Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका तर सपथ नलिएकाहरुको साथ

उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका तर सपथ नलिएकाहरुको साथ


काठमाडौं – गैरआवासीय नेपाली संघको (एनआरएनए) ११ औं माहाधिबेशनबाट उत्पन्न भएको विवादलाई मिलाउने पहलकदमी निर्वाचत उपाध्यक्ष राजु रेग्मी (राज)ले शुरुवात गरेका छन् ।

एनआरएनएमा फुट नभई एकजुट हुनुको विकल्प नभएको भन्दै उपाध्यक्षद्वय रेग्मी, डा केशव पौडेल, महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष तिलक गैरेले विवाद मिलाउन संयुक्तरुपमा आह्वान गरेका हुन् ।

उपाध्यक्ष रेग्मीले निर्वाचनको परिणाम र मतको सम्मान गर्न आवश्यक भएको भन्दै त्रुटी र अनियमिता भएका छानविन गर्न आवश्यक भएको बताएका छन् ।

उनीहरु निर्वाचित भए पनि अहिलेसम्म सपथ खाएका छैनन् भने एनआरएनएको गतिविधिमा साथ दिदै आएका छन् । एनआरएनएभित्रको विवाद मिलाएर अगाडि बढ्ने उनीहरुको भनाई छ ।

उनीहरुले बुधबार जारी गरेको आह्वानमा दुबै पक्षलाई बार्तामा ल्याउने र निर्वाचनमा देखिएका त्रुटि र आशंकाको निराकरणका लागि सर्वपक्षीय सहमति तथा परराष्ट्र मन्त्रालयको सुपरिवेक्षणमा विशेष छानबिन समिति गठन गर्न माग गरिएको छ । उक्त समिति मार्फत आएको सत्य तथ्य पश्चात एकताको सन्देश सहित एक साझा संस्थाको रुपमा अगाडि बढिनुपर्ने उनीहरुको धारणा छ ।

‘हामी सवैको प्रयामा यो कठिन अवस्थालाई सामान्य अवस्थामा आए पश्चात एकताको सन्देश सहित आधिकारिक छानविन समितिको निर्णयलाई सर्वोपरि मान्य हुने गरी सवैले यस आह्वानलाई पूर्ण सहयोग गर्नुहुने छ भन्ने निवेदन गर्न चाहान्छौं’, उनीहरुले भनेका छन् ।

संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान विश्वका ५९ देशबाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भए पश्चात निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचनको नतिजामा केही उम्मेदबारहरुको मतपरिमाण र नतिजा प्रकाशनमा त्रुटि देखिएपछि सवैमा एक प्रकारको आशंका र केही फरक दृष्टिकोणहरु आएको सार्वजनिक आह्वानमा उल्लेख छ ।

‘निर्वाचन पश्चातको नतिजा र निर्वाचन आयोगले गरेको प्रारम्भिक घोषणामा देखिएका त्रुटि र त्यस पश्चात् उत्पन्न आशंका र विवादपछि उक्त निर्वाचन परिणामलाई निर्वाचनमा सहभागी उम्मेदबारहरुबाट नै निर्वाचन वैधताको प्रश्न उठाई असहमति जनाईरहेको अवस्थामा एक पक्षबाट शपथ ग्रहण गरिसकेको र असहमत पक्षबाट अर्को समानान्तर कमिटी गठन गरेको असहज परिस्थितिले एनआरएनलाई एकताबद्ध गर्नु भन्दापनि थप बिभाजनतर्फ अगाडि बढ़ाईरहेको परिस्थिति छ’, संयुक्त आह्वानमा भनिएको छ ।

यस कठिन अवस्थामा निर्वाचित भएर पनि शपथ लिन बाँकी पदाधिकारीको पहलमा यो अन्तरविवाद र अन्योलको अवस्थालाई निराकरण गरी सहकार्य र एकतामा जोड़ दिन यस्तो आह्वान गरिएको उपाध्यक्ष राज रेग्मीको भनाई छ ।

निर्वाचनका क्रममा केही कमिकमजोरी भएको खण्डमा समाधान खोजिनुपर्नेमा जोड दिँदै उनले आफूहरुको भविभावकीय संस्था परराष्ट्र भएको र सो निकायसहित संघका पूर्वअध्यक्षहरुले पनि निकासका लागि पहलकदमी लिनुपर्ने उनको धारणा छ ।

सार्वजनिक आह्वानमा पनि समस्या समाधानको पक्षमा रही दुबै पक्षलाई बार्तामा ल्याउन, निर्वाचनमा देखिएका त्रुटि र आशंकाको निराकरणका लागि सर्वपक्षीय सहमतीमा विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव गरिएको छ । निर्वाचित पाँच जना पदाधिकारी संस्थाभित्र प्रभावशाली मानिन्छन् भने उनीहरुको पहल कदमीले सकारात्मक नतिजा निस्कन सक्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, ग्लोबल, अन्य, अमेरिका, एसिया, क्यानाडा, गल्फ, जापान, बेलायत, यूरोप, राजनीति, विशेष रिपोर्ट, समाचार
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस