गृहपृष्ठ ∕ समाचार ∕ किसानका खेतमा नक्कली गरिमा किसानका खेतमा नक्कली गरिमा दीप संञ्चार कात्तिक ९, २०७६ गते १७:१३ मा प्रकाशित दाङ्ग, नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ नक्कली भएको पाइएको छ । नक्कली बीउ किसानलाई बिक्री गर्नेलाई सरकारले क्षतिपूर्ति भराउने भएको छ ।विक्रम संवत् २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका वर्णशंकर धान आयात गरेको भन्दै नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो ।बीउबिजन नियमावली २०५९ को दफा ३६ ले कसैले बिक्री गरेको बीउबिजनको गुणस्तर र गलत सूचनाका कारणले कसैलाई आर्थिक हानिनोक्सानी पुग्न गएको मूल्यांकन समितिले गरेको मूल्यांकन र सिफारिसका आधारमा सम्बन्धित पक्षले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । सोही दफामा बीउबिजन गुणस्तर केन्द्रका प्रमुख संयोजक हुने गरी सम्बन्धित जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत सदस्य सचिव, नार्कका वैज्ञानिक, बीउबिजन व्यवसायीका प्रतिनिधि र सम्बन्धित नगर, गाउँका प्रतिनिधि सदस्य रहने गरी मूल्यांकन समिति गठन हुने उल्लेख छ ।गरिमा भनिएको धान थन्काउनु पर्ने समयमा बालासमेत नलागेपछि किसानहरु मर्कामा परेका छन् । किसानहरुको लगानीमात्र खेर गएको छैन समयमा लगाउनु पर्ने अन्य बाली पनि लगाउन पाएका छैनन् । असोज महिनासम्म पनि धान नपसाएपछि किसानहरुले काटेर फालेका छन् ।चितवनमा लगाएको धानमा बाला नलागेको गुनासो किसानहरुबाट आएपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट गत असोज ६ गते चार सदस्यीय विज्ञ टोलीले केही धानखेतको स्थलगत निरीक्षण गरेको थियो । साथै नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले गरिमा भनिएको धानको नमूना संकलन गरी डिएनए परीक्षण गरेको थियो । उक्त परीक्षणमा गरिमा वर्णशंकर जातको धानसँग डिएनए रिपोर्ट मिलेको छैन ।यसबाट गरिमा भनेर किसानलाई बिक्री वितरण गरिएको धानको नक्कली भएको पुष्टि भएको छ । त्यसैले किसानलाई क्षतिपूर्ति भराउन र गरिमा वर्णशंकर जातको धान सुचीकृत जातको सुचीबाट हटाउन नेपाल सरकारलाई सिफारिस गरिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह