Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारपरदेशमा मृत्यु वरण मान्य छ तर मेरो कारणले देशलाई अफ्ट्यारो नपरोस

परदेशमा मृत्यु वरण मान्य छ तर मेरो कारणले देशलाई अफ्ट्यारो नपरोस


कोरोना भाइरस (कोभिड-१९) को महामारिले विश्व अक्रान्त छ । संक्रमितको संख्या दिन दुईगुना रात चौगुनाको दरले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि सोही अनुपातमा बढिरहेको छ । लाग्छ तेश्रो विश्व युद्ध हुन्छ भने यो नै हो ।

कोरोनाको संक्रमणबाट मध्यपुर्वको मुलुक युनाईटेड अरव इमिरेट्स (युएई) पनि अछुतो छैन । यहाँ पनि दिनानुदिन संक्रमित हुने र मृत्यु हुनेको संख्या बढिरहेको छ । यसले वैदेशिक रोजगारिमा आएका नेपालिहरुलाई चिन्त्तित बनाएको छ । भोलि के होला भन्ने कुराले अन्योलता थपिदिएको छ । अझ पछिल्लो पटक थपिएका संक्रमितको संख्यामा नेपाली समेत थपिनु र यसै बिच एक नेपाली महिलाको मृत्युको समाचारले एक प्रकारको चिन्ताको पारो बढाएको छ ।

“पचास लाख भन्दा बढी नेपाली विदेशमा रहेका छन तिनिहरुलाई उद्दार गर्न कति समय लाग्ला ? उद्दारकालागी लाग्ने खर्च यो महामारिको सयमा देशले धान्ला ? सबै भन्दा उत्तम त्यो उद्दार भन्दा त्यो खर्च देशमा भएका नागरिकको स्वास्थ्य उपचारमा खर्चनु राम्रो होईन र ?”

कोरोनाको संक्रमणबाट आफुलाई बचाउन सावधानी त अपनाउनै पर्छ तर त्यति भयभीत हुन आवश्यकता छैन जति हामी भएका छौँ । आत्मबल बलियो भए भाइरसलाई पराजित गर्नु ठुलोकुरा होईन । यदि तपाईं सँग आत्मबल बलियो भए आधा रोगलाई त्यसै पराजित गर्न सक्नुहुन्छ । यदि हामी हल्लाकै पछि लागिरहने हो भने भाईरसले भन्दा पहिला हल्लैले सामान्य बिरामीको समेत ज्यान जान सक्छ । त्यसैले अहिले हामीलाई सहि परामर्श र बलियो आत्मबल चाहिन्छ ।

पछिल्लो समय सरकारले जसरी चिनबाट विमान चार्टर्ड गरेर नेपाली नागरिकहरुको उद्दार ग-यो । त्यसैगरी अन्य मुलुकमा रगेका आफ्ना नागरिक प्रती सरकार गम्भीर भएन । उदासिनता देखायो भन्ने सामाजिक संजालहरुमा यत्रतत्र देखिन्छ त्यस्ता भावनाहरुलाई गलत भन्न नसकिएला तर के त्यो सम्भव होला त ? त्यस तर्फ हामी कसैले सोचेका छौ ? पचास लाख भन्दा बढी नेपाली विदेशमा रहेका छन तिनिहरुलाई उद्दार गर्न कति समय लाग्ला ? उद्दारकालागी लाग्ने खर्च यो महामारिको सयमा देशले धान्ला ? सबै भन्दा उत्तम त्यो उद्दार भन्दा त्यो खर्च देशमा भएका नागरिकको स्वास्थ्य उपचारमा खर्चनु राम्रो होईन र ? सधै भावनामा बहनु राम्रो पक्कै होईन यथार्थमा आएर सोचौ ।

सामाजिक संजाल हेर्ने हो भने यत्रतत्र सरकारले यो गरेन त्यो गरेन भन्ने विरोध मात्र देख्न सकिन्छ । देश संकटमा परेको बेला तपाई हाम्रो सामाजिक उत्तरदायित्व के हो ? त्यसलाई चटक्कै विर्सन सकिन्छ ? अहिले केहिलाई बिरोध गर्ने मनोरोगले ग्रस्त बनाएको छ । जसको कामै विरोध र भ्रम फैलाउनु बाहेक अरु कुनै काम छैन ।

हामिले बुज्नु पर्ने कुरा के हो भने यो समय गाली गरेर बिताउने समय होइन । हातेमालोको समय हो । देशलाई काँध दिने समय हो । अहिलेको संकटको समयमा हामी सबैको कर्तब्य पनि हो ।

हाम्रै रेमिट्यान्सबाट देश चलेकोछ तर हामिलाईनै सरकारले बेवास्ता गर्‍यो भन्न्दै चिच्याएको सुनिन्छ तर यथार्थमा तिनैहरुनै दुई पैसाको लोभमा रेमिट्यान्स छल्दै हुण्डि मार्फत पैसा पठाउने र कतिपय हुण्डिका कारोबारी रहेको तथ्य हामी सबै सामु छर्लङ्ग छ ।

अहिलेको यो संकटको भुमरिबाट देशले मुक्ती पाएको खण्डमा धित मरुन्जेल बहस गरौला । जिन्दावाद र मुर्दाबादको नारा लगाउला । गाली गर्दै कालो र सेतो झण्डा पनि देखाउला । तर मुख्य कुरा अहिले कसरि बच्ने र अरुलाई बचाउने भन्ने कुरा चिन्ताको विषय हो । यो समय भनेको राजनैतिक दाउपेच भन्दा माथी उठेर आम नागरिक, सरकार र प्रतिपक्ष मिलेर एकजुट हुने समय हो।

सरकारले कोरोना भाइरसको संक्रमण एक अर्कामा नसरोस भनेर देशलाई लकडाउन गरेको छ । आवश्यक परे अझ लम्बिन सक्छ । यो लकडाउनलाई हामी सबैले मेरै हितको लागि गरिएको हो भन्ने महशुस गरि लकडानको पालना गरि सहयोग गर्नु आम नागरिकको दायित्व हो । यसैगरि कोरोना भाइरस विरुद्ध जनचेतनामूलक सामाग्रीको प्रचारप्रसार गर्नु पनि अहिलेको अवस्थामा एउटा ठूलो सहयोग नै हो ।

युएईको सन्दर्भमा भन्ने हो भने कतिपय आफुलाई बुज्रुक ठान्नेहरुको सामाजिक संजालमा रोईलो सुन्दा अचम्म लागेर आउँछ । हाम्रै रेमिट्यान्सबाट देश चलेकोछ तर हामिलाईनै सरकारले बेवास्ता गर्‍यो भन्न्दै चिच्याएको सुनिन्छ तर यथार्थमा तिनैहरुनै दुई पैसाको लोभमा रेमिट्यान्स छल्दै हुण्डि मार्फत पैसा पठाउने र कतिपय हुण्डिका कारोबारी रहेको तथ्य हामी सबै सामु छर्लङ्ग छ ।

युएईको सन्दर्भमा भन्नुपर्दा अहिले ठुला सपिङ महल, मनोरञ्जन स्थल, सार्वजनिक पार्कहरु जहाँ मानिसहरुको भिडभाड हुने स्थलहरु पुर्णरुपले बन्द गरिएको छ । भने आगामी २ हप्ता सम्म सार्वजनिक स्थानहरुमा किटनासक औषधीद्वारा किटाणुरहित बनाउने राष्ट्रिय अभियान संचालित छ । लकडाउनको समयमा खानेकुराको अभाव हुन नदिन रेस्टुरेन्टहरुलाई डेलिभरी गर्ने सुबिधा प्रदान गरिएको छ बने केहि कोअपरेटिभ, लुलु हाईपर मार्केट र ग्रोसरिहरुलाई संचालनको अनुमती दिएकोछ । तर सरकारले तोकेको मापदण्ड अनिवार्य पूरागर्नु पर्ने छ । त्यसैले पनि कसैले पनि भोकै बस्नु पर्ने अवस्था भने छैन ।

कसैलाई स्वास्थ्य समस्या परे खवर गरेको पाँच मिनेटमा एम्बुलेन्स आइपुग्छ । युएई सरकारले उपचार नगरी कसैलाई गलत्याएर पठाएको छैन । सबैलाई आफ्नै नागरिक सरह उपचार गर्दै आएको छ । युएई सरकार कोरोना भाइरस नियन्त्रणका लागि तदारुकताका साथ लागेको छ । यहाको स्वास्थ्य सेवा अन्तर्राष्ट्रिय स्तरको भएका कारण कोरोना संक्रमणका बिचमा पनि ढुक्क हुने वातावरण छ । त्यसैले हामी आफ्नो मुलुकमा भन्दा यहाँ सुरक्षित छौँ ।

नेपालमा देखिएका अधिकांश संक्रमितहरु तेश्रो मुलुकबाट गएको तथ्य सबैलाई जगजाहेर छ । अझ विदेशमा रहेका ५० लाख नागरिकलाई नेपाल भित्राउने हो भने के देशको स्थिती के होला ? किनकी तिनिहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नै पर्छ ।

क्वारेन्टाइनमा राख्दाको आर्थिक भार र आवश्यक स्वास्थ्य जनशक्तिको अभावमा हुन सक्ने जोखिमको नजरअन्दाज गर्न सकिन्छ ? विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई पालना गरि जो जहाँ छौ सुरक्षीत रहौं । त्यसैले यो संकटको समयमा सबैले धैर्यता नगुमाउ ।

सरकारले केवल मुलुक भित्रका आफ्ना नागरिकहरुलाई यो संकटको घडिमा बचाइदिए पुग्छ । त्यही नागरिकको हुलमा मेरोपनि परिवार छ भन्ने नभुलौं। अहिलेको यो संकटमा आआफ्नो ठाउँबाट देशलाई सहयोग गरौं ।

  • लेखक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई, कार्यसमिति सदस्य आवद्धमा  छन् 

क्याटेगोरी : विचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस