Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५रहर लाग्दो मीनाको “रिवानी बंगुर फर्म”

रहर लाग्दो मीनाको “रिवानी बंगुर फर्म”


दाङ्ग – रोजगारी नपाएर दिन प्रति दिन बिदेसिने महिला होस् या पुरुष, कामको शिलसिलामा सात समुद्र पारि पुग्नेहरुका लागि गतिलो उदाहरण बनेकी छन् गढवा गाउँपालिका वडा नम्बर ६ मधपुरकी मीना बिक ।

No description available.

उनि ६ बजे बिहानै बंगुर फर्ममा पुग्छिन । शुरुमा बंगुरको मलमुत्र सफा गर्ने अनि दाना पानी दिने बिकको दैनिकी हो । मीनाका श्रीमान् बिगत तेह्र वर्ष देखि बैदेशिक रोजगारीको शिलसिलामा कतार बस्दै आएका छन । परिवारकै घर सल्लाहले आफ्नै पुर्जावाल करिब ६ कट्ठा जमिनमा बंगुर फर्म शुरु गरेका छन । विदेशमा गएर अरुको काम गर्नु भन्दा गाउँघरका भाई छोराहरुले मैले संचालन गरेको बंगुर फर्म देखेर सिको गरुन भन्ने चाहाना छ बिकले भनिन ।

No description available.

दिनको दुई पटक दानापानी दिनु पर्छ अहिले कामदार घर विदामा गएको हुँदा म आफै फर्ममा बिहान आउनु परेको छ बिकले भनिन । रिवानी बंगुर फर्मको नाममा दर्ता गरेको उक्त फर्ममा अहिले माऊ र बच्चा गरेर जम्मजामी वीस वटा उन्नत जातका बंगुर रहेका छन । करिव डेढ वर्ष अघि देखि विश्वकर्माले व्यवसायिक रुपमा उन्नत जातका बंगुर पालन शुरु गरेकी छिन ।

No description available.

अहिले उनको बंगुर फर्ममा हेम्स सायर, यार्क सायर, ड्युरोक र ल्यान्ड्रेस जस्ता उन्नत जातका बंगुर छन । व्यवसायिक हिसाबले यी जातका बंगुरहरु अत्यन्तै राम्रो हुने र वर्षमा आरामसंग दुई पटक बच्चा दिने भएर यो जातका बंगुर पालेको उनको भनाई छ । ६ महिना भित्र यी जातका बंगुर झन्डै एक सय किलो तौल पुग्ने गर्दछ बिकले भनिन । बिकका अनुशार यी बंगुरलाई मासु उत्पादन भन्दा पनि उन्नत जातको बंगुर उत्पादन गर्नका लागि शुरु गरिएको हो ।

No description available.

यो जातको बंगुरका पाठापाठी अन्य जातको भन्दा महँगो छ, पोखराबाट ल्याएको हो बच्चालाई नै ४५ सय देखि ६२ सय सम्म खरिद मूल्य परेको बिकले बताईन । व्यवसायिक रुपमा बंगुर फर्म शुरु गरेपछि दुई जना स्थानीयले समेत रोजगारी पाएका छन । एक महिनामा डेढ लाख जतिको दानामा खर्च हुने गर्छ । व्यवसायिक तरिकाले पालन गरौँ भन्ने सोचले गरेका छौं दुख गरे अनुशार आम्दानी कसो नहोला उनले भनिन ।

No description available.

बिकले संचालन गरेको बंगुर फर्ममा बच्चा बस्ने अलग, बंगुरका भाले पोथी बस्ने अलग र मासु प्रयोजनका लागि पालिने बंगुर बस्ने अलग अलग खोर निर्माण भएको छ । हाल सम्म खोर निर्माणमा वीस देखि पच्चीस लाख रुपैया खर्च भैसकेको छ तर अझै खोरको निर्माण कार्य सम्पन्न भैसकेको छैन । व्यवसायी रुपमा बंगुर पालन शुरु गरेपछि बंगुरलाई दानामा अभाव नहोस भनेर केहि दिन पछि दाना बनाउने मिल समेत राख्न लागेको बताईन ।

No description available.

अलि व्यवस्थित खोर बनाएर एक सय वटा बंगुरका पाठापाठी हाल्ने योजना छ उनको । दुई जना कामदार, कान्छो छोरा, बुहारी सहित आफै ति बंगुरको स्याहार सुसारमै व्यस्त हुन्छिन उनि । अबको केहि समय पछि श्रीमान् पनि नेपाल फर्किन् लाग्नु भएको छ अब यतै बसेर बंगुर फर्मलाई रेखदेख गर्नुस अब बाहिर नजानुस भन्ने सोचमा छु उनले भनिन ।

No description available.

No description available.

No description available.


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस