Techie IT
×
गृहपृष्ठविशेष रिपोर्टकिन बढ्दैछ अस्ट्रेलीयामा आत्महत्याकाे शृखंला

किन बढ्दैछ अस्ट्रेलीयामा आत्महत्याकाे शृखंला


कोरोनाको कहर र विदेशने रहर विच सीड्नीमा उच्च अध्यनका लागि आएका दुइ नेपाली विध्यार्थीले पछिल्लो महिना आत्महत्याको वाटो रोजेर संसार वाट बिदा भए । रकडेलमा झापाकी नानी र ग्रानभिलमा भक्तपुरे यूवाले डोरीमा पासो लगाएर संसार त्यागेको पीडादायक खबर थियो नेपाली समुदायका लागि । यता समाचार बनेका नानी बाबाहरूको अभिभावकमा परेको बज्रपातको चर्को पीडाको के कुरा ।

यति मात्र हैन पछिल्ला केहि महिना केलाउने हो भने अस्ट्रेलियामा पढ्न आएका आधा दर्जन नेपाली विध्यार्थीहरूले विविध कारण आत्महत्याको बाटो रोजेको देखिन्छ । उच्च अध्यनका लागि लाखौं खर्चेर विदेश पठाएका छोराछोरीहरूले अल्पायू ज्यान गुमाएको घट्नाले पार्ने प्रभावको लेखाजोखा गर्ने हो भने यो संवेदनशिल घटनाका रूपमा लिनुपर्ने देखिएको छ । विदेश भन्ने बित्तीकै खुट्टा उचालि हाल्ने हाम्रो युवा पुस्ता र देखासेखी गर्ने हाम्रो समाज अनि बुझ्दै नबुझी विदेश पठाउने हाम्रा अभिभावक यस घटनाका कडी बनेका हुन् ।

विदेश गएपछि कमाएर पढ्छ र सके नेपाल पनि पैसा पठाउछ भन्ने सोच । विदेश आएपछि महिनौ कामको खोजी र मंहगो शैक्षिक शुल्क अनी मनमौजी जिवनशैली जस्ता बिषयहरुले विध्यार्थीमा परेको मानसिक असरले केहिलाई जोगि बनाउछ भने कतिलाई रोगी बनाएर जिवनै त्याग्नेसम्म बनाउँछ।

“भिषा लागेपछि साथीभाइलाई पार्टी दिएको संझदै केहि महिना अघि मात्र सिड्नी झरेका काभ्रेका संजोग पराजुली भन्छन, यहाँं आएको दुइ महिनासम्म काम पाइएन, विश्वविद्यालयको महंगो फीस, ल्याएको पैसा सकियो त्यसपछिको के कुरा संझनु । अहिले एउटा काम पाएपछि पढाइ अगाडि बढ्ला जस्तो भएको छ ।”

एसएलसी र १२ कक्षा पास गरेपछि समुन्द्रका किनार र गगनचुम्बी मिनार देखेर विदेशएका युवाहरू यतिखेर पढाइ लेखाइ छाडेर उबर र क्लीनिङ अनि होटलमा तन्ना कस्दै र रेस्टुरेन्टका भाडा मस्काउँदै गर्दा उनिहरूको मनोबलमा कस्तो प्रभाव पर्दैछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । त्यसमाथि पनि पछिल्लो तिन महिनादेखि कोरोनाको प्रभावले थलीएको कामधन्दा । विध्यार्थीहरूमा अभाव र समस्याले नैराश्यता जरो गाडदै जाँदा छचल्कीएको पीडावोधले कहिलकाँही जिवनै समाप्त पार्न पनि पछाडि पर्दैनन ।

देशका प्रतिभाशाली युवाहरु दक्षता अभिबृद्धीका लागि उच्च शिक्षा हासिल विदेश आउदै गर्दा पढाइ गुनाइ भन्दा उल्झीने काम र बल्झीने दाममा जिवन बर्बाद गरिरहदा उनिहरुमा देखिएको प्रभाव पनि हो यो । एसएलसी र १२ कक्षामा डिस्टीङसनको सर्टिफीकेट झुन्डाउदै डाक्टर र इन्जिनियर अनि बैज्ञानिक र प्राध्यापक बन्ने सपना बोकेका देशका मेरुदन्डहरु बैदेशिक अध्यनका नाममा गलत सोचाइ र प्रतिकुल रोजाइका कारण पनि दोधारमा परेको देखिन्छन । भिषा लागेपछि साथीभाइलाई पार्टी दिएको संझदै केहि महिना अघि मात्र सिड्नी झरेका काभ्रेका संजोग पराजुली भन्छन, यहाँं आएको दुइ महिनासम्म काम पाइएन, विश्वविद्यालयको महंगो फीस, ल्याएको पैसा सकियो त्यसपछिको के कुरा संझनु । अहिले एउटा काम पाएपछि पढाइ अगाडि बढ्ला जस्तो भएको छ ।

“सानो उमेरमा विदेशीएका नानीबाबुहरू एक्कासी खुला समाजमा आइपुग्दा संहालिन नसक्नु, अभिभावकको नियन्त्रणमा रहेका भाइबहिनीहरू एक्कासी यहाँ आइपुग्दा लागुपर्दाथ र कुलतको शिकारमा फस्नसक्ने र त्यसबाट विचलित भई आफुखसी गलत निर्णय गर्नसक्ने आदी कारणहरू पनि हुन्।”

आफैले रोजेको देशमा सोचेको जस्तो अनि खोजेको कुरो नपाएपछि मानिशमा नैराश्यता छाउने कुरो स्वभाविक नै हो, यसमा अझ युवा वर्ग बढि प्रभावित हुने गर्छन, आत्महत्याका घट्ना बढ्नुको पछाडीका प्रमुख कराण मानसिक समस्या रहेको बताउछन, सीड्नीका युवा अभियन्ता डिला खरेल । आफुहरू पनि विध्यार्थीहुँदै  व्यवसायी बन्दै गर्दा भोगेको अनुभव सुनाउदै डिला खरेल भन्छन्, “अहिलेको युवा वर्गमा सहनसीलता र धैर्यतामा कमी देखिन्छ । सानो समस्यामै आत्तीने र ससना उपलब्धीमै मात्तीने बानीले पनि मानिशलाई बढि इमोशनल बनाएको छ।”

सानो उमेरमै विदेशीएका नानीबाबुहरू एक्कासी खुला समाजमा आइपुग्दा संहालिन नसक्नु अर्को कारण हुनसक्ने विज्ञहरूले निष्कर्ष निकालेका छन् । अभिभावकको नियन्त्रणमा रहेका भाइबहिनीहरू एक्कासी यहाँ आइपुग्दा लागुपर्दाथ र कुलतको शिकारमा फस्नसक्ने र त्यसबाट विचलित भई आफुखसी गलत निर्णय गर्नसक्ने बताउँछन्, एनआरएनका महासचिव डा. ज्ञानेन्द्र रेग्मी ।

कोरोनाको कहरले पनि यतिखेर अस्ट्रेलियामा थुप्रैको रहरहरु मेटिन पुगेका छन् । कतिपयको काम गएको छ, कतिको व्यापार बिग्रीएको छ। पढाइ र लेखाइ घरवाटै चलेपनि महंगो शैक्षिक शुल्कले भने पीछा छोडेको छैन । यस्तै यस्तैमा पीडाका भावलाई सबैको साथ बाँढ्ने कार्यमा एनआरएन लगायतका विभिन्न संघसंस्थाहरू लागिपरेका छन् । विदेशी भुमिमा कुनै पनि नेपालीले अभाव र प्रभावका कारण आत्महत्याको वाटो रोज्नु नपरोस्  ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस