Techie IT
×
गृहपृष्ठविचारसाउदी अरब छिर्नुअघि ढलेको सपना

साउदी अरब छिर्नुअघि ढलेको सपना


वैदेशिक रोजगारीको विषयमा हजार पटक समीक्षा गरेँ। हरेक गतिविधि सँगसँगै जीवन भोगाइको समीक्षा गर्नु भनेकै समाजको सर्वश्रेष्ठ प्राणीमा हुने गुण नै हो। यूरोपेली देशमा जान अनेकौं पटक सोचेँ। तर, आर्थिक क्षमताभन्दा टाढाको कुरा बनिदियो, त्यो सपना। अन्ततः थोरै लगानीमा केही वर्ष साउदी अरबको यात्रामा तम्सिएँ।

हरियो पासपोर्ट पनि दङ्गाली एजेन्ट ‘बोहोरा जीु ले हात पारेको पाँचवर्ष बढी भइसके छ। इच्छाले अघि बढाउन पनि सकिनँ। पासपोर्ट फिर्ता ल्याउन धेरै पटक प्रयास गरेँ। तर, मैले ल्याउन पनि पटक्कै सकिनँ। अन्तिममा उनैमार्फत् विदेशिने निर्णय मैले गरेँ।

म जस्तै, मेरो जस्तो अनेकौं अनेक पीडाका अनुभूति विदेशिन खोज्ने र विदेशिएका आफन्तजन र नेपाली युवा जमातले वर्षौँ अघिदेखि यो वा त्यो नाममा भोगिरहेका छन्। भलै मैले भर्खरै सुरुवात गरेँ, वैदेशिक रोजगारीको अनुभव।

मेरा भोगाइहरू प्रतिलिपि गर्दैगर्दा कसैलाई नुनबिनाको तरकारी जस्तो पनि लाग्न सक्छ। कसैलाई मसलै(मसलासहितको चौरासी भोजनको पनि लाग्न सक्छ१ स्वदेशमा इच्छा हुँदाहुँदै विदेशिन बाध्या नेपाली उर्जाशील युवालाई मेरो जीवन भोगाइ उत्प्रेरणाको स्रोत बन्ने छ। वैदेशिक रोजगारीको विषयमा अग्रजसँग पनि परार्मश, सल्लाह, सुझाव र नबुझेको पनि होइन। तर, विभिन्न कारणले सोचे जस्तो पटक्कै भएन।

वैदेशिक यात्राबारे मन्थन गर्दैगर्दा खाडी देश साउदी अरबको एक कम्पनीमा सुपर मार्केटका लागि सेल्स म्यानको अन्तर्वार्ता खुलेको जानकारी मिल्यो। लगत्तै एजेन्ट ‘बोहोरा जी’ ले खबर पनि गर्नुभयो। काठमाडौँमा बसेर वैदेशिक रोजगारीको प्रक्रिया पूरा गर्न उहाँले विष्णु जीलाई जिम्मा दिनुभएको रहेछ। विष्णु जीको फोन नम्बर पठाइदिनुभयो। विष्णुसँग मेरो फोनमा सम्पर्क भयो।

०७८ पौष २४ गते शनिबार बिहान ५स्३० बजे म लिबाङदेखि काठमाडौँका लागि हाइसको यात्रामा निस्के। तर रोल्पा समाचार पत्रिकाको छपाई भने अघिल्लो राति १०स्०० बजेतिर सक्कायौं। यात्राको विषयमा पत्रिकाका प्रकाशक तथा सम्पादक मानसिंह विश्वकर्मा अर्थात् कान्छा मामासँग सल्लाह लिएँ। उहाँले पनि जानू नै भन्नुभयो….

….

पत्रिकाको काम सकेर कार्यालयबाट रोल्पा अपसेट प्रेसका अपरेटर काका (युगान्त बुढा), सह-अपरेटर भाई (खुमबहादुर सुनार) र नयाँ भाइसँगै टुँडिखेलबाट पीपल चौतारासम्म गफिँदै-गफिँदै हिँड्यौं। सुनसान लिबाङमा भलाकुसारी गर्दै आ(आफ्नो कोठा पुग्न लम्किरहेका थियौं। मित्रहरूले भोलि बिहानको यात्राका लागि शब्दमार्फत् शुभ यात्रा दिइरहनुभएको थियो। समय अभावको कारण धेरै गफिने मौका पाएना‌ैं। अनि साततलेबाट लाग्यौं, आ-आफ्नो गन्तव्यतिर। तर, मैले उहाँहरूलाई के-का लागि काठमाडौँ जाँदै छु भन्नेबारे कुनै पनि जानकारी पनि दिइनँ।

वैदेशिक यात्रा थाल्दै गर्दा एजेन्टले कैयौंलाई वर्षौसम्म काठमाडौंमा अल्झाएको राम्रोसित थाहा थियो। प्रश्न उठ्थ्यो– मेरो खाडी उडान समयमै नहुने पो… होकि! अन्तर्वार्ता पास भएर भिजा आएपछि मात्रै कार्यालयका साथीभाइ, आफन्तजन, शुभचिन्तक र संगठनका कमरेडहरूलाई जानकारी दिने सोच गराएँ।

हो१ मैले प्रक्रिया थाल्नुअघि भनिनँ। नभन्नुमा मेरा केही बाध्यता पनि थिए। तर यस विषयमा स्वार्थी, अवसरवादी जे–जे आरोप लगाएपनि मैले स्वीकार्नुको विकल्प पनि थिएन र छैन पनि। यस्तै–यस्तै कारणले सामाजिक संघसंस्था र संगठनप्रति रुचि घढ्दै गइरहेको थियो। विभिन्न कारणले संगठनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्ने मौका पनि पाएँ। यो कुरामा म खुशी छु। तर मैले पद अनुसारको जिम्मेवारी निर्वाह नगरी विदेशिन खोज्नु संघसंस्था र संगठनप्रति विश्वासघात थियो। के गर्ने यो मेरो बाध्यता हो। अब क्षमा–याचनाबाहेक अरू केही भन्न सक्दिनँ।

हर-मानिसका आ-आफ्नै समस्या हुन्छन्। मेरा पनि धेरै समस्या थिए, छन्। प्रायः रोल्पालीहरूले मेरो समस्या बुझ्नु भएको पनि छ। सकेजति मैले बुझाउने प्रयास पनि गरेँ। समयमा नै लोकसेवा राम्रोसँग तयारी नगर्नु, कसैलाई आवश्यकभन्दा बढी विश्वास गर्नु मेरो भूल थियो। त्यो परिणाम आज मेरो पत्रकारिता पेशा, घरपरिवार, जन्म ठाउँ, आफन्तजन, शुभचिन्त र राजनीतिक जीवनबाट धेरै टाढा जानुपर्ने कहालीलाग्दो उकालीमा अड्केको छ।

त्यो समय, चिसो मौसम। घरमा पुग्दा खाना पनि चिसै। फेरि तताएर नरुचि–नरुचि खाएँ। भोलिको यात्राका लागि औषधि पनि खाएँ। यो मेरो बाध्यता हो। आवश्यक सामानहरू तयार गरेँ। अनि बिहानै ४:०० बजेको संकेत राखेँ मोबाइलमा। बाँकी यात्रा र कठिन भविष्य सोच्दा-सोच्दै निदाएछु।

बिहान ४:०० बजेको संकेतसँगै हत्तपत्त उठेँ। यता–त्यता गर्दागर्दै समय बितेको पत्तो नै भएन। घरबाट करिब ५:०० बजेतिर हतारमा निस्केर टुँडिखेल पुग्दा ५:३० बजेको थियो। अनि जलजला यातायात प्रालिको काउन्टरमा पुगेर हाइस सोधेँ। तर हाइस नआएको जवाफ आयो कर्मचारीबाट। र, पत्रिका कार्यालय छेउमा गएर बसेँ।

टिकट काउन्टरबाट फोन नआएपछि झन् तनाव थपियो। एकतिर काठमाडौंका लागि हाइस नजाने हल्ला छ, अर्कोतिर सोमबार नै साउदी अरबको एक सुपर मार्केटका लागि कामदारको अन्तर्वार्ता छ। जसरी पनि जानैपर्ने बोहोरा जीको उर्दी छ। म जसरी भएपनि काठमाडौँ जाने निधोसहित बुटवलसम्म अर्को गाडीमा यात्रा गर्ने निर्णय गरेँ। हतारहतारमा हिमताल प्रालिका सफल बुढालाई सीटको अवस्था बुझेँ। उहाँले पनि मैले रोजेकै सीट व्यवस्था गरिदिनुभयो। म एउटा तनाव तत्कालै बाहिरिएँ।

लिबाङबाट बुटवलको यात्रा सुरु गरेँ। गाडी तीव्र गतिमा अघि बढ्दै जाँदा मुस्कान (छोरो) को आमालाई समेत जानकारी गराएँ। काठमाडौँ पुगेपछि फोन गर्नुहोला भन्दै उहाँले पनि राख्नुभयो। मैले पनि राखेँ। उज्यालो हुँदै थियो, त्यो बेलासम्म पक्कै पनि बाबा उठ्नुभएको थिएन। मेरो योजना पनि थाहा थिएन। एकपटक बताउनैपर्छ भन्ने पनि लाग्यो। यसैबीच म बुटवल निस्केँ….

….

काठमाडौँ मेरा लागि खासै परिचित थिएन। पहिलो पटक ०६५ सालमा एसएलसी परीक्षा सकेर इँट्टा बोक्न पुगेको थिएँ। थानकोट नजिकको आदिनारायण इँट्टाभट्टामा करिब दुई महिना इँट्टा बोक्ने काम मात्र गरियो, त्योबेला। तर, काठमाण्डौं घुम्ने अवसर मिलेन। एसएलसी परीक्षाको नतिजा पनि असारको अन्तिम सातातिर प्रकाशित भयो। सोचेको भन्दा फरक नतिजा हासिल गरियो। सँगसँगै रमाइलो किस्सा पनि छ– प्रमाणपत्रमा रेशम कुमार बि।क। हुनुपर्ने तर भइदियो रेशम कुमारी बि।क।। तत्काल कुमारी सच्याउनका लागि सिद्द कैलाश माध्यमिक विद्यालय मिश्रीडाँडा, जिल्ला शिक्षा कार्यालय रोल्पा हुँदै क्षेत्रीय शिक्षा कार्यालय सुर्खेतसम्म पुगेँ।

त्योबेला दाङभन्दा अन्य ठाउँ नगएकोले सुर्खेतसम्मको यात्रा कठिन र चुनौतीपूर्ण थियो। तर, म भाग्यमानी छु र ठान्छु पनि। जेठी फूपुका साइँला छोरा श्यामले दाङदेखि नेपालगञ्जसम्म हाइस चलाउनुहुँदो रहेछ, मलाई थाहा थिएन। ुफूपुले चिन्ता नगर्नु भदै भोलि बिहान तिम्रो साइँला भेनाको हाइसमा कोहलपुरसम्म जाने। अनि कोहलपुरबाट सुर्खेत जाने हाइस पाइन्छन्। सजिलै सुर्खेत पुग्ने भनी सल्लाह दिनुभयो। बिहानै भेनासँग भेट गराएर हाइसमा चढाउनुभयो।

-केही घण्टापछि कोहलपुर पुगेँ। लगत्तै ओर्लिएँ। केही समयपछि सुर्खेत जाने हाइस आयो। हाइसमा चढेँ। त्यो हाइसमा मेरो जस्तै समस्या बोकेका नेपालगञ्जका साथी पनि भेटेँ। कुराकानी भयो। सुर्खेतको यात्रा दुवै जनाको नौलो नै रहेछ। एकअर्कालाई हेरेर आत्मबल बढायौं। सुर्खेत बजारमा हाइसबाट ओर्लियौं। क्षेत्रीय शिक्षा कार्यालय सोध्दै-सोध्दै धेरै समयपछि ठाउँमै पुग्यौं।

सुर्खेतबाट फर्केपछि माइला काकालाई काठमाडौँ आउने कुरा जानकारी गराएँ। सुर्खेतमा मेरो समस्या समाधान भएन। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर नै पुग्नुपर्ने भएपछि सुर्खेतबाट एक्लै रात्री बस चढेँ। त्यसै क्रममा काठमाडौँ पुग्ने पनि अवसर त मिल्यो। तर, घुम्ने अवसर चाहिँ मिलेन।

०७० तिर पासपोर्ट बनाउन फेरि काठमाडौँ पुगेँ। तर, लामो समय बसिनँ। वर्षौँपछि फेरि काठमाडौँ जाने काम परेको थियो र गएँ। गोरखापत्र दैनिकमा रोल्पाबाट समाचारदाताका लागि आवेदन दिन ०७७ साल फागुन महिनामा काठमाडौँ पुगेँ। तर, सबै ठाउँ घुम्ने मौका नै मिलेन।

काठमाडौँ नगएको तीन वर्षभन्दा बढी भइसकेको थियो। बामरूक नजिकका घुम्तीदेखि निदाउने प्रयास गरेँ। अनि म केही समयमा भुसुक्क निदाएँ। निन्द्रासँगै सुलिचौर पुगेँ। सुलिचौरमा गाडी रोकिएपछि टाउको दुस्खे जस्तो भयो। तर, वाकवाकी चाहिँ भएन। केही समयपछि गाडी सुलिचौरबाट गन्तव्यतिर तीव्र गतिमा अघि बढ्यो। स्वास्थ्यमा समस्या नभएपनि आत्मविश्वास बढिरहेको थियो।

सडक वरिपरका रमणीय वातावरणका अनेकौं दृष्य हेर्दै र निदाउँदै प्यूठान पुगेँ। प्रख्यात ठाउँ चकचेक पुगेँ। म निद्राबाट ब्यूँझेँ। खाना खाएँ। र, लामो समयसम्म निन्द्रामा परेछु, प्यूठानको बडडाँडा हुँदै बुटवलसम्म परेँ।

हाइसले बुटवलमा १:०० बजेतिर पुगियो। चालकले काठमाडौँका छुट्ने बसपार्क छेउमा छाडिदिए। हाइस पनि भेटियो। धेरै पछाडिको सीटमा परेँ। वाक्ने चिन्ताले थप तनाव थपियो। हाइस छुट्ने समय ३:०० बजे पो रहेछ। यात्रुहरू चाकलसँग रिसाउन थाले। तर चालक, सह(चालकले यात्रुहरूको आक्रोशलाई बेवास्ता गर्दै काठमाडौँ, काठमाडौँ भनेर नयाँ यात्रुलाई बोलाउँदै हिँड्थें।

अघिल्लो महिना प्रेस सेन्टर नेपालको चितवनमा आयोजित केन्द्रीय महाधिवेशनमा जाँदा दाउन्नेदेखि गैंडाकोट अनि नारायणी नदीलगायतका रमणीय ठाउँहरूको अवलोकन गर्ने मौका पाएको थिएँ। दाउन्नेदेखि गैँडाकोटसम्म फेरि ती रमणीय ठाउँहरूको हाइसको गतिमा अवलोकन गर्दै नारायणघाट पुगियो। झमक्क साँझ परिसकेको थियो।

निकैबेरसम्म सुतेँ। हाइस थानाकोट पुगेको थाहा नै पाइनँ। प्रहरीले चेकजाँच गर्दा म निद्राबाट ब्यूँझेँ अनि वरिपरीको वातावरणलाई नियालेँ। रातको समय धेरै यात्रुहरू निदाउनु भएको थियो। झिलिमिलो बत्ती बलेको अनि केही सवारीसाधन आवतजावत गरेको देखिन्थ्यो। कठिनका यात्राका बीच काठमाडौँ पुगेँ।

कलङ्की हुँदै अगाडि बढ्दै गर्दा घरतिर पनि फोन सम्पर्क गरेँ। उता एजेन्टसँग पनि नियमित सम्पर्कमै थिएँ। फोन गरेको धेरै समयपछि छोराको आमाले फोन उठाउनुभयो। म कलङ्की पुगेको जानकारी गराएँ।

….

कोरोना भाइरसको त्रास चलिरहेको थियो। निकै जोखिम थियो। जताततै डर थियो। दाङका अन्य ६ जना साथीहरू सुतिरहेको कोठामा म एउटा पनि थपिएँ। जति उमेर बढ्दै गयो, उति नै पीडा थपिँदै जाँदा रहेछन्। प्राणीहरूमा चलिरहने प्रकृतिको नियम नै रहेछ। त्यो रात राम्रोसँग निन्द्रा पनि लागेन। मनमा हुरीबतास झैँ तीव्र गतिमा खेल्न थाले। सोच्दा-सोच्दै कतिबेला भुसुक्क निन्द्रा लागेछ।

बिहान अबेरसम्म सुतेँ। उठेर सरसफाई गरेँ। त्यतिबेला सबै साथीहरू उठिसकेका रहेछन्। र मलाई प्रश्न गरे– तपाईं पनि भिजा लगाउन आउनु भएको होरु तपाईं रोल्पामा के काम गर्नुहुन्छरु कोरोनाको जोखिम बढेको बेला किन काठमाडौँ आउनुभयोरु कति पढ्नु भाछरु सीप के(के सिक्नु भाछरु घरमा को-को हुनुहुन्छरु के काममा भिजा लगाउने सोच छरु कुन देश जान लाग्नु भएको होरु ममाथि अनेकौं प्रश्नहरू थपिए। तर म नजवाफ भएँ। बोल्नै सकिनँ। ढक्क अडिएँ। तर पनि हिम्मत हारिनँ।

मैले पनि भन्न थालेँ– सामान्य लेखपढ हुँ। विवाहित छु। दुईवटा छोरा छन्। खाडी मुलुकमा जाने सोच बनाएको छु। सीप त त्यस्तो खासै छैन। साउदीको सुपर मार्केटको सेल्स म्यानमा आज अन्तर्वार्ता छ रे! यस्तै–यस्तै बोली फर्काएँ। र, कुराकानी गर्दै जाँदा मलाई केही कुराहरू खोल्न बाध्य बनाउनुभयो। लिबाङमा बसेर पत्रकारिता गरेको बताएँ। उहाँहरू अच्चमित हुँदै भन्नुभो– तपाईं जस्तो मान्छे खाडी मुलुकमा कहाँ जाने ! यही गरिरहेको कामबाट जीवन निर्वाह गर्नुहोस्।

बाध्यताहरू सबै छर्दिन सक्थेँ तर चाहिनँ। उनीहरूमध्ये कति त साउदीका लागि उड्न तयार रहेछन्। साथीहरू आ-आफ्नो कामतिर लाग्नुभयो। म एक्लै कोठामा बसेँ। कोरोनाको सङ्क्रमण दैनिक बढेपछि सबै ठाउँमा दुरी कायम, अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्नुपर्थ्यो। सरकारले अघोषित लकडाउनको हल्ला चलाएको थियो। कोरोनाको त्रासले प्रत्येक मानिसहरूको मानसपटलमा कम्पनसमेत आएको थियो। मानिसहरू काठमाडौँबाट आफ्नो जन्मथलोतिर फर्किन भीडभाड गरिरहेका थिए।

….

सोमबार बिहान अन्तर्वार्ताका लागि आवश्यक कागजात तयार पारेँ। होटेल नजिकको एक म्यानपावर कम्पनीमा एजेन्ट बोहोरा जी र मैले आवेदन बुझायौं। त्यहाँ अन्तर्वार्ता दिनेहरूको निकै भीड थियो। म्यानपावरका प्रतिनिधिले हिन्दी भाषामा आधारभुत कुराहरू सिकाउनुभयो। जसरी पनि पास हुने लक्ष्यका साथ मैले पनि तयारी गरेँ।

-मेरो पालो ४६ जनापछि थियो। पालो पर्खिँदा–पर्खिँदा बल्ल आयो। पालो त आयो तर, भाषा हिन्दीमा। कसरी बोल्ने चिन्ता पनि थपियोरु न भारतमा बसेको, न त हिन्दी फिल्म हेरेकोरु हिन्दी त फिटिक्कै नजान्ने। लगत्तै सुरक्षा गार्डले भित्र पठाउनुभयो। अनि म गएँ। साउदी अरबबाट अनलाइनको माध्यम प्रयोग गरेर सुपर मार्केटका प्रतिनिधिहरूले अन्य साथीहरूलाई हिन्दी भाषामा अन्तर्वार्ता लिँदै गरेको देखेँ। तर्सिएँ म। मलाई अंग्रेजी भाषामा लिए हुन्थ्यो भन्ने लागेको थियो। तर, हिन्दीमा नै नाम, अनुभव आदि–आदि सोधे। मैले पनि सकि नसकि थोरै जवाफ फर्काएँ।

मनभरी अनेकौं कौतुहल्ता बोकेर होटेल फर्किएँ। तर, नतिजा सोही दिन प्रकाशित गरेन म्यानपावरले। मंगलबार पौस २७ गते बिहान खाना खाएर नतिजा हेर्न गएको त सुपर मार्केटको सेल्स म्यानमा कुनैको पनि नाम थिएन। दुःखी हुँदै फर्केँ। सोही दिन साउदीकै एक प्लाष्टिक कम्पनीको अन्तर्वार्ताका लागि तयार भएँ।

अमिटि ग्लोबल म्यानपावरका एजेन्टसँग सम्पर्क गरेँ। फेरि पनि उत्साहका आवेदन बुझाएँ। अनि १:०० बजे रहेछ अन्तर्वार्ताको समय। मलाई म्यानपावरका कर्मचारीले अन्तर्वार्ताको विषयमा धेरै सहयोग गर्नुभयो। अन्तर्वार्ता भिडियो रेकर्ड गरेर कम्पनीको प्रतिनिधिलाई म्यानपावरले पठाउँदो रहेछ। म्यानपावरको प्रतिनिधिले मलाई भित्र बोलाउनुभयो। मैले म्यानपावरका प्रतिनिधिलाई विदेशिनुको बाध्यताबारे जानकारी गराएँ। र, त्यो भिडियो पनि रिजेक्ट गरेको खबर मलाई अन्तर्वार्ता लिने म्यानपावरको प्रतिनिधिले फोनमार्फत जानकारी दिनुभयो। असफलताले दुखित बनायो।

….

होटेलमै थिएँ। एजेन्टलाई यो खबर सुनाएँ। दुईपटक अन्तर्वार्तामा असफल भएपछि राम्रो काममा जाने सपना बन्द भएको महशुस गरेँ। यो समयमा काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका ठूला–ठूला शहरहरू अनि ग्रामीण जिल्लाहरूमा कोरोना भाइरसको दैनिक वृद्धि भइरहेको थियो। कोरोनाको त्रासपूर्ण अवस्थामा मैले वैदेशिक रोजगारीमा जाने निर्णय पनि उत्तिकै जोखिम र चुनौतीपूर्ण थियो। तर, पनि सबै जोखिमहरूलाई बेवास्ता गर्दै वैदेशिक रोजगारीमा जानका लागि दैनिक फरक-फरक कामका लागि अन्तर्वार्ता दिँदै हिँडे।

बुधबार ग्लोबल म्यानपावरमा दिउँसो २:०० बजे अन्तर्वार्ताका लागि आवेदन बुझायौं। मसहित १६ जना थिए। अन्तर्वार्ताको पालो अन्तिम(अन्तिमतिर थियो। म्यानपावरको प्रतिनिधिले भित्र बोलाउनुभयो। ज्याकेट निकालेर कमिजसँग अन्तर्वार्ता दिने तयारी गरेँ। अनि साउदी कम्पनी इटिम्याडीका प्रतिनिधिहरू भिडियोमा जोडिनुभयो र मलाई अंग्रेजीमा मेरो परिचय, पारिवारिक अवस्था, मेरो अनुभवलगायतका प्रश्नहरू सोध्नुभयो। मैले पनि जवाफ दिएर बाहिरिएँ।

प्रतिनिधिले फोन गरेर मलाई बधाई दिँदै अन्तर्वार्ता दिएका १६ जनामध्ये तपाईं मात्र पास हुनुभयो भन्ने खबर छाडे। म खुशी भएँ, रमाएँ। एकछिन पछि फेरि टोलाएँ। झट्ट सम्झेँ, म बेचिँदै छु। म जन्मभूमि छाड्दै छु। तरपनि यो खबर छोराको आमा, भाइ– माइला, कान्छा र आमालाई फोनमार्फत् जानकारी गराएँ। लगत्तै म्यानपावरमा फर्किएँ।

पुल्चोक नजिक रहेको साईवा मेडिकल सेन्टरले मेरो स्वास्थ्य परीक्षण गराउनुपर्ने म्यानपावरका प्रतिनिधिले जानकारी दिनुभयो। अनि स्वास्थ्य परीक्षणका लागि त्यतै लागेँ। त्यहाँ पुगेर स्वास्थ्य परीक्षणको कागजातसहित होटेलमा फर्केँ।

साथीहरू पनि काम सकाएर घरतिर फर्किनुभयो। म एक्लै भएँ कोठामा। प्रहरी रिपोर्टको प्रक्रिया मंगलबारदेखि सुरूवात गरेको तर, मोबाइलमा सन्देश पनि बिहिबार बिहानसम्म आएन। बिहानको खाना खाएर स्वास्थ्य परीक्षणका लागि पुल्चोक नजिक रहेको साईवा मेडिकल सेन्टरमा पुग्नका लागि होटेलबाट रिङरोड निस्किएँ। रिङ रोडदेखि पुल्चोक जाने गाडी नपाइँदो रहेछ। पुल्चोक जानका लागि धेरै गाडीका स्टाफहरूलाई सोधेको त्यहाँ जाँद‌ैन भन्ने जवाफ आयो….

धेरै समयपछि एउटा गाडीको स्टाफले बसुन्धारा नजिकको रिङरोडबाट गाडीमा बस्न अनुरोध गरे। म गाडीमा चढेँ। बसुन्धारा नजिकको रिङरोड हुँदै पुल्चोक पुगेँ। गाडीबाट आर्लिएर साईवा मेडिकल सेन्टर वरपर हेरेँ। तर, पत्ता लगाउन सकिनँ। एउटा पसलका साहुजीलाई सोधेँरु केही समयपछि मेडिकल सेन्टरमा पुगेँ। मेडिकल सेन्टर रहेको भवनको माथिल्लो तल्लामा पुगेँ। तर, स्वास्थ्य परीक्षण गराउनेहरूको भीडभाड थियो।

स्वास्थ्य परीक्षणमा पास भएको कुरा घरपरिवार अनि शुभचिन्तकहरूलाई सुनाएँ। आइतबार खाना खाएर पुल्चोक आउने गाडीमा चढेँ। पुल्चोक नआउँदै प्रहरी रिपोर्ट आएका सन्देश मोबाइलमा आयो। थप खुशी थपियो। मेडिकल सेन्टरमा आएर स्वास्थ्य परीक्षणको रिपोर्ट लिएर होटेलमा आएँ। साइबर कक्षमा गएर प्रहरी रिपोर्ट निकालेर राहदानी कार्यालयमा छाप लगाएर एजेन्टलाई सबै कागजातहरू थमाएँ।

….

करिब एक हप्ता काठमाडौँ बसाई ठिकठिक्कै भयो। तर, सोचेको जस्तो काममा चाहिँ भिस्सा लगाउन नपाउँदा यो मन धेरै खुसी थिएन। काठमाडौँबाट घर फर्किँदासम्म स्वास्थ्य अवस्था ठिक्कै थियो। वैदेशिक रोजगारको सुरुवाती प्रक्रिया भूमिगत शैलीमा सम्पन्न गरेर बाँकी साउदी अरबको उडानको पर्खाइ सँगसँगै नियमित कार्यालयको काममा जोडिएँ।

रोल्पा फर्केपछि सोचे राम्रो अवसर हात पार्न त समयमा नै मेहनत गर्नुपर्दो रहेछ। समयमा नै उचित परामर्श, विमर्श, प्रोत्साहन, प्रोत्साहित, सहजिकरण, मनोविमर्श, उचित सल्लाह, मार्ग निर्देशन जस्ता मुलभूत पक्षहरू नै सफल जीवनका आधार रहेछन्। यी कुरा सँगसँगै समयमा मेहनत पुगेन भने जीवन नै असफलको दिशामा मोडिँदो रहेछ। जीवनको चालक स्वयम् व्यक्ति नै रहेछ।।।।

बाँकी अर्को भागमा…..

रेशम बि.क.
साउदी अरब

breaklinks


क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस