Techie IT
×
गृहपृष्ठविचारसंगठन भन्दा व्यक्ति रूचाए जनताले

संगठन भन्दा व्यक्ति रूचाए जनताले


जनताको जनजिविका संग प्रतक्ष्य जोडिएका मुद्दा र अधिकारलाई सशक्त ढंगले उठान नगर्ने हो, र राष्ट्रीय राजनीतिमा भएका हत्कण्डा वैकल्पिक शक्तिले नछेड्ने भए नेकपा, कांग्रेसकै जीत र वैकल्पिक धारको अवसान हुन्छ।

देशको तत्कालीन अवस्था २०६० देखी यता नेपाली राजनीतिमा वर्तमान सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष काँग्रेसको विकल्पको निकै खोजि भयो।  विशेश्वर प्रसाद कोइराला (बिपी) चिन्तनको नेपाली कांग्रेसको “समाजबाद” र स्वः मदन भण्डारीको “जबजब”ले नेपाली युवापुस्तामा राजनीतिक क्रेज जमाएको थियो, भने माओको “माओबाद”लाई अङ्गालेर प्रचण्ड हिरो बने, बार्ह्रै महिना तास खेल्ने बार्ह्मासे जुवाडेलाई मुखमा तास कोचिदिँदा, धेरै नेपालीहरूले माओवादी जिन्दाबाद भने।

हामिले पनी भन्यौ, फलतः माओवादी, कांग्रेस र एमाले’लेको सरकार नेतृत्वको तितो अनुभव र टर्ररो स्वाद नेपाली जनताले प्राप्त गरेपछि, विकास समृद्धि र सुशासनको रश्वस्वादन गर्ने नेपाली जानाताको चाहानामा पूर्णविराम लाग्यो l पुनः युवापुस्तामा विकल्पका तरङ्ग प्रवाह प्रसारित हून थाले, नेपाली राजनीति देखी विक्षिप्त भएका नेपाली जनताहरूको “नेपाली सपना” पूरा गर्ने अठोटका साथ करीब एक दर्जन राजनीतिक पार्टी विकल्पका रुपमा निर्वाचन आयोगमा दर्ता भए l दर्ता भएका मध्य आधा जती केवल आयोगको ढड्डामा मात्र सिमित भए भने केही दल /पार्टीहरू सहर केन्द्रित रहेर अभियान केन्द्रित राजनीति गर्दै गए, केही राजनीतिक दाउपेचको योजना लिएर मिडायाका हेडलाइनमा देखिए, केही टुट्दै, फुट्दै र जुट्दै विलयकरण भए।

नेपाली राजनीतिमा जुट्नु र फुट्नु सामान्य बिहे र डिभोर्स जस्तै भएको छ।  सजिलै नेपालीहरूले पचाउन सक्ने भएका छन्।  पटक-पटकको जुट र फुटलाई सामान्य अर्थमा पचाउन नसक्ने नेता र कार्यकर्तामा नयाँ पार्टी होस या पूरानो एैजेरू जस्तै सावित हुने गरेका यथार्थ छन्।  नयाँ सोच विचार लिएर राजनीतिक मैदानमा प्रवेश गरेका नव प्रवेशी राजनीतिक खेलाडीहरुलाई पूराना नेताले काँध सारीसारी सकिनसकी बोकेको भारी बिसाउने गतिलो चौतारी बन्न सक्थ्यो “वैकल्पिक राजनीति”  तर व्यक्ति नयाँ प्रवृत्ति पूरानाकै जस्तो छनक दिने खालका गतिविधि वैकल्पिक राजनीतिक शक्तिहरूले दिँदा, पुनः नेपाली राजनीतिको सत्तापक्ष र प्रतिपक्ष दुवैमा राजनीतिक अस्थिरता संकट देखा परेको छ।

प्रचण्डको माओबाद,गिरिजाको प्रजातन्त्र, बिपीको समाजबाद,पुष्पलालको साम्यबाद,सबै बिचार हेर्न लायक तथ्य हुन्, कारण यिनिहरुले समयमा कुनैपनि बाद लागू गरेनन्।  सायद प्रजातन्त्र, समाजबाद सफलताको लागि उच्च शैक्षिक स्तर, नैतिकता, अनुशासन र बिकसित सोचको जरुरी हुन्छ(?)| माओले साम्यबाद लागु गरी अधिकासंको सोचमा परिबर्तन ल्याए पुष्पलालले साम्यबादको लागी रचनात्मक (creative) आन्दोलन गर्न सकेनन् र नेपाली राजनीतिमा उत्रिण भएनन् l नेपाली राजनीतिमा राजनीति गर्ने युवापुस्तामा राजनीतिक चेत संगै समयको गति तेज छ।

गति तेज हुनु भनेको नागरिकमा आवश्यकताहरु बदलिएका हुन्छन भनेर बुझौ। मानव अस्तित्वको गतिशीलतामा परिबर्तनको शृजना हुदैन, त्यसो होइन।प्रबिधिले मानव आचरणलाई परिबर्तन गरिदिएको समय रोबर्ट क्यालकुलेटर मोबाइलको आवश्यकता हुनु भनेको राजनीतिक गतिशीलतामा पनी माध्यम मार्ग “गतिशील मध्यमार्ग” हो भनेर विश्लेषण गरौ। नेपालीको सपना आजको विश्वको आधुनिक युग सापेक्ष नेतृत्वको अनुभव र स्थिति गत्यात्मक विचारले मात्र पूरा गर्न सक्छ मेरो बुझाई छ।

शताब्दी देखी जनताको मताधिकारको मातले कालो बादल जस्तै मडारिँदै आलोपालो देशको बागडोर सम्हालेका पूँजीबादी शैली, प्रवृत्तिका नेकपा, कांग्रेस को रजगज भएको समाज र राष्ट्रीय राजनीतिमा डेब्यू गर्न वैकल्पिक शक्तिलाई फलामको चिउरा चपाउनु सहर छ।

यद्यपि कठीन यि परिस्थिति पार गरेर एउटा निष्कर्षमा पुर्‍याइयो भने, वैकल्पिक राजनीतिको यात्रा पनि सफलतापूर्वक एउटा निष्कर्षमा पुर्‍याइन्छ।  तर वैकल्पिक शक्ति मात्र नामले भईदैन,  गति बेग र यात्रा निर्क्योल नगर्ने, जनताको अपेक्षाकृत काम नगर्ने, र जनताको घरमा मुद्दा एजेण्डा लिएर नपुग्ने, नामको वैकल्पिक शक्ति – व्यवस्थाले काम गर्दैन।

हिजो घर-घरमा कांग्रेस भएर कांग्रेस ठुलो भएको होईन।  जनताको जीवनशैली संग जोडीए, पसीनाको पानी र शरीरको बासनासँगै उठबस् गरे।  “प्रजातन्त्र” लिएर हरेक दूरदराज र खण्डहर सम्म पुगे।  प्रजातान्त्र विश्वास गर्ने भएर कांग्रेस भए । आज कांग्रेस र कम्युनिष्टको सिन्डिकेट तोडियोस् र वैकल्पिक शक्तिको उदय होस् भनेर नै वैकल्पिक राजनीति पछ्याइरहेका छन् हजारौंँ लाखौँ यूवा‍हरू,  दूरगामी दृष्टि सहित देशको चित्र कोर्न र लोकहितको दर्शन निर्माण गरेर गाँउबस्ति पुग्न नसक्दा वैकल्पिक शक्ति उठ्नै सकेन।

हामी वैकल्पिक शक्तिहरु आत्मरतिमा रमाउँदै एक अर्कोले घेराबन्दी गर्दै छिचोल्दै माईतीघर सम्म त पूग्यौँ तर हामी पनी गुट र फुटको राजनीति देखी अछूतो हून सकेनौँ।  मौसम अनुसार कपडा बदले जस्तै विचार बदल्दै पूरानै नेताहरूले जस्तै अभिव्यक्ति दिन हामिलाई सुसंस्कृत राजनीति वैकल्पिक शक्तिले रोक्न सकेन।  कुण्ठाग्रस्त भयौँ, अहंकारले गर्दा आफूलाई कहिल्यै सानो देखेनौँ, सह-अस्तित्व स्विकार गर्नै सकेनौँ । फलतः संगठन भन्दा व्यक्ति रूचाए जनताले, विचार भन्दा क्षणिक पब्लिसिटी रूचिकर बन्यो।

आज पनी वैकल्पिक शक्तिले नेपाली राजनीतिमा आफ्नो हिस्सा ओगट्न सकेको छैन।  राजनीति देखी विक्षिप्त भएका नेपालीहरू विकल्पकै खोजिमा छन् ।  वैकल्पिक राजनीतिको खाँचो र महत्व ऊत्तिकै छ l पूरा ग्राउण्ड खाली छ।  सम्भावना प्रचुर मात्रामा छ।  तर वैकल्पिक भनिएका साना पार्टीहरू विच “एकता” गर्दै देशको आवश्यकता र प्राथमिकता बुझेर अघी बढे, वैकल्पिक राजनीति स्थापित हुनेछ।


क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस