Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारस्वास्थ्य सुरक्षाको सही तरीका

स्वास्थ्य सुरक्षाको सही तरीका


हामी सानो छँदा घरका ठूलाबडाहरु चोखो लुगा फेरेर हातमा पानीको अंखोरा बोकेर भान्छामा भात खान छिर्थे । खाना खान जानु भन्दा पहिले हात खुट्टा धोएर मात्र भान्छामा जान्थे । अरुबेला लगाएको लुगासंगै खाना खान पाईदैन थियो । चोखो धोती फेरेर मात्र पिर्का माथी अलग्गै बसेर खाना खान्थे । खाना खाने बेलामा लगाउने लुगा चर्पी जाँदा लगाउन मिल्दैनथ्यो । अरुले छोएको खानु हुँदैन भन्ने मान्यता थियो । खाना खान शुरु गर्नु भन्दा पहिले पानी भातको थालको वरीपरि घुमाउँदै पहिलो गास अन्नदाता भगवानको नाममा चढाउँथे ।

दैनिक भान्छाकोठा गोबरमाटोले पोतेर मात्र भात पकाउथे । भात पकाउने ठाँउमा जोसुकैले जान र छुन पाईन्नथ्यो । कथमकथाचित कसैले भान्छा छोइहाले भने त्यो खाना खाँदैनथे । बासी खानेकुरा खान मिल्दैनथ्यो । कुखुराको मासु घरमा खाईदैन थियो भने कुखुरा पाल्न पनि मनाहि थियो । घर बाहिर कतै जानु पर्यो भनेपनि आफुलाई पुरै दिनको लागि चाहिने कच्चा खाद्य पदार्थ र पकाउने भाँडाकुँडाको बन्दोबस्तीका साथ निस्किन्थे ।

घर बाहिर अथवा परदेश गएर घर भित्रिएका मानिसहरुलाई केही दिन छुट्टै राखेर स्याहार गर्ने चलन थियो । यसरी बाहिरबाट आएका परिवारका सदस्यहरुलाई गाँउ डुल्न, अरुको घर जानबाट बन्चीत गराईन्थ्यो । केहि दिन घरमै बसेर आराम गर्नै पर्ने कडा नियम थियो । शायद आजकाल भनिने आईसोलेसन नै त्यही होला ।

हामी ठूला र जान्ने हुँदासम्म पनि यो चलन यथावतै थियो । यो चलन पुरुषहरुको लागि ब्रतबन्ध गरीसकेपछि शुरु हुन्थ्यो भने महिलाहरुको लागि गुरुमन्त्र सुनीसकेपछि मात्र शुरु हुन्थ्यो । विकासले फड्को मारेसंगै विस्तारै पश्चिमा चलन भित्रिन थाल्यो । जताततै होटल र रेष्टुरेन्टको चलन आयो । लुगा फेरेर भान्छामा भात खाने मान्छे पाखे भनिन थालिए । विस्तारै यो चलन हट्दै गयो । जुत्तासंगै भान्छामा जाने, पकाउने, खाने चलन आयो । मानिसहरु कामको सिलसिलामा घर देखि बाहिर बस्न थाले । पकाउने खाने सजिलो तरिका खोजे संगै यो परम्परागत चलन विस्तारै विस्थापित हुँदै गयो । क्षेत्री बाहुनहरु बाहेकका अन्यले यसलाई बुज्रुकहरुको चलन मान्न थाले । यसमा वर्ग विभेदको झल्को देख्न थाले । विस्तारै यो सनातनी हिन्दु परम्परालाई निस्तेज पारिँदै लगियो ।

त्यतिबेला अहिलेको जस्तो औषधि, अस्पताल र स्वास्थ्यकर्मीहरु पनि थिएनन् । यस्ता विभिन्न रोगका विज्ञहरु पाउन पनि मुस्किल थियो । कतैबाट ज्ञान आर्जन गर्न ईन्टरनेट जस्ता सुविधाहरु पनि उपलब्ध थिएनन् । त्यही सावधानी नै त्यो बेलाको रोग भित्रिन नदिने प्रतिरोधात्मक नियम थियो होला । आफै उमार्ने, आफै संरक्षण गर्ने र आफै खाने चलन थियो । विषादीहरुको चलन थिएन । रासायनिक मल प्रयोगको चलन थिएन । कालाबजारी थिएन तसर्थ खानामा मिसावट पनि हुन पाउँदैन थियो । दुध खानलाई प्रत्येक घरमा आफै गाई वा भैंसी पालेका हुन्थे । घर मै बनाएको ताजा र शुद्ध दुध, दहि र ध्यू पेटभरी खान्थे र पो बलिया र निरोगी हुन्थे । आफ्नै करेसाबारीमा सागपात र तिहुन तरकारी उमार्थे । गुन्द्रुक र तरकारीका सुकुटी तयार पार्थे । अफसिजनमा त्यही खान्थे र बढि भएको अरुलाई दिन्थे ।

दैनिक नुहाईधुवाई गरी, धोएको अर्काे लुगा फेरी खाना खान्थे । यसबाट थप संक्रमण हुने मौका मिल्दैनथ्यो । यो पनि एक किसिमको संक्रमणबाट जोगिने जोगाउने राम्रो धार्मिक पक्ष हो ।

घर बाहिर अथवा परदेश गएर घर भित्रिएका मानिसहरुलाई केही दिन छुट्टै राखेर स्याहार गर्ने चलन थियो । यसरी बाहिरबाट आएका परिवारका सदस्यहरुलाई गाँउ डुल्न, अरुको घर जानबाट बन्चीत गराईन्थ्यो । केहि दिन घरमै बसेर आराम गर्नै पर्ने कडा नियम थियो । शायद आजकाल भनिने आईसोलेसन नै त्यही होला । त्यतिबेलाको परम्परागत नियम नै कस्तो राम्रो । जानी नजानी धार्मिक आस्थालाई आत्मसाथ गरेको पुरातन चलनले मानिसको स्वास्थ्यको सुरक्षा तथा संक्रमणबाट बचाई राख्थ्यो ।

घरमा कसैको मृत्यू भयो भने १३ दिन सम्म एक्लै छुट्टै बस्ने चलन पनि बैज्ञानिक नै छ । मृतकका धेरै नजिकका मानिसहरु यसरी अगल रहन्थे । किनभने उनीहरुले मृतकलाई छुने, दाहसंस्कार गर्ने, जलाउने, सेलाउने सबै काम तिं नै नजिकैकाहरुले गर्नु पथ्र्याे । जस्तै बाबु आमाको मृत्यू हुँदा छोराहरु । यी सबै काम गर्दा मृतकबाट केहि मानिसलाई हानी नोक्सानी गर्ने किटाणुहरु उनीसंग आएका हुन्थे । यसरी केही दिन एक्लै कसैलाई नछोएर बस्दा त्यो समयमा संक्रमणमा रहेका किटाणु या भाईरसहरु नष्ट हुन्थे । दैनिक नुहाईधुवाई गरी, धोएको अर्काे लुगा फेरी खाना खान्थे । यसबाट थप संक्रमण हुने मौका मिल्दैनथ्यो । यो पनि एक किसिमको संक्रमणबाट जोगिने जोगाउने राम्रो धार्मिक पक्ष हो ।

अभिबादनमा हात मिलाउनु, अंकमाल गर्नु भनेको रोग निम्त्याउने कारण हो भन्न थालिएको छ । व्यक्ति-व्यक्ति विचमा पनि चार फिटको दुरी कायम गर्न बाध्य बनाएको छ ।

आधुनिकताले मानिसलाई जति सुखी बनायो त्यति नै दुःखी पनि बनायो । जति नै धेरै अस्पताल बने त्यति नयाँ-नयाँ किसिमका रोगको उत्पत्ती हुँदै छ । जति नै स्वास्थ्यकर्मीहरु भए पनि सबै जनाले झन बढि काम पाईरहेको र त्यतिले पनि नपुग्ने अवस्था छ । तर पनि निरोगी मानिसहरुको जनसंख्या निकै कम छ । जुन अस्पतालमा गए पनि मानिसहरुको घुईंचो त्यती नै बढेको छ ।

तसर्थ, स्वास्थ्य र सरसफाईको दृष्टीकोणबाट हेर्दा हाम्रा पुर्खाहरुको यो सनातन प्रयोग निकै ठिक रहेछ । कोही नयाँ व्यक्तिसंग भेट भयो भने टाढैबाट शिर निहुँराएर ढोग्ने अथवा नमस्कार गर्ने चलन थियो । अहिले विश्व कोरोना नामक भाईरसबाट आतंकित बनेको छ । स्वास्थ्य सुरक्षाकोलागि हाम्रा आधुनिक किसिमका खाने, पिउने र कामकाज गर्ने व्यवहारहरुलाई नकार्दै त्यहि पुरानो पाखे चलनले यथास्थान पाएको छ । हात मिलाउन र अंकमाल गर्न नहुँने कुराको आत्मसाथ हुन थालेको छ । कोरोना भाईरसको संक्रमण दिन प्रति दिन बढेसंगै यी कुराहरुमा बन्देज लगाउन थालिएको छ ।

अर्काे मनोबल पन यो अवस्थामा रोकथामको बलियो औषधि बन्छ । हामीले मनोबल गिराउनु हुन्न । आफु र आफ्नो परिवारमा यस्ता मनोबल दिने कुराहरु गरि राख्दा यसबाट पनि फाईदा हुन्छ ।

दिन प्रतिदिन यस महामारीबाट मर्ने मानिसहरुको संख्यामा बृद्धीभईरहेको छ । आज विश्वले डेढलाख मानिसहरुलाई यो महामारीको संक्रमणले गुमाई सकेको छ । पचासौं लाख मानिसहरु संक्रमित छन् । विश्व त्राही त्राहीको अवस्थामा छ । स्वास्थ्यकर्मी पनि यस महामारीबाट अछुतो छैनन् । संक्रमणबाट ज्यान गुमाउनेको लासलाई तह लगाउनै असहज भएको छ । अहिले विश्व घरमै बन्दिको रुपमा बसेको छ । यसले गर्दा समाजमा राम्रा भन्दा पनि नराम्रा घटनाहरुले दिन प्रतिदिन बढावा पाइरहेका छन् । घरेलु हिंसाका घटनाहरु बढिरहेका छन् । विद्युतिय सरसामानको प्रयोगले मानिसहरुको मानसिकता एकोहोरो बनाएको छ ।

नेपाल सरकारले पनि आफ्ना देशवासीको स्वास्थ्यको ख्याल राख्दै महामारीको रोकथाम र नियन्त्रणकोलागि भनेर मुलुकमा लकडाउनको घोषणा गरेको छ । मानिस सामाजिक दुरी कायम गर्न सचेत छ । कसैले छोएको वा दिएको खाना खान मान्छेमा हिचकिचाहट छ । अभिबादनमा हात मिलाउनु, अंकमाल गर्नु भनेको रोग निम्त्याउने कारण हो भन्न थालिएको छ । व्यक्ति-व्यक्ति विचमा पनि चार फिटको दुरी कायम गर्न बाध्य बनाएको छ । अरुले खोलेको ढोकाको हयाण्डील छुन मान्छे डराईरहेछ । अरुले खाएको भाँडामा खान डर भईरहेको छ । भिंडभाडमा जान जोखिम छ । अर्काले प्रयोग गरेको कलमले लेख्न मान्छे डराउँछ । यहाँसम्म की अरुबाट नोट लिन पनि स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित छैन । एटिएमबाट पैसा निकाल्दा पनि जोखिम छ। त्यसैले सरकारले एटिएम चलाउँदा पन्जा लगाउन र सेनिटाईजर प्रयोग पछि मात्रै यस्ता प्रयोगका बस्तुहरु प्रयोग गर्न सल्लाह दिएको छ ।

गाँउमा एक गाँउबाट अर्काे गाँउमा मान्छे आँउछ भनेर आवतजावत गर्ने मुख्य नाकामा बार बन्देज लगाईएको छ । कोही नयाँ मानिस देख्यो भने उ संग नजिक जान डराईरहेछ, डर पनि छ । त्यसैले यो विषम परिस्थितिमा आईसोलेसन नै मुख्य औषधि हो। हात धोएर खाने, नाक, आँखा, मुख सकभर नछुने, बाहिर निस्किनु पर्दा मास्क लगाउने, घर फर्के लगतै लगाएको लुगा फेर्ने गर्नाले केहीहदसम्म यो कोरोना भाईरसको महामारीबाट बच्न सफल हुन्छौं । अर्काे मनोबल पन यो अवस्थामा रोकथामको बलियो औषधि बन्छ । हामीले मनोबल गिराउनु हुन्न । आफु र आफ्नो परिवारमा यस्ता मनोबल दिने कुराहरु गरि राख्दा यसबाट पनि फाईदा हुन्छ । त्यसैले घर मै बसौं । स्वस्थ रहौं । निरोगी रहौं ।


क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस