Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारराजनीतिले देशको निती बनाउने हो, युवाहरुले राजनीतिक वितृष्णा राख्नु हुँदैन

राजनीतिले देशको निती बनाउने हो, युवाहरुले राजनीतिक वितृष्णा राख्नु हुँदैन


पिता खिमलाल सुवेदी र माता अम्बिका सुवेदिको कोखबाट २०२८ कातिक १६ कोजाग्रत पुर्णिमाको दिन जेष्ठ पुत्रको रूपमा जन्मनु भएका एक सामाजिक अभियन्ताको नाम हो विमल सुवेदी। कास्की जिल्लाको तत्कालिन भाचोक गाबिस वडा नम्बर ९ मकैखोला काउरेमा सामान्य कृषक परिवारमा जन्मिएका सुवेदीको स्कुले जीवन गाउँमै वित्यो। स्नाकोत्तर सम्मको अध्यन गरेका सुवेदीले आफ्नो स्कुले जीवनमा मासिक ५० रुपैंया तिर्न नसक्नेहरूको पक्षको नेतृत्व गर्दै विद्रोह गरी कक्षा ८ देखि नै राजनीतिक स्वभाव प्रदर्शन गरेका थिए। आफ्नै बुबा संचालक समिति रहेको विद्यालयमा नारा लगाउनु र पोखरामा राजाको सवारी हुनु संयोग हुँदा तत्कालिन पंचायतका व्यक्तिहरूले  प्रहरी समेत बोलाएका थिए। बुबा खिमलाल सुवेदी कै प्रेरणाले राजनीति प्रति झुकाव राखेका सुवेदीले आफू कक्षा ४ मा पढ्ने बेला नै विश्वेस्वप्रसाद कोइरालाको जीवनी र उनि विरूद्ध लागेका १६ मुद्धाका विषयमा अध्यन गरेका थिए। प्रस्तुत छ उनै सुवेदीसंग दीप संचार मिडिया कर्मीले गरेको समसामयीक कुराकानीको संक्षिप्त अंश :

राजनीति प्रति सक्रियता देखाउने मान्छे किन विदेश पलायन हुनु भयो ?

पढेका र सिप भएका मनिस विदेश जानु हुन्न भन्ने मन्यता राख्ने म ‘हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बिउ जोगाउनु’ भन्ने भनाईलाई अनुशरण गर्दै विदेशीएको हुँ। जुन माओवादीको व्यक्ति हत्याको शृंखलासँग जोडीएको छ, बाध्यताबस बस आएको हुँ, रहर हैन । तत्कालिन अवस्थामा यहाँ नेपालीहरुले भिसाको कारोबार गर्दै आफुलाई अब्बल दर्जाको व्यवसायी भन्थे, भिषाको जालो यहाँबाट नेपाल सम्म जोडीएको थियो। नेपालीहरु विच बजारमा खसी बाख्रा खरिद बिक्री गरे झैं भिषाको कारोबार हुन्थ्यो। कम्पनीले फ्रिमा दिने भिषा खरिद बिक्री हुन्थ्यो। यसले मलाई दुखित बनायो र यो जालो तोड्न पर्दछ भनेर मन मनै उब्जेको कुरालाई शसक्त आवाज बनाउन नै जनसमपर्क समितिको अबधारणा अगाडि ल्याइएको हो र हामी यहाँका श्रमिक सोसित हुने, ठगिने कार्यलाई रोक्न धेरै हद सम्म सफल भयौं भन्नु पर्दछ यद्दपी अझैं पूर्ण रूपमा रोकिएको छैन।

कतार बसाइ कस्तो छ ? अधिकांश प्रवासीहरू वितृष्णा हुने बताउँछन् तर तपाई प्रदेशमा पनि राजनीति शुरू गर्नु भयो, किन ?

कतार बसाइ नराम्रो छैन, आफूमा इमान्दार भएर लाग्नु पर्दछ। कतार बाट नेपालीहरुले आर्थिक रूपमा आफ्नो जीवनस्तर सुधारेका छन्।   साथै सामाजिक रूपमा पनि अग्रणी भएको मैले पाएको छु। मैले भन्ने पनि गर्दथे बिस देखी चालिस लाख नेपाली रूपैयाँ खर्च गरेर यूरोप अमेरिकाको सपना देख्नु भन्दा मात्र बिस लाख लिएर कतार आउनुहोस्, लगानी पनि उठ्छ र राम्रो व्यवसायी मा दर्ज हुन सक्नुहुन्छ। समाजमा स्वार्थ रहित रूपले लाग्न पर्ने हो तर नेपाल कै फोटो कपी यहाँको सामाजिक संघ सस्था मा छ। समाजसेवा भन्दा पद प्राप्तिको लागि महत्वाकांक्षा देखिदा संघ संस्था गुणात्मक भन्दा संख्यात्मक धेरै बाजी छ। । बिशेष गरी गल्फ मुलुक हरुमा राजनितीक संस्था खोल्न मिल्दैन त्यसैले सामाजिक रुपमा बैचारिक संस्था पनि दर्ता छन्। यो आवश्यक थियो र स्थापना भएका हुन्। बिगतमा यहाँका समस्याको आवाज बुलन्ध गर्न पनि आवश्यक थियो । त्यती बेला काम गर्न निकै अप्ठ्यारो थियो। दुताबासलाई समेत पनि काम गर्न हाम्रो सहयोग अती आवश्यक थियो । राजनीतिले देशको निती बनाउने हो देशको मुल निती बनाउने सम्बन्ध मा युवाहरुले वितृष्णा राख्नु हुँदैन। यदी यसरी वितृष्णा राख्न थालियो भने कम्जोरले तपाईं हामी माथी शासन गर्न थालदछ, अनि देश कसरी अगाडि बड्दछ ? त्यसैले युवाहरु भविष्यका संवाहक हुन्, कर्णधार हुन् । आमुक पाट्री वा व्यक्तिले कम्जोरी गर्‍यो भन्दै मा वितृष्णा जनाउनु हुँदैन। आसावादी रहदैं राम्रो बनाउने प्रयासमा ढोकाहरू ढक्ढकाइ रहनु पर्दछ।

कतारमा  नेपालीहरू कत्तिको समस्यामा पर्ने गरेका छन् ?

पछील्लो समयमा कोरोनाको असर बाहेक बिगतमा जस्तो धेरै नेपालीहरु कतार आएर कम्पनी विहिन हुने, विमानस्थल मै सुत्ने अवस्था छैन। नक्कली कम्पनी बनाइ भिषा जारी गर्ने अवस्था छैन, यो राम्रो पक्ष हो । कोरोनाको अवस्थामा कतार सरकारले नेपालीहरूलाई निकै सौहार्द पूर्ण वातारणमा औषधि उपचार गरेको भए पनि हाम्रो सरकार गम्भीर नहुँदा धेरै नेपालीहरुले सरकार नभएको देशको नागरिक जस्तो महसुस गरेको अवस्थामा थिए। व्यापक जनदबाब पछी पछील्लो चरणमा सरकारले केही गर्न खोजेको जस्तो छ, तर यो अझैं यथेस्ट भने छैन।  थप जनदबाब सिर्जना गर्नु पर्ने अवस्व्था छ।

कतार लगायत गल्फमा रहेका नेपालीहरूको वर्तमान अवस्था कस्तो छ ?

कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग (कोभिड–१९) बाट बिस्व नै निकै नराम्रोसँग प्रभावित भएको अवस्थामा मध्यपुर्बका खाडी राष्ट्र यसबाट अछुतो रहने कुरा भएन । नेपाली हरुको प्रमुख श्रम गन्तब्य खाडी मुलुकमा नेपाली हरुको अवस्था कस्तो छ भन्ने सर्बाधिक चासो को बिषय बन्नु स्वाभाबिक हो । खाडी को समग्र स्थिती हेर्दा आप्राबासिमा नेपाली हरुको सन्ख्या दोस्रो नम्बरमा छ भने कोरोना सन्क्रमण लाई हेर्दा तेस्रो नम्बरमा रहेको अनुमान छ यसरी हेर्दा सन्क्रमित को दृष्‍टिकोण ले अन्य राष्ट्र भन्दा नेपाली हरु कम सन्क्रमित देखिन्छन यो राम्रो पक्ष हो तथापी नेपाल देखी बिस्वभरी सन्क्रमित नेपाली हरुको सन्ख्या भन्दा खाडीको नेपाली बडी सन्क्रमित छन । मध्य पूर्वको अर्को राम्रो पक्ष के छ भने जती धेरै सन्क्रमित भए पनि निको भएको अवस्था छ मृत्‍यु दर कम छ । तर झन्डै चार महिना लामो सेमी लकडाउनपछि अहिले जन जीवन सामन्य तिर फर्कदै छ सेमी लक्डाउनमा परेका हरु पनि काममा निस्कन थालेका छन र नयाँ संक्रमण तथा कोरोनाका कारण मृत्युको संख्या कम हुँदै गएको छ । यि कारण ले यहाँको अवस्था सामान्य तिर फर्कन लागेको देखिन्छ र केही अपबाद लाई छोडेर नेपाली हरुको अवस्था सामान्य जनजीवन तर्फ उन्मुख हुँदै छ, तत्काल रोजगारी गुमेको स्थिती नदेखिए तापनी कोरोना को असरले होटल पर्यटन ट्राभल्स तथा एयर्लाइन्समा अली लामो असर देखिने अवस्था रहेकोले कारीब २५ प्रतिसत नेपाली हरुको रोजगारी निकट भबिस्य मा गुम्न सक्दछ ।

कोरोना महामारीसंगै देखिएको समस्या सँग जुद्न तपाईंको ठाउँ बाट कसरी काम गर्नु भयो ?

कोभिड-१९ सुरुमा चिनमा देखिएर त्यहाको जनजीवन मा पारेको प्रभाब अहिले सोसियल मिडियाको सहजाता भएको समयमा सामान्य जानकारी रहनु स्वाभाबिकै थियो त्यही अनुसारको माइन्ड मेकप र सजकता प्रबासमा रहेका नेपालीहरुले अपनाएका थिए जस्तो लाग्छ । तथापी गल्फ मुलुकमा पहिला देखिनै विभिन्न कारणले गैर कानुनी रुपमा रहेका दैनिक ज्यालादारी र यातायातको साधन चलाएर बसेका  नेपालीहरु प्रसस्तै थिए। समस्या त्यही बाट शुरु हुन्छ भन्ने लागेको थियो। सेमी लकडाउन पछी त्यही नेर समस्या देखियो। युएई लगायत केही देशमा भिजिट भिषामा आएकाहरूको पनि समस्या देखियो । देश को राष्ट्रिय आयमा रेमिटान्सको आयलाई जोड्दा खुशी हुनी सरकार त्यही रेमिटान्स पठाउनेहरु समस्यामा पर्दा बेखबर जतिकै देखियो । गैर आवासिय नेपाली संघ र सामाजिक संघ संस्थाहरुले स्थानिय रुपमा राहत र सहयोगको कार्य गरे तापनी सरकारको कान सम्म खाडीका समस्या पुर्याउने गरी आवाज उठ्न सकेन । साधन श्रोत लिएर बसेको सरकारसँग आवाज नपुर्याइ समस्याको दिर्घ कालिन समस्या समाधान हुँदैन भन्ने कुरा वैचारिक र सामाजिक कृयाकलाप काम गरेको अनुभवको आधारमा थोर बहुत ज्ञान मलाई थियो र नेपाली जनसंपर्क समिति गल्फका साथीहरु विचको छलफल गराइ आवाज उठाउने प्रयास गरियो। जुन आवाजले कोरोना रोगको श्रोत हो विदेशमा रहेका नेपाली ल्याउनु हुँदैन भन्ने प्रम ओलीको भनाइलाई परिमार्जन गर्दै कम्तिमा २५ हजार नेपालीलाई उद्धार गर्ने सरकारले निर्णय गर्‍यो।  उक्त निर्णय संगै राष्ट्रिय द्वजाबाहकमा तोकिएको चर्को भाडा दरलाई घटाऊन पनि हामीले दबाब सिर्जना गर्यौ त्यो पनि जायज तरिकाले घटेको छैन। आम्सिक रुपमा राम्रो भयो अब हाम्रो अभियान दु:ख पिडामा परेर राहत मा बसेका हरुको निसुल्क प्लेन टिकट करेन्टाइन को ब्यबस्था भन्ने रहेको छ । यो महामरिमा धेरै डीप्रेसन मा जानसक्ने कम्जोर दिल भएका लाई सम्झाउने बुजाउने देखी नेपाल फर्किए पछी पनि सरकार ले रोजगारी दिनु पर्दछ भन्ने आवाज हरु पनि बुलन्द गरिएको छ व्यक्तिगत र संस्थागत रूपमा नेपाली जनसंपर्क समितिले यसरी काम गरिरहेको छ । खाडीका समस्या उठान गरेर उद्दार गर्ने अभियान मा पूर्व श्रम मन्त्री रमेश लेखकको महत्वपूर्ण भूमिकालाई प्रशंसा नगरि रहन सकिदैन । त्यस्तै गैर आवासिय नेपाली संघका सल्लाकार कुल आचार्य को भूमिका पनि महत्व पूर्ण रहेको छ ।

स्वदेस फर्कन चाहने हरुलाई के भन्नुहुन्छ ?

स्वदेस फर्कने कारण हरु स्पस्ट हुनु पर्दछ, कम्पनी ले जागिर बाट हटाइदिएको अवस्था, कम्पनी नै टाट पल्टिएर राहातमा दिन गुजारिरहेको अवस्था हो भने उनिहरुलाई स्वदेस फर्कन साथ र सहयोग गर्नु पर्दछ । जादै गर्दा उहाहरुलाई ढाडस दिनु पर्दछ तपाईं कम्जोर हुनुहुन्न खाली हात जादै हुनुहुन्न बिदेसमा सिकेको सिप लिएर फर्कनु भएको छ स्वदेस्मा पनि अबसर छन यहाँ सिकेको सिप्लाई व्यबहारमा उतार्ने कार्यको स्थालनी गर्नुहोस् त्यस्को लागि तपाईंहरुलाई स्थानिय सरकार देखी बिभिन्न निकायहरुले सस्तो दरमा ऋणको व्यवस्था गर्दछ भनेर सम्झाइ बुजाइ पठाउने कार्य गरेको छु। यदी कोरोनाको डरले मात्रा वा कम्पनीले आधा तलब काट्यो भन्दैमा जाने योजना बनाउनु भएको छ तर स्थिती सामान्य अवस्थामा फर्कने बितिकै खाइ पाइ आएको तलब बुज्न सक्ने अवस्था छ भने त्यस्तो साथीलाई न आतिन देशमा पनि यही समस्या छ उहाको समस्या हल भए सँगै जाने योजना बनाउनु होला। यथास्थितिमा हतारमा जाने निर्णय नगर्न अनुरोध गर्दछु सम्झाउ छु । बर्तमान अवस्थामा स्वदेस जादैमा समस्याको समाधान हुने हैन बरु त्यहा गए पछी थप समस्या हरु सिर्जना हुन सक्दछ बिशेष त आर्थिक रुपमा । तपाईंको यही मिडिया मार्फत पनि हतारमा निर्णय गरेर फुर्सद मा पछुताउने गरी निर्णय नगर्नू हुन अनुरोध गर्दछु । बर्तमान अवस्थामा नेपाल सरकारले स्वदेशमा रहेका श्रमिकलाई पनि व्यवस्थापन गर्न सकिरहेको छैन भने तपाईं हामीलाई व्यवस्थापन गर्दछ भन्न सकिदैन । जाने बितिकै लगानी गर्ने बातावरण पनि छैन लगानी गर्न जानुहुने हरुले पनि राष्ट्रिय अनरास्ट्रिय परिस्थिती बुजेर मात्रा लगानी गर्नु पर्ने हुन्छ ।

सरकार को भूमिका कस्तो रहेको पाउनु भएको छ यो महामारिमा ?

सरकार बे मौसमी बाजा बजाउदै छ लाग्दछ यो महामरिमा जनता ले पाहेको दु:ख पर्ती उ कती पनि सिरेस छैन । कुनै पनि देशमा कोरोना एकै चोटि फैलिएको छैन यसको फैलावट को रफतार देखा परेपछी पनि केही समय सुसुप्त नै रहने भएकोलो ले नै कम्तिमा करेन्टाइन मा १४ दिन बस्न पर्ने नियम बनाइएको हो । हामी को मा पहिलो सन्क्रमित देखा पर्दा भारत लगायत धेरै देशमा मनिष हरु अक्रान्त भै सकेका थिए । हामीले आगो को झिल्कोलाई सानो देख्नु हुन्न भन्ने कुरा बुजे पनि सरकार ले त्यसलाई ध्यान दिएन उल्टो नेपाल कोरोना फ्री जोन भने प्रचार गर्न सरकार लागि पर्‍यो । त्यो झिल्को बिस्तारै बढ्दै गएर अहिले भयाबह अवस्था आउँदै छ। विश्व मा कन्ट्रोल गरेर लकडाउन खोल्दै छन्। हामी बढ्ने क्रममा लकडाउन खुकुलो पार्दैछौं । हामीले यो विचमा प्रसस्त मात्रामा कोरोना परिक्षण गर्न सक्नु पर्दथ्यो त्यसो नगरी पैसा सकियो बेसार पानी खानु भन्न थालौं । यत्रो महमारिमा दैनिक ज्याला गरेर खाने मजदुर के गर्दै छन् ? कृषि प्रधान देशका जनता कृषि कसरी गर्दै छन् ? ध्यान छैन भोली के हुन्छ ? आकलन छैन सत्ता भित्र कसले कती कमायो, भनेर एकले अर्कोलाई विदेशी ईशारामा नाच्ने भनेर लडी रहेका छौं । प्रमुख प्रतिपक्ष दलले माहामरीलाई मध्यनजर गरी सरकारलाई गरेको सहयोगको दुरुपायोग भएको छ। सरकारले न कुनै स्पष्ट रणनीति आफुले बनाउन सकेको छ नत प्रतिपक्षले छलफल गरी स्वास्थ्य विशेषज्ञको सुझाव, आर्थिक सुझाव, उद्योग व्यवसायी सुझाव नत मौद्रिक सुझावलाई ग्रहण गर्न सकेको छ । मलाई लाग्छ सरकारसंग कुनै योजना छैन। यो महामरीबाट जोगाउन कुहिरोको काग झै दिशा हिन भएको छ । दैनिक कोरोनाले भन्दा आर्थिक समस्याले आत्महत्या गर्ने को सन्ख्या धेरै छ। क्वारेन्टाइनमा आत्महत्या देखी बलत्कारका घटना छन्। सरकार अन्धो र बहिरो भएको झैं भएको अवस्था छ। विदेशबाट आफ्ना नागरिक घर आउँदा रोगका खानी हुन्, ल्याउन हुँदैन, भन्छ। अब तपाईं भन्नुहोस् हाम्रो देशमा सरकार छ या लुटेरा को झुन्ड छ ।

अन्त्यमा केही भन्नु छ की ?

भन्नु त धेरै कुरा थियो तपाईंको लोकप्रिय संचार माध्यम मार्फत अवसर दिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । विशेषत म आफु प्रवासमा रहेकाले धेरै यहींको समस्याको बारेमा मेरो नजर पुग्नु स्वाभाविक नै हो । सरकारलाई दबाब सिर्जना गरी केही हद सम्म समस्यामा रहेका नेपालीहरुलाई घर फिर्ता गराउने कार्य गर्न सकिएको छ । अझैं पनि दैनिक राहत लिएर बस्ने साथीहरु हुनुहुन्छ जसको हातमा न पैसा छ, न फिर्तिको लागि आवश्यक कागज पत्र छन्। तिनै दु:ख पिडामा रहेका अनुहारहरुको सम्झना आउँछ। अझैं कत्ति शवहरुको  नेपालमा आफन्तले कहिले आउछ भनेर बाटो हेरेर बसेका छन्। कत्ति मानिसहरू रोग, भोक र अभावले डिप्रेसनमा पुगी जिउँदो लास झै बनेका छन्। उनिहरूलाई कसरी सकुसल आफ्नो मुलुक पठाउने भन्ने चिन्ता छ । चाहे कुबेतको फिर्ती गृहमा बसेका हुन्, चाहे भिजिट भिसामा आएर समस्यामा परेका हुन्, उनिहरुको सहज् स्वदेश फिर्ती कसरी गराउन सकिन्छ, त्यता तिर सबैको ध्यान पुगोस् भन्न चाहन्छु ।

(लेखक: नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार तथा एनआरएनए मानार्थ आइसिसीका सदस्य हुन्। इमेल : bimsube321@gmail.com )


क्याटेगोरी : विचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस