Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारअस्थिर राजनीतिमा अल्झिएको नेपाल र नेपाली

अस्थिर राजनीतिमा अल्झिएको नेपाल र नेपाली


इतिहासमा कहिल्यै पनि अरुको उपनिवेश नबनेको मेरो देश नेपाल बिरता र सुन्दरताको अनुपम उपहार हो । हाम्रा पुर्खाको रगतले बनेको नेपालको माटो हामी नेपालिहरुका लागि स्वर्ग भन्दा पनि लाखौं गुणा प्यारो छ । प्राकृतिक रुपमा सम्पन्न हामी आज गरिबहरुको देशको सुचिको अग्रपंक्तिमा छौं, शान्तिका अग्रदुत भनेर चिनिने गौतम बुद्धको देशमा आज अथाह हत्या हिंसाका घटनाहरु भइ रहन्छन्, विश्वकै अग्लो भुमी सगरमाथा रहेको देशका हामी अझै पनि सङ्कृण सोचले ग्रसित छौं, आखिर किन ? यी र यस्ता धेरै प्रश्नको उत्तर खोज्नु हाम्रा लागि चुनौती बनेको छ । तर पनि नेपाल र नेपालीको समृद्धि बन्ने सपना पूरा नहुनुको मुख्य कारण नेपालको धमिलो राजनीति नै हो भन्ने बिश्वास आम नेपालिमा रहेको छ । सुन्दा तितो लागे पनि सत्य यहि हो, जो हामी नेपालिले बिगतदेखि भोग्दै आएका छौं ।

“परिवर्तनका नाममा ठूलाठूला क्रान्तिहरु नेपालमा भए तर निश्चित शासकहरु बाहेक सामान्य जनताको दिनचर्यामा कुनै परिवर्तन आउन सकेको छैन ।”

बिगतको कालखण्डमा थुप्रै व्यक्तिहरूले नेपालमा शासन गरेको इतिहास हाम्रा सामु छ । बाइसे चौबीसै राज्यमा बिभाजित नेपालको भुगोललाइ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अगुवाइमा सिङ्गो नेपाल राज्यमा एकीकृत गरेको गर्बिलो इतिहास सुन्दा कुन चाहिँ नेपालिको मन फुरुङ्ग हुदैन होला र ! थापा, बस्नेत, पाण्डे र राणाहरुले शासन गर्ने बेला देखि नै नेपालीको राजनितिमा अस्थिरता र अराजकताले गति लिएको थियो र आज पनि त्यही इतिहासलाई नेपालका आधुनिक राजनितिक नेताहरूले निरन्तरता दिएका छन । परिवर्तनका नाममा ठूलाठूला क्रान्तिहरु नेपालमा भए तर निश्चित शासकहरु बाहेक सामान्य जनताको दिनचर्यामा कुनै परिवर्तन आउन सकेको छैन ।

“जनताले नेताहरूले सोचे अनुरुपकै परिवर्तनको लागि साथ दिदा पनि जनताको बास्तबिक समस्या राज्यले नबुझ्दा राजनिती प्रती आम नागरिकको घिर्णा यथावत नै छ ।”

राणाहरुले चलाएको निरङ्कुश सत्ताका विरुद्ध वि.स. २००७ सालमा काङ्ग्रेसको नेतृत्वमा बिद्रोह भयो र फलस्वरूप प्रजातान्त्रको उदय संगै सदाको लागि राणा शासन अन्त्य भयो । राणाहरुको निरङ्कुस्ताकै कारण विकास हुन नसकेको भन्ने भ्रमलाइ अझै सम्म पटकपटक ६० बर्ष सम्म शासन गरेको नेपाली काङ्ग्रेस र अन्य नेपालका राजनितीक दलहरूले चिर्न सकेका छैनन् । वि.स. २००७ साल देखि आजको मिति सम्म आउदा नेपालमा सक्रिय राजनीति गर्ने दल र तिनिहरुका नेताहरुले पालैपालो सत्ता चलाई सकेका छन् तर पनि नेपालि जनता पराधिन जीवन बिताउन बाध्य छन् । राणाहरुको पतन संगै उदय भएको प्रजातन्त्रले खासै प्रजाहरुको जिवनमा परिवर्तन गर्न सकेन भनेर राजा महेन्द्रले वि.स. २०१७ सालमा निर्दलिय पन्चायती व्यवस्थाको सुरुवात गरे त्यसलाई नेपाली राजनितिक दल र तिनिका नेताहरूले प्रजातन्त्रको अपहरण भएको संज्ञा दिए । राजा महेन्द्रले सो व्यवस्था गरे पछि कयौं दल र दलका नेताहरू निर्बासित भए तर पनि पन्चायती शासनकालमा गठन भएका सरकार र राजा महेन्द्रको कदमले पनि जनतालाई स्थिरता, स्थायित्व र विकास दिन सकेन ।

“पन्चायती व्यवस्थाको अन्त्य नै नेपालको बिकासको आधार हो भनेर २०४६ सालमा प्रथम जनआन्दोलन भयो र त्यसले प्रजातन्त्रको पुनर्बहाली गर्यो र फेरि तिनै दल र नेताले सत्ता हातमा लिए तरपनी जनताले चाहेको प्रजातन्त्र आउन सकेन बरु लुटतन्त्र र भ्रष्टाचारले चरम सिमा नाघेको छ ।”

जनताहरुमा चरम निराशा छाएको थियो र पन्चायती व्यवस्थाको पनि विकल्प खोज्ने प्रयासहरु हुँदै गए । निर्दलिय शासनमा निर्वासित भएका नेताहरूले भारतबाटै पन्चायत विरुद्ध संघर्ष गर्न थाले भने राजा महेन्द्र र राजतन्त्रवादिहरू जसरी पनि आफ्नो शासन टिकाउने दाउमा लागे जसले गर्दा झनै नेपालको राजनितिमा चरमा अस्थिरता छाएको बेला विकाश र समृद्धि त टाढाको कुरा थियो । वि. स. २००६ साल पछि नेपालमा बामपंथी घटकहरुका मानिसहरुले कम्युनिस्ट पार्टी स्थापना गरि सकेका थिए जसले तत्कालीन शासक र सत्ताको विकल्प खोज्दै भुमिगत संघर्ष गर्दै थियो । वि.स.२०२८ सालको झापा बिद्रोहबाट उत्कर्षमा पुगेको कम्युनिस्ट आन्दोलन १० वर्षीय जनयुद्ध हुँदै आज सत्तामा आउदा पनि नेपाली जनताले शान्ति, सुशासन र विकाशको अनुभुती गर्न पाएका छैनन् ।

पन्चायती व्यवस्थाको अन्त्य नै नेपालको बिकासको आधार हो भनेर २०४६ सालमा प्रथम जनआन्दोलन भयो र त्यसले प्रजातन्त्रको पुनर्बहाली गर्यो र फेरि तिनै दल र नेताले सत्ता हातमा लिए तरपनी जनताले चाहेको प्रजातन्त्र आउन सकेन बरु लुटतन्त्र र भ्रष्टाचारले चरम सिमा नाघेको छ । जनताहरु राजनीति प्रती कडा आक्रोश ब्यक्त गरि रहेका छन तर पनि नेतृत्व पङ्क्ती जनताका सवालमा चुप लागेर बसेको छ । २४० बर्ष भन्दा बढी कार्यकारी र सबैधानिक ब्यबस्थामा रहेको राजतन्त्र अन्त्य गर्ने भनेर तत्कालीन माओवादीले जनयुद्धको नाममा हत्या, हिंसा, आतंक र अराजकता मच्चायो ।

“अरु देशमा राजनिती सेवाका लागि गरिदै आएको छ भने नेपालमा राजनिती पेशा र कमाउ धन्दाका लागि गरिदै आएको छ । सरकार र सत्ता टिकाउनको लागि जस्तो सुकै राजनीतिक अपराध गर्न पनि पछि हट्दैनन हाम्रो देशका नेताहरू ।”

१० बर्ष सम्म हजारौं जनताले रगत बगाए लाखौं परिवार बिस्थापित भए र माओवादीहरूले भनेको सामन्त राजतन्त्रको पतन पनि भयो तर अझै गणतन्त्र नेपालमा नागरिकहरुको जीवनमा किन परिवर्तन भएको छैन ? जनताहरु चरम गरिबी र बेरोजगारीको सिकार बनेका छन यी सबै समस्याहरुको एउटै उत्तर नेपालको अस्थिर राजनिति हो । कर्णालीका जनताहरुलाइ समृद्धिको झुटो आशवासन दिदै जनयुद्ध गरेका प्रचण्ड बाबुराम आज काठमाडौमा बङगला ठाडाएर बसेका छन भने तिनिहरुलाइ साथ दिएका निर्दोष जनता अझै पनि युद्धको घाउमा दुखाइ सम्म कम गर्ने मलम लाउन पाएका छैनन। तत्कालीन समयमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका सयौं ब्यक्तिका परिवार कि लास त कि सास चाहियो भनेर बिलाउना गरि रहेका छन ।

जनताले नेताहरूले सोचे अनुरुपकै परिवर्तनको लागि साथ दिदा पनि जनताको बास्तबिक समस्या राज्यले नबुझ्दा राजनिती प्रती आम नागरिकको घिर्णा यथावत नै छ । संविधान सभाबाट संविधान पनि जारी भै सकेको छ । देशले करिब दुइ तिहाइ बराबरको सरकार पाएको छ तर पनि देशमा ब्याप्त गरिबी , बेरोजगारी लगायत अन्य थुप्रै सामाजिक समस्याको समाधानको लागि राज्य निरही बनेको छ । अरु देशमा राजनिती सेवाका लागि गरिदै आएको छ भने नेपालमा राजनिती पेशा र कमाउ धन्दाका लागि गरिदै आएको छ । सरकार र सत्ता टिकाउनको लागि जस्तो सुकै राजनीतिक अपराध गर्न पनि पछि हट्दैनन हाम्रो देशका नेताहरू ।

राष्ट्रिय अखण्डता र सार्बभौमसत्ता माथी बिदेशीहरु ठाडो हस्तक्षेप गर्दै नेपालमा खुलमखुल्ला हिडिरहेका छन तर पनी नेपाली राजनितीक नेताहरु लाचरपन देखाउदै बिदेशिहरुको सेवामा ब्यस्त छन । गरिबी र बेरोजगारीले चरम सिमा पार गरेको छ लाखौ युबाहरु बिदेशी भुमिमा तड्पिरहेका छन ।

“नेपाली राजनिती पराधिन बनेको छ । भारतको इच्छा र आबस्यक्तामा सरकार परिवर्तनका गम्भीर बिषयहरुमा हस्तक्षेप हुदा पनि त्यसको प्रतिकार गर्दै राष्ट्रिय स्वाभिमान बचाउने आट हाम्रा नेताहरुमा देखिदैन । कोरोना कहरले देश अस्तब्यस्त बनेको छ र पनि राजनितिक दलहरुमा गम्भीर छलफल र बहस हुन सकेको छैन । यस्तो महामारी र बिपत तिनै दल र दलका नेताहरुको लागि कमाउने गतिलो अबसर बनेको छ ।”

गरिबी र बेरोजगारीले चरम सिमा पार गरेको छ लाखौ युबाहरु बिदेशी भुमिमा तड्पिरहेका छन । देशको अर्थतन्त्र बिदेशी रेमिटान्सले मात्रै चलेको छ । देशको कृषियोग्य भुमी व्यापक सहरीकरणमा परिवर्तन हुँदै छ तर पनि नेपाली नेतृत्व रमिता हरेर बसेको छ । भ्रष्टाचारका ठुला काण्डहरु नेता र सत्ताकै बलमा भइ रहेका छन । राज्यको सम्पति चरम दुरुपयोग भएको छ । सङ्घियताको नाममा छोटेमहाराज हरुको मनपरि रजाइँ छ तर जनताको चासोका बिषयमा कोहि गम्भीर छैन । दिनप्रतिदिन हत्या, हिंसा र अपराधका घटनाहरु हुँदै गर्दा जनताहरुको सुरक्षा चुनौतीपूर्ण बनेको छ तर पनि पुलिस प्रसासन राजनितिक पहुँच र बलमा अपराधिकरणको मतियार बनेको छ । नेपाली राजनिती पराधिन बनेको छ । भारतको इच्छा र आबस्यक्तामा सरकार परिवर्तनका गम्भीर बिषयहरुमा हस्तक्षेप हुदा पनि त्यसको प्रतिकार गर्दै राष्ट्रिय स्वाभिमान बचाउने आट हाम्रा नेताहरुमा देखिदैन । कोरोना कहरले देश अस्तब्यस्त बनेको छ र पनि राजनितिक दलहरुमा गम्भीर छलफल र बहस हुन सकेको छैन । यस्तो महामारी र बिपत तिनै दल र दलका नेताहरुको लागि कमाउने गतिलो अबसर बनेको छ । समस्याको अखडा बनेको छ मुलुक तर पनी समाधानको सिन्को सम्म भाचिदैन यहाँ । नाताबाद , कृपाबाद र आफन्तबाद हाबी बनेको छ जसका कारण क्षमता र दक्षता हुद हुँदै पनि हामि जस्ता लाखौ युबा जीवन धान्नकै लागि बिदेशी भुमिमा श्रम बेच्नु परेको छ । गुण्डागर्दी शैलिमा राजनितिक नियुक्तिहरु हुन्छन र चुनाबमा राज्यको स्रोतको व्यापक दुरुपयोग गरिन्छ । धनी र योजनाबिहिनहरुले चुनाब जित्छन । त्यस्ता बाट जनताले अपेक्षा गरेका कुराहरु पूरा हुने सम्भावना नै रहदैन । कर्मचारीहरु राजनितिक दलका भरौटे बनेका छन जसका कारण सार्बजनिक सेवा प्रबाहमा जनताहरुले पाउन दुख पाएका छन । कागजमा निकै आदर्शबादी कानुनहरु लेखिएका छन तर ती कानुनहरु जनतालाइ मात्रै लागू हुन्छन नेताहरु त्यही कानुनको बलमा अपराधको सिढि चढ्दछन ।

“ठुलाठुला राजनितिक परिबर्तनका बलिया हतियार बनेका नेपाली जन्ता आज ती नेपाली राजनितीक दल र नेताहरु कै कारण खिया लागेका पुराना हतियार झै बनेका छन । देशमा एमसीसी जस्ता गम्भीर बिषयहरु सदनबाट पास गर्दै नेपाली स्वाभिमान डलरमा बेच्न दलका नेताहरु एजेन्डको काम गर्दै छन । सत्ता बचाउनकै लागि देशको सार्बभौमसत्ता बेच्न दलालहरुबाट हामी नेपालिहरुले ठूलो सपना देख्नु आफैमा एउटा धोका हो ।”

बिगत सयौं बर्ष देखि नेपाली जनताले बिकासको मीठो स्वाद चाख्न पाएका छैनन । ठुलाठुला राजनितिक परिबर्तनका बलिया हतियार बनेका नेपाली जन्ता आज ती नेपाली राजनितीक दल र नेताहरु कै कारण खिया लागेका पुराना हतियार झै बनेका छन । देशमा एमसीसी जस्ता गम्भीर बिषयहरु सदनबाट पास गर्दै नेपाली स्वाभिमान डलरमा बेच्न दलका नेताहरु एजेन्डको काम गर्दै छन । सत्ता बचाउनकै लागि देशको सार्बभौमसत्ता बेच्न दलालहरुबाट हामी नेपालिहरुले ठूलो सपना देख्नु आफैमा एउटा धोका हो । पहुँचवालाहरु सम्पन्नता तिर लम्किदै छन भने सामान्य जनताहरु बिपन्नताको खाडलमा पुरिदै छन । हिजो बर्ग संघर्षको कुरा गर्दै युद्ध गर्नेहरु आज तिनिहरु नै सामन्तबादका मतियार बनेका छन ।

अन्त्यमा अब देशका स्वाभिमान र सार्बभौमसत्तालाई बचाउन देशको सम्पुर्ण युबासक्तिहरु दलको झोले कार्यकर्ता नबनेर डटेर लढ्नुको विकल्प छैन । कृषि , पर्यटन र अन्य क्षेत्रको बिकास मार्फत राजनितिलाइ पुर्ण रुपमा परास्त गर्न युबाहरु एकता जरुरी छ । बिगत देखि धमिलिएको नेपाली राजनिती भित्रको दुर्गन्धलाइ सदाको लागि फ्याँक्न एकपटक सक्षम युबा नेतृत्व राजनितिमा आउन जरुरी छ ।


क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस