Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारकोरोना, प्रवासी र राहत

कोरोना, प्रवासी र राहत


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद (एनसीसी) कतारले हालसम्म एघारौं चरणको राहत वितरण गरेको छ । कोभिड १९ को माहामारीका कारण विभिन्न समस्यामा परेका करीव २२ सय नेपालीहरुलाई राहत वितरण गरिएको छ। दुई हप्तालाई पुग्नेगरी खाधान्न वितरण गरिएको एनसीसी कतारले जनाएको छ। अर्थात दुई हप्तापछी पून: वितरण गर्नुपर्ने र नयाँ संख्या बढ्दै जाने क्रम चल्दोछ।

स-साना क्लिनिंग कम्पनीमा काम गर्ने महिला कामदारदेखी सैलुन, रेस्टुरेन्ट, आजाद भनिएका भिसामा आई बसेकाहरु, विभिन्न कारणले अवैधानिक बनेकाहरु, खासगरी रोजगारी गुमाएर बसेकाहरुको संख्या बढ्दो छ। कतार सरकार, कतार रेड्कृयसेन्ट तथा विभिन्न परोपकारी संस्थाहरुको करीव डेढ करोड रुपैयाँ भन्दा बढीको सहयोगमा विगत २ महिनादेखी एनसीसी कतारको नेतृत्वमा कतारका बिभिन्न सामाजिक संस्थाहरु मिलेर पिडित नेपालीहरुलाई खाधान्न वितरण गर्दै आई रहेका छन्।

“नेपाल सरकार र कतारस्थित नेपाली नियोगसँग कति नेपाली समस्यामा छन् भन्ने तथ्यांक छैन। भएपनि योजना छैन। साँच्चै भन्ने हो भने हामीले समुचित आश्वासन समेत पाउन सकी रहेका छैनौं। प्रत्येक दिन समाचारका पानाहरुमा राज्यले हामीलाई सम्झेको हाम्रोबारे सोचेको छ कि भनेर खोतल्छौं, तर त्यहाँ हाम्रो कतै कुरै हुँदैन, न चिन्ता हुन्छ न चाँसो।”

कतारमा पूर्ण लकडाउन छैन, नियम र शर्तहरुभित्र बजाहरु खुल्ला छन्। हामी भनीरहेका छौं यहाँको अवस्था सामान्य छ। कोरोना संक्रमितहरुको उपचार तथा रेखदेख राम्रो छ। समग्रमा सबै सामान्य छ भने हामी बिगत २ महिनादेखि हालसम्म दसौं चरणको खाधान्न वितरण गरि रहेका छौ, यसको मतलव के हो? र यहाँनेर नेपाल सरकार र नियोग कहाँनेर भेटिन्छन् ? कोभिड-१९ को कहर विश्वव्यापी छ। त्यसैले विश्व नै असामान्य अवस्थाबाट गुज्रिन पुगेको छ। धनी राष्ट्र, शक्तिशाली राष्ट्र वा हाम्रो जस्तो विपन्न राष्ट्र सबै प्रतिकुलताको सिकार भएका छन्। त्यसैले कतारपनि सामान्य अवस्थामा छैन, तर असन्तोष जनक अवस्थापनि छैन।

कोरोनाको उपचार नपाएर मर्ने, कोरोनाकै कारण भोकमरीको मारमा पर्ने अवस्थालाई कतार सरकारले गम्भीरता पूर्वक लिएको छ । उपचार नपाउने र खान नपाउने अवस्था आउन नदिन यहाँको सरकार सजग छ र तयारी र कसरत राम्रै छ। त्यसैले हामी भनी रहेका छौं ‘अवस्था सामान्य छ’ र यो असत्यपनि होईन। यद्यपि यो सम्पूर्ण र समग्रपनि होईन। समग्र किन छैन भने अधिकांश कम्पनीको अवस्था प्रतिकुल छ। कति कम्पनीले कर्मचारी कटौती गरेका छन्, केही कम्पनीहरुले आफ्ना कर्मचारीहरुका तलव रोकिदिएका छन्, धेरै नेपालीहरु अवैधानिक रुपमा छन्। कतिको करार सकिएको छ। घुम्न आएका, भेटघाट गर्न आएका, जेलमुक्त भएका लगायतका धेरै नेपाली विविध कारणले यहाँ रोकिन पुगेका छन्। विभिन्न कारणले मृत्यु भएका तीन दर्जनभन्दा बढी लाशहरु समेत रोकिएका छन्।

“हामीलाई कर्मराष्ट्रको शदाशयताप्रति कुनै गुनासो छैन। यस्तो अवस्थामा हामीले कतार सरकारमाथि गलत सोच्यौं भने पक्कैपनि अपराध हुनेछ। तर आफ्नो आमाको माया जस्तो सानीमाको हुँदैन भन्ने अधिकार हामीलाई छ।”

कानुनी उपचार खोजे पाईन्छ। यी सबै समस्यासित जुध्न नेपाली नियोगको भुमिका आवस्यक पर्दछ। नेपाल सरकार र कतारस्थित नेपाली नियोगसँग कति नेपाली समस्यामा छन् भन्ने तथ्यांक छैन। भएपनि योजना छैन। साँच्चै भन्ने हो भने हामीले समुचित आश्वासन समेत पाउन सकी रहेका छैनौं। प्रत्येक दिन समाचारका पानाहरुमा राज्यले हामीलाई सम्झेको हाम्रोबारे सोचेको छ कि भनेर खोतल्छौं, तर त्यहाँ हाम्रो कतै कुरै हुँदैन, न चिन्ता हुन्छ न चाँसो। कदम्कदाचित भएछ भने रेमिट्यान्स घटेको चिन्ता भेटिन्छ। हामीसँगै काम गर्ने धेरै देशका नागरिकहरु आफ्ना सरकारले व्यबस्था गरिदिएको जहाज चढेर आफ्नो देश फर्की रहेका छन् हामी यावत समस्याविच एनसीसीको राहत प्याकेजमा निर्भर भएर बसेका छौं।

‘दिनभरी बुहारी कपाल कोर, रातभरी घोचा चोर’ भन्ने युक्ती जस्तो हाम्रो शासकीय परम्परा बनेको छ। जबसम्म भवितव्य हुँदैन तवसम्म हाम्रा शासक कानमा तेल हालेर बस्दछन्। परनिर्भरतामा बाँच्ने आदत परेको हाम्रो व्यबस्थाको सिकार हामी बन्दैछौं।

हामीलाई कर्मराष्ट्रको शदाशयताप्रति कुनै गुनासो छैन। यस्तो अवस्थामा हामीले कतार सरकारमाथि गलत सोच्यौं भने पक्कैपनि अपराध हुनेछ। तर आफ्नो आमाको माया जस्तो सानीमाको हुँदैन भन्ने अधिकार हामीलाई छ। कहिलेसम्म सानिमाको ममत्वमा हामी निर्भर हुने सवाल यो हो। यो सवाल र चिन्ता नाजायज कदापि होईन। नेपाल हाम्रो राष्ट्र हो, हाम्रो जननी, जन्मभुमि हो भन्ने प्रत्याभूती हामीलाई छ, केवल सरकार नागरिकमुखी बन्न नसकी रहेको छैन यो पीडा हामीलाई छ।

‘दिनभरी बुहारी कपाल कोर, रातभरी घोचा चोर’ भन्ने युक्ती जस्तो हाम्रो शासकीय परम्परा बनेको छ। जबसम्म भवितव्य हुँदैन तवसम्म हाम्रा शासक कानमा तेल हालेर बस्दछन्। परनिर्भरतामा बाँच्ने आदत परेको हाम्रो व्यबस्थाको सिकार हामी बन्दैछौं। राहत वितरण दीर्घकालिन समाधान होईन, सामाजिक संघसंस्थाले अल्पकालिन रुपमा पिडामा मल्हम मात्र लगाउन सक्छन्। घाऊ निको बनाउन राज्यको खोजीमा हामी छौं र हाम्रो आशाहरु जिवित छन्।


क्याटेगोरी : विचार
ट्याग : #breaking, #corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस