Techie IT
×
गृहपृष्ठविचाररविन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ कतारमा चर्चाको चुलीमा

रविन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ कतारमा चर्चाको चुलीमा


दोहा – विवेकशील साझा पार्टीका केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रद्वारा लिखित पुस्तक “राजनीतिसँगै राजकाज” वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको चाखलाग्दो पुस्तक बनेको छ ।मिश्रले पुस्तक विमोचन गरे लगत्तै राजनीतिसँगै राजकाज पुस्तकले नेपाली पुस्तकबजार र पाठकहरूको मन जितेको मिश्रको फेसबुक, टुईटरमा व्यापक देख्न सकिन्छ।

यसै प्रसंगानुसार हामिले राजकाज पुस्तकले किन कतारमा ठुलो स्थान प्राप्त गर्‍यो ? भनेर हाम्रो प्रश्न उहाँको उत्तरमा विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्टसंग गरेको किताबको कुराकानी!

के छ राजनीतिसँगै राजकाज पुस्तकमा र यती चर्चा छ, दोहामा ?

पहिलो कुरा लेखकको व्यक्तित्वले पुस्तकप्रति आकर्षित गर्ने कुरा हो। रविन्द्रजी यौटा नेता मात्र नभई विभिन्न विधामा कलम चलाउने व्यक्ति भएकाले उहाँको पुस्तक राजनीतिसँगै राजकाजले चर्चा पाउनु नौलो कुरा होईन । उहाँ बिपी कोइराला जस्तै बहुप्रतिभा भएको व्यक्ति हूनूहून्छ, र उहाँको राजकाज पुस्तकमा कल्याणकारी लोकतन्त्रको प्रस्तावना, नेतामा हुनुपर्ने पञ्च गुण, शिक्षा, स्वास्थ्य, रोजगार राज्यको दाईत्व र यूवा‍हरूको नाममा गरिएको काव्यात्मक लेखकले गर्दा नेपाल बाहिर श्रमगरिहरेका युवाको मन जितेको हुनूपर्छ भन्ने बुझाई मेरो छ l तर पाठकले पुस्तकमाथी कसरी समालोचना गर्छ भन्ने कुरा आफू निर्भर रहन्छ।

खाडीराष्ट्रहरूमा, विषेश गरी कतारमा पाठकको संख्या वृद्धि भएको हो त! के देख्नुभएको छ ? 

कतारको दिनभरीको राफिलो घामको तापसंगै ८/१० घण्टा श्रम गर्नूपर्ने अवस्थामा थकानलाई बिर्सेर पुस्तकप्रतिको मोह बढ्नु साँच्चै अप्रत्याशित लागेको छ। अध्यायन प्रतिको रूचि बढ्नु  सामन्य कुरा होईन ।  आजभन्दा करिव ५/६ बर्षअघी म  आफू दोहामा प्रवेश गर्दा, पाठकहरूको संख्या एकदमै न्यून रहेको थियो । नेपाली भाषा र साहित्यको प्रर्वदन गर्न खोलिएका सहित्यक च्याप्टरहरूका साहित्यकार साथी‍हरू पनी अपबाद बाहेक पढ्नमा रूचि राख्दैनथे! शुक्रवारे विदाको समयमा रामरमाईलो गर्ने, दुइचार पेग हुष्कि वियर पिउने, डेटिङ्गजाने, घुम्नजाने र विदाको मौका पारी हुने सामाजिक संघसस्थाको कार्यक्रमहरू सबैलाई लोकप्रिय हुने गर्दथ्यो, त्यस्तै माहोलले सबैलाई तानेको थियो । यसरी चलेको दोहाको नेपाली समाज आज एकाएक पुस्तक केन्द्रित हुनू मेरो लागी अपेक्षाकृत थिएन। अहिले राजनीतिसँगै राजकाजको अकल्पनीय माग हुँदा साँच्चै दोहाको नेपाली समाजमा पाठहरू बढेको देखिन्छ।अर्को कुरा के पनी हो भने, अहिले वैदेशिक रोजगारीमा आउने युवाहरू हामीभन्दा अल्लि पढेलेखेको हुने भएकाले पनी उनिहरूको पढाईलाई निरन्तरता दिएको हुनूपर्छ जस्तो लागेको छ ।

नेपालबाट विभिन्न प्रकाशनले प्रकाशित गरेको पुस्तक ल्याउन कती जटिल छ ? 

पहिले पहिले नेपालबाट आउने साथी‍हरूलाई पुस्तक ल्याईदिनु भन्दा अचम्मित हुने गर्थे,भन्ने गर्थे ह्या… के किताब ल्याउन भनेको, सूकुटि, चिउरा, चाउचाउ चुरोट भए भए ल्याईदिन्छु किताब नभन्नु भन्ने प्रशस्तै साथी‍हरू थिए l त्यो समय रूचि अनुसारको पुस्तक पढ्न नपाउँदा मन खिन्न त हुनेनै भयो। संसगै नेपालको नेपाली समाज पनी पुस्तक पसलमा विरलै जाने र कून नयाँ पुस्तक बजारमा आयो भन्ने सम्म थाहा नभएको अवस्था थियो l आजकल प्रबिधिले गर्दा पनी रूचिकर पुस्तक कोरियर गरेर मगाउँछु, (कोरियर गर्दा महङ्गो चाइ पर्छ) आउने साथी‍हरू भेटिए भने उहाँहरूले सहयोग गरिदिनु हुन्छ, सजिलै छ भन्नू पर्यो अहिले चाइ ।

कतारको नेपाली समाजमा सायद तपाईनै होला धेरै पुस्तकको फोटो फेसबुकमा हाल्ने, कती पुस्तक छन् कस्तो कस्तो पुस्तक पढ्नुहुन्छ, मन पर्छ ? 

म आफू पनी राजनीतिकर्मी भएको र मेरो परिवारीक पृष्ठभूमिमा पनी परिवारमा राजनीति गर्नेहरू भएकोले विषेश गरी रविन्द्रजी द्वारा लिखित “राजनीतिसंगै राजकाज”पुस्तक, देशको राजनीतिक ईतिहास बारे लेखिएका  जिवनी, उपन्यास, आख्यान, गैरआख्यान  र देशको अर्थतन्त्र, भूगोल संग जोडिएका पुस्तक पढ्ने गर्दछू। थुप्रै पुस्तकहरू थिए, अझैपनी छन् तर कैयन पुस्तकहरू पढ्न लिएर जाने साथी‍हरूले फिर्ता नगर्नाले पूरानो पुस्तकहरू हराय, संभवतः ति पुस्तकहरू दोहोर्याएर पढ्न पाउँदिन जस्तो लाग्छ । अहिले झण्डै १५० बढि पुस्तक छन् नेपाल जाँदा सम्पत्तिको रूपमा लिएर जाने सोच छ। लिविङ्ग कोठामा सोनो पुस्तक लाईब्रेरी बनाएर, छोरा पुस्तालाई पुस्तको महत्व बुझाउने सकेँभने विदेश बसाईको कमाई त्यही सम्झिनेछु।

जागिर पनी गर्नूहुन्छ, राजनीति पनी गर्नूहुन्छ, किताब पनी पढ्नु हुन्छ, समयको व्यवस्थापन कसरी गर्नू हुन्छ? पढ्ने माहोल कसरी बनाउनु हुन्छ ?  

हिजोका शुरूवाती दिनहरूमा एकान्तमा लुकेर पुस्तक पढ्नुपर्ने अवस्था थियो । किनभने कोठामा पुस्तक पढ्नलाग्दा रूममेडहरूले अफ्ठ्योरो मान्ने गर्दथे, कतिपय समयमा आफैलाई पनी यस्तो लाग्थ्यो मैले गर्दा उनिहरूको स्वतन्त्रतामाथी समस्या त परेन!? भन्ने लागेर बुट्यानहरू खोज्दै त्यही छाहारीमुनी पढको पनी सम्झन्छु।विदेशको हिजोको समय र आजको समय फेरियको पक्कै छ l मैले अघीनै भने, रोजगारीको लागी नयाँ आएका साथी‍हरू बुझ्ने छन्  पढ्न बसेपछी डिस्टर्ब गर्न हुँदैन भन्ने चेतना छ,अन्य केही माहोल भयो भने अहिले जताततै हरियाली थुम्का/टापुहरू छन् उतै जान्छु, प्रकृति संगसगै पढ्न झनै रोचक वातावरण बन्छ। हामी समय अनुसार चल्न नसकेरै आवश्यकता अनुसारको काम गर्न सक्दैनौँ, जागीर पछी बचेको समयलाई छुट्याईएर सही अनुसार चल्दैजाने हो भने सब कुछ सम्भव छ।

तपाईले दोहामा पुस्तकको मार्केट कस्तो देख्नुभएको छ ?

झण्डै-झण्डै ४/५ लाख नेपालीहरूको कर्मथलो कतारमा पुस्तकको मार्केट नदेख्ने भन्ने हुँदैहुँदैन। दोहामा मज्जा संग दुइ वटा नेपाली पुस्तक पसल चल्छ । यतिका नेपालीहरूमा  थोरैपनी १० हजार मानिसले मात्र रुचि अनुसारको पुस्तक माग गरे भनेपनी नेपालका पुस्तक प्रकाशनले दिएर भ्याउँदैन । तर पाठक सम्म पुग्न अलिक मेहनत गर्नूपर्ला! नेपाली राजदूतावासबाट पनी नेपाली भाषा र साहित्यलाई प्रवर्दन गर्ने कन्जुस्याँई गरेको हो की भन्ने देखिन्छ। हून त म आफैले पनी यस विषय लिएर दूतावास गएको छैन।कमजोरी हाम्रापनी छन् l

दोहाको नेपाली समाज कस्तो होस् भन्ने चाहानु हुन्छ ?

नेपाल भित्र वा बाहिर सबैतिर हाम्रो समाज चिरा परेको छ । वर्गको आधार समाज खण्डित भएको छ l हामिले हाम्रो पहिचान नेपाली हौँ भन्ने भुलेका छौँ। पहिले हामिले हामी नेपाली हौँ भन्ने कुरा बुझ्नुपर्छ, र विविधतामा एकता हुनूपर्छ। अध्ययनशील भयौँ भने समाज आफै शुद्धिकरण हुन्छ l सहअस्तित्व स्विकार्ने समाजको निर्माण हुन्छ l बचेको समयमा समाज रूपान्तरणको बारे सकारात्मक छलफल गर्दै, मित्रबन्धुत्व र भातृत्वको विकास निर्माणमा जोड गर्नूपर्छ l अन्त्यमा राजकाज पुस्तक वितरणमा प्रभावकारी भूमिका निर्वाह गर्नूहुने विवेकशील साझा सद्भाव समूह कतारका कल्याण थापालाई धन्यवाद ज्ञापन गर्दछु। थापाजीले नेपालबाट विभिन्न लेखकका पुस्तक कतारमा ल्याई घर-घरमा पुर्‍याउने कार्य गर्दै हूनूहून्छ, उहाँरूको यस कार्यको उच्च प्रशंसक हूँ। राजनीतिसंगै राजकाज पुस्तकले कतारमा चर्चा प्राप्त गर्नूपछाडि विवेकशील साझा सद्भाव समूह कतारका साथी‍हरूको योगदानलाई पुस्तकका लेखकले अबस्य नै मुल्याङ्कन गर्नूहुनेछ ।


क्याटेगोरी : विचार
ट्याग : #breaking, #budget, #hot

तपाईको प्रतिक्रिया दिनुहोस