Techie IT
×
गृहपृष्ठब्लगकृषक संग बैंक . . .

कृषक संग बैंक . . .


बि.स. १९९३ अघिसम्म नेपालमा औपचारिक बैकिङ प्रणालीको अभ्यास भएको थिएन र धेरै मान्छेहरुले बस्तु बिनिमय प्रणाली मार्फत नै आवश्यकता पुर्ती गर्ने र रुपैयाँ पैसाको कारोबार गाउँघरका सिमित साहु महाजन बाटै गर्ने गर्दथ्ये । जब नेपालमा ९० को दशकमा नेपाल बैंकको स्थापना भयो त्यसपछि आधुनिक बैकिङ प्रणालीको युग प्रारम्भ भयो । नेपाल बैंकले केही बर्ष केन्द्रिय बैंकको रुपमा पनि कार्य गर्यो र औपचारिक बैकिङ प्रणालीको जग बसाल्यो , तर पनि ग्रामीण अर्थतन्त्रले चलेको नेपालमा ग्रामीण स्तरसम्म बैकिङ प्रणालीको अभ्यास बसाल्न चुनौती थियो । कृषि प्रधान देश नेपालमा दुइ तिहाइ बढी मानिस कृषि पेशामा संलग्न रहेको र अर्थतन्त्रको मेरुदण्डको रुपमा कृषि नै रहेको हुनाले कृषक संग बैंक एउटा महत्त्वपूर्ण आवश्यकता बनेको थियो । यही परिदृश्यलाइ मध्यनजर गर्दै राज्यले आफ्नो बहुमत लगानीमा कृषि र ग्रामीण अर्थतन्त्र सम्म बैकिङ पहुँच पुर्याउने उद्देश्यले बि.स. २०२४ माघ ७ गते कृषि बिकास बैंकको स्थापना गर्यो ।

 ” कृषिलाई नछोड्ने र अरुलाइ जोड्ने नितिलाइ आत्मसात गर्दै बैंकले अहिले अरु क्षेत्रहरूमा पनि उल्लेख्य रुपमा सेवा बिस्तार गर्दै आएको छ । बैंकले आफ्नो कुल कर्जाको ४० प्रतिशत भन्दा बढी कृषि क्षेत्रमा लगानी गरेको छ यसबाट नै प्रष्ट हुन्छ कि कृषि बिकास बैंक साच्चिकै कृषकहरूको बैंक पनि हो । “

आज भन्दा ठिक ५५ बर्ष अगाडी स्थापना भएको कृषि बिकास बैंक अहिले कृषकहरु र समग्र नेपालिहरुको घर आगनको बैंक बनेर सेवा दिइरहेको छ । किसानहरुलाइ सहुलियत ब्याजदरमा कर्जा प्रादान गर्ने उद्देश्यले राज्यले नै स्थापना गरेको बैंक भएको हुनाले यस बैंकले नाफा भन्दा पनि बढी सेवालाई प्राथमिकता राखेको छ । बैंकले अहिले सबै जिल्ला बाट आधुनिक र डिजिटल माध्यमबाट आफ्ना सेवाहरु प्रदान गरिरहेको हुनाले कृषक र ग्रामीण स्तरका जनताहरुलाइ आधुनिक बैकिङ प्रणालीको दायरामा ल्याउन उल्लेखनीय भुमिका निर्वाह गरेको प्रष्ट छ । कृषिलाई नछोड्ने र अरुलाइ जोड्ने नितिलाइ आत्मसात गर्दै बैंकले अहिले अरु क्षेत्रहरूमा पनि उल्लेख्य रुपमा सेवा बिस्तार गर्दै आएको छ । बैंकले आफ्नो कुल कर्जाको ४० प्रतिशत भन्दा बढी कृषि क्षेत्रमा लगानी गरेको छ यसबाट नै प्रष्ट हुन्छ कि कृषि बिकास बैंक साच्चिकै कृषकहरूको बैंक पनि हो ।

” बिशेष गरि राज्यले लिएको निती र कृषिसग जोडिएको अर्थतन्त्रलाई मजबुत बनाउनु यस बैंकको मुख्य लक्ष्य रहेको छ । राज्यले विभिन्न अनुदानमा आधारित कृषि कर्जाहरु कृषि बिकास बैंक मार्फत नै किसानहरु सम्म पुर्याउन केही हदसम्म पहल गरेको देखिन्छ । “

२०६२/६३ सालमा बैंकलाई कम्पनी मोडेलमा रुपान्तरण गरि राष्ट्र बैंकबाट क बर्गको इजाजत पनि दिइएको हुनाले बैंकले अहिले अरु बाणिज्य बैंकहरुकै स्तरमा आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले गैर कोषमा आधारित कारोबारलाई पनि प्रमुख रुपमा अगाडि सारेको देखिन्छ । बिशेष गरि राज्यले लिएको निती र कृषिसग जोडिएको अर्थतन्त्रलाई मजबुत बनाउनु यस बैंकको मुख्य लक्ष्य रहेको छ । राज्यले विभिन्न अनुदानमा आधारित कृषि कर्जाहरु कृषि बिकास बैंक मार्फत नै किसानहरु सम्म पुर्याउन केही हदसम्म पहल गरेको देखिन्छ । तथापि कतिपय अबस्थामा वास्तविक किसानहरूले यस्ता कर्जाहरु नपाएको गुनासा हरु सुनिन्छन तसर्थ यस्ता खालका कृषि कर्जाहरुलाइ वास्तविक किसानहरुको बिचमा पुर्याउन राज्यले बैंकसंग समन्वय गरेर प्रभावकारि नीति तर्जुमा गर्नु पर्दछ ।

” कृषि बिकास बैंकले पछिल्लो समय डिजिटल बैंकलाई विशेष प्राथमिकतामा राखेको छ यसले ग्रामीण जनता र किसानहरुलाइ अझै आधुनिक बित्तीय पहुँचको दायरामा ल्याउन सहयोग गर्नेछ । यहि बार्षिक उत्सवको अबसरमा बैंकले QR टेलरको प्रयोगलाई पनि बजारमा ल्याएको छ । “

ग्रामीण क्षेत्रका मानिसहरूको प्रमुख पेशा कृषि रहेको हुनाले कृषिलाई आधुनिक र ब्यवसायिक बनाइ कृषकहरुको जिबनमा आमूल परिवर्तन ल्याउन बैंकले बित्तीय सहायता मार्फत ग्रामीण जनता र जन जिबनलाइ सहयोग गरेको इतिहास छ । कृषि बिकास बैंक एक बाणिज्य बैंक भएता पनि किसानहरुको माग र आवश्यकतालाई दृष्टिगत गर्दै स-साना आकारका कर्जाहरु पनि प्रदान गरेको छ । जसका कारण सानो बित्तीय आवश्यकताको लागि किसानहरूले गाउँघरको चर्को ब्याजदरबाट ऋण लिनुपर्ने बाध्यता हटेको छ । पछिल्लो समय बैंकले किसान क्रेडिट कार्डको प्रयोगलाई व्यापक बनाउन पहल गरेको छ । यसले किसानहरुलाइ आधुनिक ढंगबाट बैंक संग जोड्ने कार्य गरेको छ । एउटै कार्ड र एप बाट किसानहरुले मर्चेन्टको सहायतामा विभिन्न बैकिङ सुबिधा लिने अबसर मिलेको छ । कृषि बिकास बैंकले पछिल्लो समय डिजिटल बैंकलाई विशेष प्राथमिकतामा राखेको छ यसले ग्रामीण जनता र किसानहरुलाइ अझै आधुनिक बित्तीय पहुँचको दायरामा ल्याउन सहयोग गर्नेछ । यहि बार्षिक उत्सवको अबसरमा बैंकले QR टेलरको प्रयोगलाई पनि बजारमा ल्याएको छ ।

दक्ष युवा जनशक्ति अनि परिपक्व ब्यवस्थापनको मजबुत सयोजन यस बैंकको सबल पक्ष रहेको छ । बाणिज्य बैंकहरुमा सबभन्दा बढी अधिकृत पुजि भएको यस बैंकको भौतिक संरचना र बिकासले बैंकलाई अझै उचाइमा पुर्याउन सहयोग गरेको छ । राज्यले साच्चिकै कृषि र कृषकहरुको बिचमा आधुनिक बैंकिङ पहुँच पुर्याउने हो भने कृषि बिकास बैंकलाई फरक ढंगले सन्चालन गर्नु पर्दछ । किसानहरुको बिचमा रहेको बैंकलाई अरु बैंकहरुले झै उच्च नाफा आर्जन गर्ने र चर्को शुल्क लिने प्रतिस्पर्धात्मक होडबाजी बाट बाहिर आउन बिना दबाब काम गर्न दिनु पर्दछ ।

” बैंकले ५५ बर्षको इतिहासमा थुप्रै लोकप्रिय् कार्यक्रम हरु गर्दै किसानहरूको मन जितेको छ । डिजिटल बैंकिङ प्रणालीलाई व्यापक रुपमा प्रयोग गर्दै आफ्ना ग्राहकलाई छिटोछरितो सेवा दिइरहेको छ । कृषि बिकास बैंक र किसानहरको आपसी सम्बन्ध र समझदारीलाई दिगो बनाउन बैंकले आफ्ना सबै २८१ वटै शाखाहरुबाट आधुनिक बैकिङ सेवा बिस्तार गरि रहेको छ ।”

समग्रमा कृषि बिकास बैंकलाई कृषकहरुको बैंकको रुपमा स्थापित गर्दै सबै नेपालीहरुको बिश्वासिलो बैंकको रुपमा अगाडि बढाउन सबै सरोकारवाला पक्षहरुले आ आफ्नो ठाउँबाट योगदान पुर्याउन आवश्यक देखिन्छ । बैंकले ५५ बर्षको इतिहासमा थुप्रै लोकप्रिय् कार्यक्रम हरु गर्दै किसानहरूको मन जितेको छ । डिजिटल बैंकिङ प्रणालीलाई व्यापक रुपमा प्रयोग गर्दै आफ्ना ग्राहकलाई छिटोछरितो सेवा दिइरहेको छ । कृषि बिकास बैंक र किसानहरको आपसी सम्बन्ध र समझदारीलाई दिगो बनाउन बैंकले आफ्ना सबै २८१ वटै शाखाहरुबाट आधुनिक बैकिङ सेवा बिस्तार गरि रहेको छ । बैंकले आगामी दिनहरूमा उत्कृष्ट सेवा प्रदान गर्दै बाणिज्य बैंकहरुको सुचिमा अग्रस्थानमा आउन थप सफलता मिलोस र सबै सरोकारवालाहरुको हित गर्दै बैंक प्रगति पथमा लम्की रहोस ५५ बार्षिक उत्सवको अबसरमा हार्दिक सुभकामना ब्यक्त गर्दछु ।

 

~ लेखक : तेज बहादुर डाँगी, कृषि बिकास बैंक लिमिटेड, शाखा जाजरकोट


क्याटेगोरी : ब्लग
ट्याग : #कृषक संग बैंक

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार