विवेकशील साझा एकीकरणको हल्ला मात्र हो
नेपाली राजनीतिमा विकल्पको रूपमा उदय भएको एकमात्र निर्विकल्प भएको दाबी गर्ने “विवेकशील नेपाली दल” र “साझा पार्टी”को एकीकरणको बारे विभिन्न पत्र-पत्रिकामा आएको समाचारबारे प्रवासका नेता सुरेश भट्ट आश्रिन संग दीप संचार मिडियाले गरेको कुराकानीको संक्षिप्त अंश :
विवेकशील नेपाली दल र साझा पार्टी विच एकीकरणको कुरा सत्य हो ? की हल्ला मात्र ?
विवेकशील नेपाली दलको तर्फबाट आज सम्म औपचारिक रूपमा पार्टी एकीकरण हुने/गर्ने भन्ने कुरा कतै चलेको छैन। तर लोकतांत्रिक मुल्य मान्यतालाई अंगीकार गरेको दलले मुल्य-मान्यता र मुद्दा मिल्ने लोकतांत्रिक पार्टी संग एकीकरणको लागी ढोका खुल्ला गर्नूपर्दर्छ। विवेकशील नेपाली दलको मुल्य मान्यता र विधि विधानलाई ग्रहण गरी आउने सबैलाई हामी स्वागत गर्न तयार छौं ।
साझा पार्टीले विवेकशील नेपाली दलसंग एकीकरण गर्नको लागी प्रक्रिया अघी बढेको भनेको छ नि?
साझा पार्टीलाई आफ्नो स्वनिर्णय गर्ने अधिकार छ। तर एकीकरणको नाममा भ्रामक हल्ला र प्रोपोगाण्डा फैलाउने कार्य गर्नू भनेको सिङ्गो पार्टीलाई नै अस्थिरता तिर लैजानु हो। त्यसैको एक कारण पनी हून् सक्छ, साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र नेता तथा विश्लेषक मुमाराम खनालको राजीनामा। विवेकशील नेपाली दलले लोकतान्त्रिक पद्धति मार्फत अधिबेशन गरी आफ्नो नेतृत्व चयन गरेको दल हो। हल्लाको भरमा वा कूनै नेताको मनसुवाको कारण विवेकशील नेपाली दल एकीकरण हूँनै सक्दैन। दल एकीकरण गर्न पहिले हिजो निल्नु र छुट्टीनुको स्पष्ट कारण सार्वभौम विवेकशील सदस्यलाई एथेष्ट प्रमाणको आधारमा चित्त बुझाई दलको सदस्य संख्याको दुइ तिहाईको मत “एकीकरण” लाई दिनू पर्दछ। विवेकशील नेपाली दलमा तत्काल यो सम्भव छैन। साझाले पार्टी गठन भए पश्चात् आज सम्म पार्टी अधिबेशन गरेको छैन। त्यसकारण अलोकतांत्रिक पार्टी र लोकतान्त्रिक दल विच एकता तत्कालको लागी यौटा दिग्भ्रमको खेती हो।
विवेकशील नेपाली दल बाट एकीकरणको लागी संबाद समिति निर्माण भएको छ भन्ने हल्ला छ? के यो साँचो हो?
हल्ला केवल हल्लामा नै सिमीत हुने कुरा हून् यथार्थ के हो कसैले केलाउदैनन्। साझा पार्टीका र विवेकशील नेपाली दलका केही सदस्य र न्युटल रहेका व्यक्तिहरूले हल्ला गर्दैमा कटु सत्य मान्न हुँदैन। जबसम्म आधिकारिक धारणा दल वा पार्टीले सार्वजनिक गर्दैन। विवेकशील नेपाली दलले २०७६ चैत्र देखि नै अन्य दल, नागरिक समाज, लगायतसंग संवाद गर्न “राजनीतिक संवाद समिति” बनाएको थियो, र जनकपुर सम्मेलन पछि निर्वाचित संघीय समितिले पनि सोहि संवाद समितिलाई निरन्तरता दिएको छ। कुनै एक दल मात्रसंग संवाद गर्न कुनै पनि कार्यदल बनेको छैन ।
के विवेकशील नेपाली दल र साझा पुनः समायोजन हुदैन?
हुन्छ। तर दलको विधान अन्तर्गत रहेर, तर वर्तमान स्थितिमा व्यक्तिगत रूपमा म चाइ सम्भव देख्दिन। जुट, फुटको औचित्य पुष्टि भएकै छैन। फेरी पुनः एकीकरण समायोजन असम्भव हुन्न। विवेकशीलको र साझा दुवैले अब ५/७ वर्ष काम गर्नू पर्दछ। राष्ट्रीय राजनीतिक मुद्दामा संयुक्त आवाज बन्न सकिन्छ। चुनावी सहकार्य गर्न सकिन्छ। नागरिकको मुद्दामा सहकार्य गर्न सकिन्छ। तर तत्काल दल एकीकरण गर्न सकिन्न।
अहिलेको अवस्थामा हामी आफ्नो दलको दर्शन, सिद्धान्त, मुल्यमान्यता र विभिन्न नीति निर्माण गर्दै प्रदेश सम्मेलनको तयारी गर्दैछौँ। विवेकशील नेपाली दलले गर्नुपर्ने पहिलो कार्य यही हो। यो कार्यको निम्ति संघीय समितिले आन्तरिक काम गर्दैछ। प्रवासमा हामी तयारीमा जुट्दैछौँ। नेपालमा भएका ७ प्रदेशमा पनि बन्दावन्दी सकिए पछी तत्काल काम हुनेछ।
हावा नचली पात त पक्कै हल्लिदैन होला नि है ?
मैले भनि सके हाम्रो कुनै नीतिगत निर्णय वा योजना केहि छैन यद्धपि कहिँ कतै लामो समय एक साथमा काम गरेकाहरू विच पुन जोडिनुपर्छ भनेर आन्तरिक अभ्यास भएको हुन सक्छ तर चलिरहेका हल्ला झैं दलले गर्नुपर्ने प्रमुख कार्यहरूलाई तिलाञ्जली दिएर यदि कुनै समिती, उपसमिति या सदस्यले अन्य कुनै पार्टी वा संगठनसंग एकता गर्ने बिषयमा काम गरिरहेको भए त्यसलाई यथासिघ्र रोक्न म अनुरोध गर्न चाहन्छु । विद्यमान परिस्थितिमा दलको आन्तरिक सशक्तीकरणको निम्ति काम गर्नुपर्ने आधारभूत आवस्यकता भएकोले सम्पुर्ण सदस्यहरुमा आफ्नो अनुकुलता अनुसार योगदान गर्न अनुरोध गर्दछु। विवेकशील नेपाली दललाई हामिलाई नागरिकहरुले अझै केही समय ससक्त भई ग्राउण्डबाट काम गरोस् भन्ने चाहेका छन्।
स-सानो टुक्रा भएर कहिले राष्ट्रीय राजनीतिमा आउनू हुन्छ?
विवेकशील नेपाली दलले परिवर्तनका लागी राजनीति गरेको छ। हामी सत्ता प्राप्तिको लागी गलत बाटो समात्दैनौं। विवेकशील नेपाली दलले उठान गरेका मुद्धा र आवाज आज कूनै स्थापित भएका छन् भने कूनै लोकप्रिय भएका छन्। नागरिकलाई जिम्मेवार र सरकारलाई सेवक बनायौँ भने अवस्य एक दिन सचेत, चेतनशील नागरिकले युवालाई राष्ट्रीय राजनीतिको बागडोर सुम्पिनेछन्।
भट्टजी तपाईले भने जस्तो गरी राष्ट्रीय राजनीतिमा आउन त समय लाग्छ, कती कुर्ने ?
समय अवस्य लाग्छ। पाकिस्तानका ईमरानले भनेझै, हामिलाई मत दिने नागरिक अहिले देशमा छैनन्, विदेशमा छन्। बा’को पुस्ताले नेकपा कांग्रेश छोड्दैन्न, हामी भन्दा अघिल्लो पुस्ताले हामिलाई मतदान गर्दैनन् उनिहरूले विवेकशीलको मूल्य बुझ्न सक्दैनन्। बुझ्ने केही सत्तापक्ष र प्रतिपक्षको तर्फबाट मरमसला खाईपाई रहेका छन्।
हाम्रो पुस्ता विदेशमा छ। आउने पुस्ताले ५ बर्ष पछी मात्र मतदान दिन पाउने अधिकार प्राप्त गर्छ। त्यसपछि हाम्रो पालो युवाको युग हो। तर हामिले यूथको अपेक्षा अनुसार काम र अभियान गर्नू चाइ पर्दछ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस