Techie IT
×
गृहपृष्ठमनाेरञ्जनकार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने


काठमाडौँ।  पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ । सातामा  एकपटक  छलफल छलफल गरि कार्य प्रभावकारी बनाउन छलफल राखिएको  बताएको हो।

नया गठबन्धन भएसंगै रास्व्पाले ‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने बताएको छ भने अर्को फोर्स   संसदमा केन्द्रीत गर्न लागेको बताएको छ।

बाकि रहेको एउटा फ़ोएस भने अन्य काम लागाउने रास्वपाक प्रवक्ता मुकुल ढकालले बताएका छन्।  सरकारमा गएका ४ मन्त्री संग निरन्तर र नियमित छलफल रहने बताइएको छ।

सम्हालेका ४  मन्त्रालयमा प्रभावकारी कार्य गर्नको लागि पार्टीसंग  छलफल राखेको  बताएका हुन्।  प्रत्यक आइतवार हुने भनिएको मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वणिर्म वाग्ले र महामन्त्री  मुकुल ढकाल सहभागी हुने बताएका छन् ।

रास्वापा सभापति समेत रहेका रवि लामिछानेले  रविले गृह, उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।


क्याटेगोरी : मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस