Techie IT
×
गृहपृष्ठविचारवेमौसमी अध्यादेश, भूलको स्वीकारोक्ति र भित्रि रहस्य

वेमौसमी अध्यादेश, भूलको स्वीकारोक्ति र भित्रि रहस्य


निन्छ गल्ति मान्छेबाट हुन्छ। गल्तिलाई गल्ति नमानेर मेरो गोरुको बाह्रै टक्का भनेझै गल्तीलाई स्वीकार नगरी अगाडि  बढ्नु गलत हो तर गल्तिलाई स्वीकार गर्नु महानता हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेको गल्तिको प्रायचित गरेका छन्। राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी विवादास्पद् दुई वटा अध्यादेश फिर्ता लिएका छन्। यसको लागि प्रमलाई धन्यवाद दिनै पर्दछ भूलको स्वीकारोक्ति नै राम्रो सन्देश हो यसमा दुइमत छैन ।

अध्यादेश आउनु र फिर्ता लिनुमा मात्र अहिलेको बिषय सिमित भने भएको पक्कै छैन। यस भित्र बुनिएको भित्री रहस्यको पर्दाफास हुनु पनि जरुरी छ । अध्यादेश आउना साथ मैले एक लेख मार्फत, ‘बेमौसमी बाजा बजाउनु भयो प्रधानमन्त्रीले’ भनेर लेखेको थिए। अध्यादेश फिर्ता भएसँगै बेमौसमको बाजा बजेको स्पष्ट भएको छ ।

विश्वभरबाट कम्यूनिष्ट शासन पद्दति तत्कालिन सोभियत संघ को पतन संगै समाप्त हुँदै गएको अवस्थामा नेपाल मदन भण्डारीको सुझबुझ र पूर्वप्रधान मन्त्री मनमोहन अधिकारिको राजनितिक इमान्दारिताको कारण उचाइमा पुगेको नेपाल कम्यूनिष्ट पार्टिको वर्तमान सरकार गठन संगै बिभिन्न काण्डै काण्डमा मुछिन पुगेको सर्वविधितै छ । मुलत ‘वर्ग सङ्घर्ष’ र कम्यूनिष्ट सत्ताको अवधारणा अघि सारेर विचारको राजनीतिकरण गरी मानिस ब्रेनले हैन ब्रेडले परिचालन हुन्छ भन्ने मान्यता बोकी निम्न वर्गको हातमा शासन सत्ता नहुँदा सम्म समाजमा एक किसिमको शोषण भई रहन्छ भन्ने, काल माक्सको भौतिकवादी दर्शनलाई नेपाली राजनीति सँग जोडेर सत्तामा पुग्न राष्ट्रवादी देखी जनवादी सम्म आफुलाई बाहिर देखाउने तर भित्र भित्रै पूँजीवाद शैलिमा आलसिन महल, नातागोता देखी सबैलाई लाभको पदमा अवसर पाउने वित्तिकै नपुर्याएका हैनन ।

कम्यूनिष्ट नाम त आफुलाई सत्तामा पुग्ने भर्र्याङ् मत्रा बनाए जब नेपालमा संबिधान भने पछी मोदी सरकारले नेपालमा नाकाबन्दी लगायो त्यो गोटी नै दुइतिहाइको सरकार नेकपाको सरकार बन्ने शक्ति भन्यो । भारतको नाकाबन्दी र ओलीको खोक्रो राष्ट्रबाद्को नारा जनतालाई लोभ्याउने कडी बन्यो । त्यही राष्ट्रवादी नारा लिएर सत्तामा आसिन ओलीको नारा भोका जनता र राष्ट्रबाद फगत हात्तीको देखाउने दात रहेछ भन्ने कुरा घाम झै छर्लङ भएको छ । कोरोनाको कारण भोको पेटले श्रम गरेर खान पनि नपाउने ७/८ सय किलोमिटर पैदल यात्रा गरेर आफ्नो घर ठाउँमा पनि सहज रुपमा जान नपाई रहेको अवस्थामा उनिहरुको गास, बास कपास को व्यवस्था तिर लाग्ने कि संबिधानई एक खोस्टो पाना र आफु संबिधान भन्दा ठुलो झै गरी अध्यादेस मार्फत लोकतान्त्रिक विधिको उपहास हुने गरी कार्य गर्नु नैतीक भुल हो र यो भुललाई आँखा चिम्लिएर स्वीकृति जनाउने महामहिमले पनि आफुलाई पानी माथिको ओभानो देखिन खोज्नुको तुक छैन।

अध्यादेश जारी हुनु र फिर्ता हुनुले तत्कालको  समस्या समाधान भयो होला तर त्यस भित्र गुम्सेको भित्री रहस्य अझ खतरानाक रहेछ, भन्ने कुरा घाम जत्तिकै  छर्लङ भईसकेको छ ।

अध्यादेश आउँदा सम्म त प्रमको दम्भको उपज हो भनी सबैलाई लाग्नु स्वाभाविकै थियो । संविधानलाई कागजी खोस्टो सम्झेर र आफुलाई संविधान माथि रहेको झै गरी अध्यादेशको बाटो पहिल्याउनु ठूलो भुल त थिदै थियो तथापी त्यस पछी विकसित भएका घटना क्रमहरु सरकार नै रक्षक हुनु पर्ने ठाउमा भक्षक भएर जनताका जनप्रतिनिधि तथा देशका सांसद  जस्तो व्यक्तिहरु अपहरण कार्यमा संलग्न हुनु र सांसद नै अपहरण मा पर्नु जस्ता निर्लज्ज घटनाले गम्भीर प्रश्न खडा गरेको छ ।

देशका सांसद जस्तो व्यक्ति त यो देशमा सुरक्षित छैनन भने सर्वसाधारणको अवस्था कस्तो होला ? के सरकारले दिने शान्ति सुरक्षा यहि हो ? जनताले आफ्नो गास काटेर, कर तिरेर, त्यही रकमबाट तलब भात्ता खाएर लाभको पदमा आसिनहरुनै अपहरण जस्तो घ्रिणित कार्यमा सम्लन हुनु त्यही टोलिको प्रधानमन्त्रीसंग बारबार संवाद भएको भन्ने समाचार र त्यस्को पुष्टि हुनुले प्रमको चरित्र समाजमा छरपष्ट भएको छ । अध्यादेश जारी हुनु र फिर्ता हुनुले तत्कालको  समस्या समाधान भयो होला तर त्यस भित्र गुम्सेको भित्री रहस्य अझ खतरानाक रहेछ भन्ने कुरा घाम जत्तिकै  छर्लङ भईसकेको छ ।

खेलको  मुख्य खेलाडी प्रम देखिए पनि उनि नै प्रमुख पात्र हो जस्तो लागिदैन। यदी भएको भए आँफै नागिने खेल आँफैले गर्ने थिएनन्, थिए होला र ? यस्को भित्री रहस्य के छ सत्यतथ्य बाहिर आउनु पर्दछ, जनताले थाहापाउनु पर्दछ ।

प्रधानमन्त्री ओली जीव अध्यादेश परकरण बाट राजनीतिक रुपमा असफल साबित भए नै, नैतिक रुपमा पनि उनि चुकी सकेको घटना क्रमले स्पष्ट पारेको छ। यो अवस्थामा उनि कुर्सीमा रहनु कत्ति जहायज हुन्छ उनैमा भर पर्ने बिषय हो । त्यती मत्रा हैन नेपालको संसदीय राजनितिक इतिहासमा सोमबारदेखि शुक्रबारसम्मका दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति, पूर्व प्रहरी प्रमुख र सांसदहरु समेत बदनाम हुन पुगेको अवस्था छ।  उनीहरुलाई कानुनी दायरा भित्र ल्याउनु पर्दैन र ? प्रधानमन्त्रीको सिफारिस सबै बैद हुँदैनन यसलाई सोचेर सल्लाह गरेर कानुन सम्मत तरिकाले स्वीकृति वा अस्वीकृति गर्नु पर्दछ भन्ने गतिलो पाठ महामहिमलाई पनि शिक्षा प्राप्त भयो होला । छोटो बाटो रोज्दा र हतारमा गरिएको निर्णयले कत्ति सम्म नैतीक असर पर्दो रहेछ उनले बुज्ने कुरा हो । घटना परीघटनामा महामहिम राष्ट्रपती जानाजान मुछिनुपरेको हो वा फसाइयो यो महामहिमलेले स्पष्ट पार्ने कुरा हो ।

प्रधानमन्त्रीले आफ्नो स्वविसेकमा ल्याएको अध्यादेश र त्यसछि उत्पन्न घटना क्रमले आफुले खनेको खाडलमा पर्न सक्ने डरयुक्त मनसयबाट हो वा कस्को ईशारामा आफुले थुकेको थुक चाटेका हुन् त्यो उनैलाई नै थाहा होला तर धेरैलाई लाग्न सक्दछ अध्यादेश जारी र फिर्ता सँगै यो अध्यायको समाप्त भयो भनेर यदी कसैले यो सोचेको छ भने यो गम्भीर भुल हुन सक्दछ । भनिन्छ बुडी मरी भनेर नरुनु काल पल्कियो भनेर रुनु । विषय टुङिएको छैन विषय वा प्रसँगको सुरुवात भएको छ । यो खेल सामान्य हैन नेपालको सार्वभौम सत्ता माथि ठाडो हस्तक्षेप गर्न खोजिएको छ। खेलको  मुख्य खेलाडी प्रम देखिए पनि उनि नै प्रमुख पात्र हो जस्तो लागिदैन। यदी भएको भए आँफै नागिने खेल आँफैले गर्ने थिएनन्, थिए होला र ? यस्को भित्री रहस्य के छ सत्यतथ्य बाहिर आउनु पर्दछ, जनताले थाहापाउनु पर्दछ ।

यो बहस बिमर्श सांसद भित्र बाहिर कानुनविद, बुद्दिजिबी सामाजिक एवं कुटनितिक व्यक्तित्व विच हुनु जरुरी छ । बिशेष त यो बहसमा सांसदहरुलाई स्वस्फुर्त रुपमा आफ्नो राय राख्न दिनु पर्दछ। त्यहाँ कुनै किसिमको प्रतिबन्ध हुनुहुदैन । पद पावर, पैसा र प्रतिष्ठामा जो छ उसैले लोकतन्त्रमा जनतालाई उपेक्षा गर्ने, आफूले जे सोच्यो त्यही ठीक हुन्छ भन्ने मानसिकतामा लोकतान्त्रिक सरकार चल्नु हुँदैन, हामी यही नेर चुकेका छौ। यही नेर सुधारको जरुरी छ । हामीले राणा शासन, पञ्चायत् र राजातन्त्र त तोड्यौ तर बदिलिदो व्यवस्थामा सस्कारलाई तोड्न सकेनौ, गम्भीर भुल यही भएको छ। चाहे बहुदल र लोक्त्रन्त्रमा किन नहोस् पुरानो बोतलमा नयाँ पानीको लेपन लगाएर लोकतन्त्रको रटान रटेकै छौं । नयाँ नयाँ राजा रजौटा मुखियाहरु जन्माउदै मा परिवर्तन आउछ र ? परिवर्तन त मन, वचन, कर्ममा आउनु पर्‍यो। नाम लोकतन्त्र, शैली उही पंचायती र राणा शासनको नक्कल हुँदै आएको छ, यसको अन्त्य हुनु जरुरी छ । लोकतन्त्रमा संविधान माथि कोही हुँदैन देशका संबैधानिक निकाय स्वतन्त्र हुनु पर्दछ, वर्तमान संकटबाट पाठ सिकेर हामीले देशलाई नयाँ आयममा लैजान सक्नु पर्दछ ।

हामीले हाम्रो राष्ट्रियता जोगाउनु छ । हामीले हाम्रो लोकतन्त्र जोगाउनु छ, हामीले हाम्रो संस्कार जोगाउनु छ, हामीले हाम्रो प्राकृतिक उपहार जोगाउनु छ, हामीले हाम्रो देशको गरिमालाई बचाउनु छ, त्यो भन्दा ठूलो हामीले हाम्रो देश र आफ्ना नागरिकलाई सम्मान दिने परीपाटिको विकाश गर्नु परेको छ । आफ्नै देशमा रोजगारीको अवसर सृजना गरी विदेशी भुमिमा पसिना बगाउने नागरिकलाई स्वदेश बोलाउनु परेको छ । बर्तमान कोरोनाको संकटको पिडाबाट आफ्ना नागरिकलाई बचाउन परेको छ । कोरोना बाट देखिने आर्थिक संकटबाट देशलाई असफल हुन बाट जोगाउनु परेको छ । जयनेपाल

  • (लेखक: एनआरएनए आइसिसीका सदस्य हुन्। इमेल : bimsube321@gmail.com )

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस