछि हामी गां ठाउँ मा जग्गा वितरणको प्रक्रियालाई अगाडी बढाउछौ।

-आमजनता,शुभचिन्तक र कांग्रेसजनमा खड्किएको एउटा प्रश्न कुनै बेलाका प्रभावशाली नेताको रुपमा चिनिएका एनपी साउद पछिल्लो समय कता हराउनु भएको छ ?

म लगातार जनताको बिचमा छु।राष्ट्रिय राजनीतिमा पनि आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका मैले प्रभावशाली किसिमले खेलेको छु, तर अब निर्वाचन डेमोक्रेसी भनेको निर्वचनसंग जोडिन्छ। कतिपय साथीहरु समानुपातिक बाट निर्वाचित भए कतिपय साथीहरु प्रत्यक्षबाट निर्वाचित भए यसरी निर्वाचित भएका साथीहरु सांसद भएर उनीहरुको सरकारमा भूमिका हुने नै भयो। नेपाली कांग्रेसको नेतृत्व सरकार बन्दा अब म जहिले पनि यो क्षेत्र बाट निर्वाचित भएको छु। मेरो पार्टीले मलाई महत्वपूर्ण जिम्मेवारी सरकारमा पनि दिंदै आएको छ। अब म आफु निर्वाचित हुन नसकेको अवस्थामा राष्ट्रिय राजनीतिमा जिम्मेवारी पाउने कुरा कानुनमा थिएन। त्यसकारण मैले यो विषयलाइ अन्यथा लिएको छैन। जनताको बिचमा लगातर लागेको छु । पार्टीको काममा पनि गरिराखेको छु। प्रजातन्त्रलाई सस्थागत गराउने कुरामा सग्लग्न छु। प्रजातन्त्रलाई सस्थागत नगरी मुलुकका यावत समस्याहरुको निकास हुन सक्दैन भन्ने कुरामा पनि सग्लग्न छ। अहिलेको अवस्थामा विकास
निर्माणका जतिपनि कुराहरु छन् विकास निर्माणका कुराहरुमा पनि म मैले इमादरिता पुर्वक अगाडी बढाउने र सरकारलाई दबाब दिने काममा सग्लग्न छु।

-पार्टीको राजनितीक सन्दर्भ जोड्न खोजेमा तपाई १४ औँ महाधिवेशनमा महामन्त्रीको दाबेदार भएर केन्द्रीय सदस्यमा बिजयी पनि हुनुभयो तर पार्टीगत राजनितीमा भने तपाई पछाडी परेको आमजनतको बुझाइ छ यस बारेमा के भन्नुहुन्छ ?

हाम्रा आदरणीय नेता प्रधानमन्त्रि शेर बहादुर देउवा , संभापति पनि हुनुहुन्छ। हाम्रो अभिवाकीय व्यक्तित्व पनि हुनुहुन्छ। उहाले पाटीमा सभापतिमा लड्दा मैले तपाइलाई इ दिनुपर्छ म पनि लड्छु भनेर उहालाई असजिलो पार्न हुने थिएन। उहालाई पुर्व पश्चिम, उत्तर दक्षिण,नेपालको प्रतिनिधित्व हुने गरेर टिमको निर्धारण गर्नु पर्ने बाध्यता थियो। त्यसकारण मैले पदको लागि ज्यादा लालच गरिन। मैले सभापतिलाई जिताउने तिर मुलत केन्द्रित रहे। किनभने उहाले राज्निताकताको हैसियत बनाउनु भएको छ।। सबै दलहरुलाई एकै ठाउँमा ल्याउनुभएको छ। मुलुकका चुनौतीहरुलाई समाधान गरेर राख्नुभएको छ। यस्तो समयमा उहाँको स्थान ओग्टन हुन्छ जस्तो लागेन। अहिले पनि मेरा भाइ साथीहरु जिम्मेवारीमा छन्। समयले मलाई जुनबेला जिम्मेवारीका लागी उपयुक्त सोच्नेछ , म पार्टीमा केहि गरौ, साथीहरुको मनोभावना अनुसारको कम गरौ भनेर सग्लग्न छु। अहिले पनि पार्टी या देशभरिका साथीहरुले डाक्टर शशांक कोइराला पछिको अभिमत दिएका छन् , माया गरेका छन् यसलाई मैले आफ्नो ठुलो सम्पतिको रुपमा लिएको छु। आउदा दिनमा साथीहरुको मनोभावना अनुसार अगाडी बढ्ने छु। विधानले दिएपछि म दोश्रो पटक पनि सभापति बन्छु भनेपछि उहाँको बाधा बन्न मेरा लागि सम्भव थिएन।

-अन्तमा आम मतदातासहित विशेष गरी कंचनपुर क्षेत्र न. २ का मतदातालाई के भन्न चाहानु हुन्छ ?

कंचनपुर -2 पुर्व देखि पश्चिम राजमार्ग सम्म जोडिएको छ। आउने मान्छे पक्कि राजमार्गमा गाडीमा आएपछि र विकसित छ भन्ने किसिमको अनुभूति काठमाडौँतिर जान्छ र महेन्द्रनगरतिर पनि जान्छ। यथार्थ बहसको स्थिति त्यो होइन जनताको दुखहरु छन्, दक्षिणतिर आरक्षण तिर जोदिय्का ठाउँहरुमा पनि दुख छ। २४ वटा शिविरहरु छन्। कमैयाका शिविरहरु १७ वटा छन् ,४/5 वटा आरक्ष पिडितहरुको शिविर हरु छन् ।,बाढी पिडितहरुका,हलियाहरुका शिविर छन्। यो सिमान्तकृत डिलमा बसेका पिधमा बसेका यो बस्ती हो यहाँ २५/२६ प्रतिशत आदिबासी जनजाति थारु पनि बसिराखेका छन्। उनीहरुको पनि विकासको मुलधारमा ल्याउने काम अझै पनि हुन सकेको छैन। यी हाम्रा क्षेत्रका चुनौती हरु हुन् , यी चुनौती भिजनरी लिडरसिप, एउटा उपयुक्त दृष्टिकोण भएको लिडरसिपले मात्र सामना गर्न सक्छ । मलाई विश्वास छ मलाई जनताले विश्वास गरेको खण्डमा ५ वर्षमा आधारभूत समस्याहरुलाई समाधान गर्छु र विकास गर्छु।


क्याटेगोरी : अन्तरवार्ता, राजनीति, विचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking, #एनपी साउद, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस