Techie IT
×
गृहपृष्ठविचारसानो-सानो बंचत गरौं, सेयर बजारसंगै स्वरोजगारी बनौं

सानो-सानो बंचत गरौं, सेयर बजारसंगै स्वरोजगारी बनौं


विश्वव्यापीकरण, आर्थिक उदारीकरण, सुचना तथा संञ्चारमा आएको ठूलो परिवर्तनले बैदेशिक रोजगारी अर्थात आप्रावासनलाई यती सरल बनाएको छ कि अहिले हरेक देशका नागरिक आफ्नो भुगोल छोडेर अवसरको खोजिमा विभिन्न मुलुकमा जाने प्रवृति बढेको छ । बैदेशिक रोजगार अर्थात आप्रवासन वर्तमान विश्वको महत्तो पूर्ण र चुनौती पूर्ण बिषय बनेको अवस्थामा नेपाल पनि बैदेशिक रोजगार बाट मुक्त हुन सक्ने कुरा भएन । २०४६ सालको राजनैतीक परिवर्तनले ल्याएको खुला अर्थनिती र नेपालको बैदेशिक रोजगार एैनमा गरिएको परिवर्तन सँगै  बिदेशमा जाने नेपालीहरुको संख्यामा  उल्यख्य बृदि भएको पाईन्छ ।

२०५२ साल बाट सुरु राजनीतिमा हिम्साको प्रयोगले अधिकांश  नेपाली गाउ बाट शहर र शहर बाट बिदेश पलायन भएको तितो सत्य हामी बिच छ जुन कारण आज अधिकांश नेपाली युवाहरु खाडी मलेसिया र कोरियाका शहर गाँउमा आफ्नो पसिना चुहाइ रहनु भएको छ । बिदेसमा जाने बित्तिकै पैसाको बुटो फल्ने हैन त्यहाँ रगत र पसिना सँग पैसा साटिएको हुन्छ भने अर्को तिर बिदेश जानेको सबैको भाग्य चम्कदैन ‘बर्मा गए कर्म सँगै नेपाल गए कपाल सँगै’ भने झै पसिनाको कमाइ लाई सही सदुपयोग नगरी थप आयको क्षेत्रमा लगानी गर्न नसक्दा बैदेशिक रोजगारीको समाप्ती सँगै चालु पुजिको अभावमा पुन आर्थिक अभावको अवस्थामा फस्नु पर्ने बाद्यता छ । जीवन भरिको कमाइ शहरमा घडेरी किनेर घर बनाउदै सिद्द्याए पछी सकृय जीवन सपाप्त हुँदा नहुँदै घर गाउ परिवारबाट एक्लो भएर बस्न पर्ने अवस्थाको सिर्जना भएको छ ।

वर्तमान अवस्थामा लामो समयको राजनितिक खिँचातानी पछि देशमा राजनितिक स्थायित्व प्राप्त भएको आवास मिलेको छ । देशले आर्थिक सम्वृद्धिको पथमा अगाडि बढ्नको लागि बैदेशिक लगानीका साथै गैरआवसीय नेपाली मार्फत लगानीको अपेक्षा गरेको छ । गैरआवसीय नेपाली संघले देशको आर्थिक बिकासमा एकल लगानी तथा संयुक्त लगानी मार्फत लगानी भित्र्याउन अभियानमा एक कदम अगाडि बढी रहेको अहिलेको अवस्था हो । जस्तो देशको बैँकिङ, जलबिद्दुत, होटल हस्पिटल र निजी बिद्यालयहरुमा लगानी गरिरहेका छन् । यो लगानी विशेषत बिदेशमा  राम्रो जागिर ब्यवसाय भएका व्यक्तीहरुबाट भएको छ भन्नु मा दुइमत छैन । खाडी लगायत मलेसिया कोरिया बस्ने नेपालीहरुको यस्ता लगानीहरुमा खासै पहुच छैन किनकी यो क्षेत्रमा रहने अधिकांशको कमाइ थोरै हुनु र थोरै थोरै बचेँको पैसा कस्तो कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने ज्ञानको अभावको कारण पनि फजुल खर्चमा सकिएको जग्जायर छ ।  तसर्थ हामीले बुज्नु पर्ने के हो भने ‘आजको बचत नै भोलिको सुनौलो भबिस्य हो’ यही मुल मन्त्रलाई मध्यनजर गरी हामी जस्ता सानो सानो आम्दानी हुनेहरुले लगानिका सही क्षेत्रहरु पहिलाउन सके प्रबास मै बसी बसी स्वदेसमा थप आय आर्जन गर्न सकिन्छ । सुचना प्रविधि र संचारको क्षेत्रमा आएको परिवर्तन हामीलाई सुबिधा दिएको छ, प्रविधी र मिडियाले दिएको सुबिधा लाई सदुपयोग गर्दै थोरै थोरै भएपनी लगानी गर्ने बातावरण सिर्जना गर्न हामी मा इछसक्ती हुनु पर्दछ ।देशको आर्थिक विकासको लागि पूँजी बजारको विकास अपरिहार्य भए जस्तै व्यक्तिगत आर्थिक सुध्रिडीकरणको लागि बचत लाई लगानीमा पारीणत गर्दै स्वरोजगारीमा प्रवेश नगर्ने हो भने हामीले जागिरे जीवनमा मात्र चित्त बुजाउनु पर्दछ जसबाट परम्परा धान्ने मात्र काम हुन्छ ।  विशेष गरी खाडी मुलुक र मलेसियामा रहने हामी नेपाली श्रमिकहरुलाई लेख मार्मत अनुरोध गर्न चाहन्छु तपाईंहरुको आम्दानीको बचत जती भए पनि अनुपादक क्षेत्रमा लगानी गर्नु भन्दा केही जोखिम बहन गर्दै उत्पादन मुलक क्षेत्र पुजी बजारमा लगाउन अनुरोध गर्दछु ।

वर्तमान अवस्थामा नेपाली धितो पत्र बजार अर्थात सेयर बजार पनि अन्लाइन प्रणालिमा आइसकेको छ । अनलाइन सेवाको माध्यमबाट तपाईं जहाँ भए पनि मोबाइल तथा कम्युटर को प्रयोग मार्फ़त सेयर खरिद बिक्री गर्न सकिने व्यवस्था नेपाली पुजी बजारमा स्थापित भएको छ ।  जसलाई सि–आस्वा प्रणाली भनिन्छ । नेपाल सरकार वर्तमान अवस्थामा एनआरएनलाई धितो पत्र बजारमा प्रवेशको कार्यसुचि अगाडि बढाउन लागि पारीरहेका छ । यसका लागि बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स निश्चित रुपमा दिने अवस्थामा नेपाल सरकार अगाडि बढीरहेको छ । यदी तपाईं नेपाल विदामा जादै हुनुहुन्छ भने तपाईं हरुले आफ्नो नाममा बैंक खाता र सेयर को अभौतिकी खाता डिम्याट खाता खोल्नु र आस्वा प्रणालीमा जोडीन को लागि यो विदालाई लाई सदुपयोग गर्नुहोस् ।

एक वा दुई दिन मात्र समय दिनु भयो भने सबै काम गर्न सक्नु हुनेछ । त्यसपछी प्रवासमा बसेर सहजै रुपमा धितो पत्र बजारमा छिरेर खरिद बिक्री प्रकृया गर्दै थप आय आर्जन गर्न सक्नु हुनेछ । धितोपत्र बजार पैसाको कुवा, पोखरी या ताल नभई समुद्र नै हो तपाईंले आफ्नो विवेक ज्ञान प्रयोग गरी आफ्नो हिस्सा बढाउदै जती सक्नु हुन्छ उघाउँदा हुन्छ तर यसमा विवेकको प्रयोग र धैर्यता आवस्यक छ । सही कम्पनी छान्न विवेक प्रयोग गर्न सके र धैर्य गर्न सके समुद्रमा तपाईंको हिस्सा बढ्दै जान्छ र त्यो सुस्त गतिमा नभई द्रुत गतिमा र तपाईं नेपाल फर्कदै गर्दा धेरै कम्पनिको सेयर तपाईंको हातमा हुन सक्दछ त्यसइलाई परिचालन गर्ने हो भने प्रवास लाई बिट मारेको दिन नै तपाईं बेरोजगारी भएर हैन स्वरोजगारी भएर फर्कन सक्नु हुनेछ ।

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सि–आस्वा प्रणाली भनिन्छ ।
सेयर बजारमा प्रवेश गर्नेले धितोपत्र बजारका मुख्यतया निम्न आयाम बारे सामान्य जानकारी राख्न सक्नु पर्दछ ।

१. सेयर : सादरण तया कुनै पनि पब्लिक कम्पनिले जारी गरेको हुन्छ बैन्क तथा बितिय क्षेत्र उत्पादन मुलक कम्पनीले यसलाई जारी गर्दछन बजारमा सेयर कारोबार मुख्य तया तीन प्रकारले खरिद गर्न सकिन्छ ।

क) साधारण सेयर आइपिओ भरेर : पब्लिक कम्पनिले साधारण सेयर जारी गरेको बेलामा सि आस्वा प्रणाली बाट खरिद गर्न सकिन्छ । यसको मुल्य रु १ सय हुन्छ र कम्तिमा माग गर्दा दस वा दसले भाग जाने सन्ख्यामा माग गर्नु पर्दछ । तपाईंले जती अन्लाइन बाट माग गर्नु हुन्छ त्यति संख्या लाई १ सय ले गुना गर्दा हुने रकम तपाईंको खतामा ब्लक हुन्छ पछी रिजेल्ट आउँदा तपाईं लाई जती पर्दछ त्यती नै रकम तपाईंको खाता बाट झिकिन्छ भने तपाईंक डिम्याट खातामा त्यो कम्पनिको सेयर रजिस्टर हुन्छ । सेयर बजारमा प्रवेश गर्दा सहज तरिका साधारण सेयर खरिद गर्नेहो तर यो सेयर तपाईंले मागे जती पर्दछ भन्ने छैन । पर्न पनि सक्छ नपर्न पनि सक्छ तर दितोपत्र बोडले माग कर्तालाई कम्तिमा १० किता पर्ने गरी नियम बनाएको छ यदी जारी र माग को अनुपात मिलेमा जारी सेयर भन्दा माग कर्ता बढ़ी भएको अवस्थामा नपर्न पनि सक्दछ ।

ख) प्रिमियम मुल्य सहितको एपिओ : कुनै कुनै कम्पनी ले संस्थापक रुपमा रहेको सेयर साधारण मा पारीणत गर्न पर्‍यो भने साधारण सेयरको मुल्यमा प्रिमियम थपेर पनि बेच्ने गर्दछन यो सेयरको मुल्य बढ़ी हुन्छ तर राम्रा कम्पनी छन भने माग गर्दा भविस्यमा राम्रो आम्दानी गर्न सकिन्छ ।

ग) दोस्रो बजार बाट खरिद गरेर : खुला बजार बाट अर्थात नेप्सेको अन्लाइन बाट तपाईंले कुनै पनि कम्पनिको सेयर किन्न सक्नु हुन्छ यसको लागि अहिले सम्म ब्यबस्था भए अनुसार सेयर दलाल जसलाई (ब्रोकर) भनिन्छ त्यहाँ तपाईंको कारोबारी खाता दर्ता हुनु पर्दछ साथै  तपाईंको बैन्क खाता र डिम्याट खाताको लिन्क हुनु पर्दछ र तपाईं मा अन्लाइन ट्रेडिङको लिङ जोडीए पछी तपाईंले खरिद बिक्री यही बसी बसी गर्न सक्नु हुन्छ खरिदको पैसा तपाईंको बैँक खाताबाट घट्दछ भने बिक्रिको आय बैंक् खातामा जोडीन्छ । यसको राम्रो पक्ष के छ भने तपाईंले बिहान किनेको सेयर केही छीनमा बड्यो भने बेचेर नाफा बुक गर्न पनि सक्नु हुनेछ ।

२. डिबेन्चर : बिशेषत यो बाणिज्य बैंकहरुले बेच्ने गर्दछन कम रिक्स लिने र बचत गर्न चाहनेले सि-आव्स्वा प्रणाली मार्मत बैंक हरुले जारी गरेको डिबेन्चर खरिद गर्न सकिन्छ ।  डिबेन्चरमा निश्चित ब्याज बैंकले दिनेछ ।  यो ५ -७ बर्से निश्चित अवधिको हुनेछ र बजारको घट बड्ले डिबेन्चरमा गरेको लगानी ले कुनै असर पर्दैन पछी आफुलाई पैसा चाहिएमा यसलाई धितो राखेर पनि पैसा निकाल्न सकिन्छ । तर खरिद गर्दा कम्तिमा २५ नम्बर खरिद गनु पर्दछ र यसको प्रती इकाइ मुल्य एक हजारको दरले कम्तिमा पनि २५००० को लगानी तपाईंले गर्न सक्नु पर्ने हुन्छ । सादरण तया यस्ता डिबेन्चरहरुको आम्दानी बैंकले मुद्दति वा वचतमा दिने ब्याज भन्दा बढ़ी हुन्छ भने डिबेन्चर बाट प्राप्त आम्दानी थप कर लाग्दैन ।

३. म्युचुअल फन्ड: साना तथा नयाँ लगानीकर्ताका लागि पनि म्युचुअल फन्डमा लगानी महत्वपूर्ण मानिन्छ । लगानी गर्न चाहने तर पर्याप्त ज्ञानको अभाव भएकाहरुले पनि म्युचुअल फन्डलाई नै रोज्ने गरेका छन् । यता, म्युचुअल फन्डहरुले समग्र बजारलाई स्थायित्व दिने अपेक्षा पनि गरिएको हुन्छ । तर नेपाली पुँजी बजारमा अहिलेसम्म यस्ता फन्डहरुको प्रभाव न्यून देखिएको छ तथापी बैंकहरुले पछील्लो समयमा निकै प्रसय दिएका छन । सानो भन्दा सानो लगानीलाई समेटेर धेरै भन्दा धेरै प्रतिफल दिने उद्देस्यले म्युचुअल फन्डको व्यवस्था गरिएको हो जसको साधारण सेयर जारी गर्दाको मुल्य प्रती इकाइ रु दस हुन्छ र बजारको स्थर अनुसार यस्को मुल्य तलमाथि भै रहने छ । थोरै लगानीमा धेरै भन्दा धेरै सेयर खरिद गर्न साना लगानी कर्ताको लागि म्युचुअल फन्ड को लगानी उपयुक्त हुन्छ ।

अन्त्यमा सेयर मार्केट को लगानी जोखिम युक्त हुँदैन भन्न सकिदैन जोखिम युक्त हुन्छ साचिकै भन्नैपर्दा यो लज्जावती झार जस्तै हो । अलिकती विवेक प्रयोग गर्नु भयो भने यसबाट धेरै लाभ लिन सक्नुहुन्छ यदी सक्नु भएन लगानी बराबरको जोखिम बहन गर्नु पर्दछ । तर एउटै मा लगानी नगरि फरक फरकमा गरिएको छ भने सहज् रुपमा नाफा बुकिङ पनि गर्न सक्नुहुनेछ । यसका लागि समाचार पढ्ने धितोपत्र बोर्डले संचालन गरेको रेडियो कार्यक्रम सुन्ने समय मिलेमा नेपाल गएको बेलामा धितो पत्र बोडले संञ्चालन गरेको तालिमहरु लिदा अझै राम्रो हुन्छ ।  समयमा ध्यान दिएर तालिमहरु लिनु भयो भने एक या दुई दिनको तालिम को अनुभवले पनि सेयर बजार लाई  तपाईंले जीवन भरी पेशाको रुपमा अपनाउन सक्नुहुनेछ ।  खाली हात बस्नु पर्ने छैन । त्यो भन्दानी आफ्नो दैनिकी गुजार गर्न सन्तान को मुख ताक्नु पर्ने छैन । मेरो विशेष अनुरोध आफ्नो सानो सानो आम्दानी लाई सदुपयोग गरौं, फजुल खर्च नगरौ ।  जय एनआरएनए

(लेखक एनआरएनए कतारका तर्फबाट आइसिसी सदस्य हुन्)
ईमेल :bimsube321@gmail.com

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस