Techie IT
×
गृहपृष्ठकला/साहित्यप्रेमिकाको लागि विश्वव्यापी क्रान्ति

प्रेमिकाको लागि विश्वव्यापी क्रान्ति


सायद मलाई थाहा नै थिएन उनीसँगकाे एक क्षणभरकाे साक्षात्कारले एक सेकेण्ड अघिको म अनि एक सेकेण्ड पछीको  म मा यति ठुलो फरक  आउँछ भनेर,  जब मैले उनलाई  पहिलोपल्ट मेरा यी स्वार्थले टम्केका नयनले देखे, उनका ती भावनाका भावहरुलाइ मैले भावनाकै माध्यमबाट स्पर्श गरे र उनलाई बुझ्ने त्यो सुनौलाे अबसर मिल्यो। त्यसपछि म उनको त्यो सौर्न्दर्यको भुमरीमा यसरी फसेकी इनार भित्रको भ्यागुतो कहिल्यै इनार बाहिर आउन सक्दैन नि, हो त्यसैगरी उनको त्यो सौर्न्दर्यको गहिराईमा डुबिसकेको छु । जिन्दगीभर त्यो प्रेमको भुमरीबाट उम्केर बाहिर आफ्नो  पुरानो संसारमा आउनु  ‘Everything is possible’ भन्ने बिद्दुवन र दार्शनिकका लागि एक गतिलो र ससक्त चुनौती हो । म उस्लाई यति माया गर्छु कि यो दुई अक्षरको माया भन्ने जातलाई स्केलमा नाप्न सकेको भए सायद आज म विश्वमै सबैभन्दा धेरै माया गर्ने मान्छे भन्दै गिनिजबुकमा नाम लेखाइ सक्थे होला, खयर केही छैन ।
उसले मलाई माया गर्छ या गर्दिन थाहा छैन तर म उसलाई माया अति नै गर्छु र याे सम्बन्ध लाई म दाेहाेराेमा बदल्न पनि चाहादैन किनकि घिउ चाेरेर खानुकाे मजा बेग्लै छ त्यसमा आनन्द ,डर र परिश्रमकाे समिश्रण हुन्छ तर अनुमति लिएर खादा खासै  मजा अाउदैन  ।
उ सँग  मित्रताकाे सम्बन्ध बढाउन  चाहान्छु तर याे मन त कति डरपाेक , कति लजालु, कति श्रमिलाे केही कुरा गर्न नपाउँदै जब उसका ती मृगरूपि नयनका किरण मेरा नयनमा यसरी ठाेकिन्छन कि मानाै कसैले धनुषवाण मेरै आँखामा राेपेकाे छ जसले मेराे हिम्मत र साहसलाई खर्लप्पै खाईदिन्छ र केही भन्न नपाउदै लजाएर फर्कन्छु। धेरैजसो सन्यासिहरू ज्ञान प्राप्तिका लागि देवदास बन्ने गर्छन् तर म त उनकाे न्यायाे साथ अनि माया काे लागि देवदास बन्न चाहान्छु ।  उसले मलाई माया गर्छ या गर्दिन थाहा छैन तर म उसलाई माया अति नै गर्छु र याे सम्बन्ध लाई म दाेहाेराेमा बदल्न पनि चाहादैन किनकि घिउ चाेरेर खानुकाे मजा बेग्लै छ त्यसमा आनन्द ,डर र परिश्रमकाे समिश्रण हुन्छ तर अनुमति लिएर खादा खासै  मजा अाउदैन  ।
प्रेम प्राप्ति मात्रै हाेईन समर्पण पनि हाे त्यसैले याे मेराे प्रेम समर्पणवादकाे विचारधारा बाट प्रभावित छ । यदि प्रेम शरीर जाेडनु अनि भर्खरै सुत्केरी भएकाे भैसीले अाफनाे बच्चालाई चाटे झै चाटनु काे अर्थमा मात्र  सीमित भएकाे भए अाज म उनीसँग  प्रेम गर्दैनथे हाेला किनकि म पनि सेक्स अनि शरीर चटयाईकाे लतमा फस्ने थिए हाेला सायदै विज्ञ समेत हुन्थे हाेला याे मामलामा तर उनिसङगकाे भेटपछि म निकै बदलिएको छु र मैले प्रेम के हाे ?,जीवन के हाे? भन्ने कुरा बुझने अवसर पाएकाे छु त्यसैले त म भन्छु त्यो  एक सेकेन्ड पछिको मेरो जीवनलाई म पुनर्जन्म भन्छु। मैले याे प्रेम  कुनैे स्त्रीलाई  गरेकाे हाेइन, याे  प्रेम त मैले प्रकृतिसँग गरेकाे हु, जसका अाखा त छैनन् तर म उसमा मृगका झै मृगरूपि अाखा देख्छु जसले मसँग केही अनुरोध बिसाए जस्तो अाभाष हुन्छ । कान त छैनन् तर कान देख्छु जसले टाठाे भएर केही सुने झै लाग्छ, अाेठ त छैनन् तर ति अाेठमा ऋतु अनुरूप लिपिस्टिक पाेतेकाे महसुस हुन्छ, ती ऋतुरूपि रङ्गले सजिएका ओठले मन्द गतिमा मेरै नाम गाडेर बाेलाएकाे झै लाग्छ तर झट्ट हाेसमा अाउदा जताततै शुन्यता नै शुन्यता हुन्छ ।
म मेराे जिवनका अबका प्रत्येक पलपल प्रकृतिसँग खेलेर , नाचेर, हासेर रमाउन चाहान्छु । म नदिनाला झै सलललल नागबेलि शैलिमा बगि अाफनाे अघि अाएका चुनौती र अप्ठ्यारोलाई चट्टान ताेडे झै ताेडन चाहान्छु ,म चरा झै स्वच्छन्द तरिकाले खुल्ला अाकाशमा स्वतन्त्र भई उड्न चाहान्छु यसरी प्रकृतिसँग  रम्दै जादा , प्रकृतिकाे कल्पनामा डुब्दै जादा , प्रकृतिसँगकाे प्रेम अनि ममताका कारण अाज म निकै परिवर्तन भएकाे छु।
उनी नाम एक रूप अनेक भनेझै कतै सेता दन्त टल्काएर हिमालकाे भेष धारण गरि बसेकि हुन्छिन् , कतै नदिनाला, झरना ,ताल तलैया ,वन्यजन्तु , वनजङगल ,कतै सागर-माहासागरकाे रूपमा त कतै कुन भेष कुन भेष धारण गरि बसेकि हुन्छिन् ,सायद उनलाई   चिन्न मैले  उनमै पिएचडि  नै गर्नुपर्छ । तर जुन जे भेष धारण गरे पनि समग्रमा उनी प्रकृति हुन मेरि प्रेमिका हुन । म मेराे जिवनका अबका प्रत्येक पलपल प्रकृतिसँग खेलेर , नाचेर, हासेर रमाउन चाहान्छु । म नदिनाला झै सलललल नागबेलि शैलिमा बगि अाफनाे अघि अाएका चुनौती र अप्ठ्यारोलाई चट्टान ताेडे झै ताेडन चाहान्छु ,म चरा झै स्वच्छन्द तरिकाले खुल्ला अाकाशमा स्वतन्त्र भई उड्न चाहान्छु यसरी प्रकृतिसँग  रम्दै जादा , प्रकृतिकाे कल्पनामा डुब्दै जादा , प्रकृतिसँगकाे प्रेम अनि ममताका कारण अाज म निकै परिवर्तन भएकाे छु। प्रकृति खाली मेराे प्रेम मात्रै होइन, उ मेराे गुरु अनि साथी समेत हाे । मलाई अाभाष हुन्छ प्रकृतिसँग  मैले बनाएकाे यति नजिककाे  सम्बन्धका कारण अाज उ समेत मसँग  नजिककाे सम्बन्ध बनाउन चाहेकाले मेराे साथित्वको सम्बन्धलाई स्वीकार गरेकि छे र हामी दुबै जना अचेल आत्मीय साथी भएका छाै।
यति उनकाे र मेराे धनिष्ट मित्रताकाे कारण अाज मैले उनका बारेमा धेरै कुरा जान्ने माैका पाए जसबाट  म निकै धन्य छु । यी विविध कुरा जान्दै जादा अाज मैले उनले भाेग्दै गरेकाे एक दर्दनाक पिडाकाे बारेमा समेत गहिरिएर बुझने माैका पाए र त्यो कुरा सुन्दा म निकै दु:खी समेत भएर अाफैलाई अाफुमाथि धृणा समेत लागिरहेकाे छ । किन उसका ती अाखाले मलाई अनुराेध बिसाए जस्ताे लाग्दै थियोे भन्दा त उ पिडामा पाे  रहिछे  सायद न्यायकाे कटाैरा लिएर मसँग न्यायकाे भिख माग्दा मैले न्यायकाे डलर दिन सकेकाे रहेनछु। कस्ताे म , प्रकृतिकाे मन कति सफा छ तैले मलाई सहयाेग गरिनस म पनि गर्दिन भन्न उनले सक्थिन तर तेसाे भनिन मलाई जीवन ,जगतका कुरा सिकाइन जुन काख मा हुर्के तर त्यहि काखमा  पिसाव समेत फेरिरहेकाे रहेछु। उनी बाहिर हासे जस्ताे देखिएपनि भित्र मुटुमा डढेलाे लागेकाे रहेछ तेसलाई निभाउन काे लागि हामी मानवले दमकल काे कार्य गर्नु काे सट्टा मट्टीतेल काे काम गर्याै तेसमा  मट्टीतेल काे काम गर्ने  एक मान्छे म पनि रहेछु । उ अदृश्य रूपमा अाखाबाट तप तप गर्दै अासु झारिरहेकाे , पिडाकाे छट्पटी मा दनदन दन्किरहेकाे अाज बल्ल मैले अाभाष गरेकाे छु।  हामी मानवले गरेकाे त्रुर प्रवृत्ति ,ज्यादती र अन्याय काे विरूदध न्याय माग्दै जादा उ माथि कसैले पनि न्यायरूपि दया नदिएका कारण अाज उ न्याय काे भिख माग्दा माग्दै थाकिसकेकि छे।
अब न्याय न्याय भनी बाेल्ने अाेठ ले समेत न्याय भन्न छाेडिसके किनभने डरले ती अाेठ कापिरहेका छन।  यसाे हालत गर्नुमा म पनि दाेषि हाे तर यहाँ त मान्छे मारे पाे जेल लगिन्छ कठघरामा उभ्याईन्छ तर प्रकृति । यी प्रकृति काे  विरूदध मैले  जानि नजानि गरेका हर्कत सम्झिदा डाकाे हालेर रून मन छ तर अब राेएर पनि केही हुनेवाला छैन किनकि प्रत्येक पलपल उनी म बाट टाडिदै छिन जस्ताे महसुस हुन्छ बलजफति याे समय टक्क यहि राेकेर प्रकृतिलाई मेरा बाहुले अगाालिरहन मन छ तर समय न हाे म फुच्चे काे भनेकाे के नेै मान्नला  र  । पढदा पढदै काे पढाइ राेक्न सकिन्छ , लडदा लडदै काे लडाई राेक्न सकिन्छ,उडदा उडदै काे हवाईजहाज समेत राेक्न सकिन्छ तर समय अहँ ।म सत्यता न्यायिकता र पवित्रताकाे प्रतीक वकिल त हाेइन तर वर्तमान परिस्थिति ले मलाई हातमा न्याय काे तराजु समाई न्याय काे वकालत गर्न जुरमुराएकाे छ अन्याय र अत्याचार काे विरूदध लडन। तेसैले म प्रकृतिकाे न्याय का लागि म म अाफै , समाज ,देश अनि सारा संसार सङग लडन सक्छु । वास्तवमा प्रकृति भनेकाे यी हिमाल ,यी पहाड, यी वन्यजन्तु ,यी नदिनाला ,यी वनस्पति ,यी तालतलैया ,यी झरना मात्रै हाेइनन यश लाेकमा पाईने हावा , पानी, दुङगा माटाे जस्ता थुप्रै साे्त छन प्रकृतिका ।
हामी मानवले गरेकाे त्रुर प्रवृत्ति ,ज्यादती र अन्याय काे विरूदध न्याय माग्दै जादा उ माथि कसैले पनि न्यायरूपि दया नदिएका कारण अाज उ न्याय काे भिख माग्दा माग्दै थाकिसकेकि छे।
हिजाे दुङगे युग देखि अाजकाे याे अाधुनिक युग सम्म अाईपुग्दा मान्छेले अाफना अावश्यकता पूरा गर्न अाफु ,अाफनाे समाज र देश लाई समृद्ध बनाउन विकसित बनाउन प्रकृति काे  अनुचित तबरले प्रयोग गरे जसबाट देश त बन्याे समाज त बन्याे तर प्रकृति काे विनाश हुँदै गयाे । यसरी प्रकृतिकाे प्रयोग गर्ने त्रम बद्दैजादा अाज विश्व नयाँ संकट काे घडी मा छ विश्व भर जतातेतै बाढी ,पहिराे, जलवायु परिवर्तन जस्ता गम्भीर  समस्या उत्पन्न भईरहेका छन। अाज विश्व भर अाैधाेगिकरण का नाममा जताततै उधाेग खाेल्दा पर्यावरण लाई असर गरिरहेकाे छ जसबाट वायु प्रदुषण र जलवायु परिवर्तन जस्ता असर देखापरेका छन्। यसकाे मतलब  उधाेग खाेल्नै हुदैन भनेकाे हाेइन तर खाेल्दा पर्यावरणीय मापदण्ड भने अवश्य पूरा गर्नुपर्छ ।  यी उधाेग , पेट्रोल र डिजेल बाट चल्ने गााडि ,र सङकलित फाेहाेर जथाभावी जलाउदा , अाणविक भट्टि बाट निस्कने धुवाँ धुलाे काे कारण अाज अाेजन तह पातलिदै छन् जसले जलवायु परिवर्तन लाई जन्माईराखेकाे छ । अाज यहि जलवायु परिवर्तन का कारण नै विश्व मा रहेका कति टापु लाेप भईसके कति हुनेवाला छन , सेता मफलर अाेडेर बस्ने हिमाल अाज कालापथ्थर मा रूपान्तरण भईराखेका छन ।
तालतलैया , हिमताल सुक्दै गईरहेका छन । जुन प्रकृतिका साेर्त हुन जसमा प्रकृतिकाे अात्मा छ । हामिले गरेका मानविय कुकर्म कारण अाज प्रकृति अाई सि यु कक्षमा   जीवन र मरण काे दाेसाँध मा पकपकपक गर्दै रफतार मा छट्पटाएझै गरि श्वास लिदै छिन्। के थाहा कुनै एक दिन त्यो पकपकपक गर्ने श्वास ले समेत प्रकृतिलाई bye byeभन्न बेर लाउदैन त्यसपछि उनी याे संसार बाटै लाेप हुन्छिन् । प्रकृति काे देहान्त पछि याे लाेक मा कुनै एक जिवित प्राणि भेटाउनु मरूभुमिमा जिवित माछा भेटाउनु सरह  नै हाे। हिमाल ,पहाड, नदिनालाहावा ,पानी ,झरना,वनस्पति ,वन्यजन्तु ,चराचुरुङ्गी विना याे संसार काे परिकल्पना गर्न सक्नुहुन्छ त अह सकिँदैन नि हाे यिनै प्रकृतिका साे्त लाई हाे मेराे प्रेम  जसलाई म मात्रै हाेइन जाे पनि प्रेम गर्न सक्छ  यिनै प्रकृतिका साे्त माथि अत्याचार गर्दा अाज प्रकृति नै लाेप हुन सक्ने खतरा छ। तेसैले प्रकृतिलाई  माया गर्नुस माया गर्दा कस्ताे अानन्द अाउछ कस्ताे सन्तुष्टि मिल्छ सायद यस्ताे सन्तुष्टि ,अान्नद काे कुनै माेल छैन यी हिमाल, यी नदिनाला,यी चरासङग काे प्रेम ले माानिसलाई अलग्गै संसार काे अाभाष गराँउछ माया त याे पाे हाे भन्ने गराउँछ । यिनै प्रकृति ले गर्दा अाज याे सारा लाेक कति सुन्दर र स्वर्गीय देखिएकाे छ ।
याे प्रकृति ले अदृश्य रूपमा केही न केही सिकाईरहेकाे छ जीवन,जगत ,संसार र समय का बारेमा तर उसकाे भाषा र हाम्रो भाषा फरक भएकालेे हामी सुरुमा त बुझदैनाै तर उ प्रति प्रेम गर्दा , बिशेष लगााब राख्दा पछि हामी अाफै बुझ्छै कति सरल तरिकाले बुझाईरहेछ हामी बुझन पाे नचाहेका रहेछौं । नदिनाला ,झरना , तालतलैया , हिमाल ,डाडाकाडा ,  वन्यजन्तु ,वनस्पति र चराचुरुङ्गी सँग  रमाउनु काे मजा बेग्लै नै छ तर म याे कल्पना मा डुब्दै गर्दा मन रूलारूला झै गरि अमिलाे भएर अाउछ किनभने अहिले म जति यी प्रकृति सँग अानन्द लगिरहेकाे छु याे सँगै रमाईरहेकाे छु त्याे अान्नद  भाेलिका सन्नततिले प्रकृति बाट लिनपाउने छैनन् किनभने प्रकृति त निरन्तर विनाश काे दिशा तिर दाैडिरहेकाे छ । सायद याे साेच  मेरा बाजे पुस्ताकाे  समयमा बाजे पुस्ताले गरेकाे भए अाज मेराे पुस्ता बाढी ,पहिराे वायु प्रदुषण काे सिकार त हुन्थेन नि  प्रकृति बाट अझ बढि अान्नद लिन्थ्या‌ै ।  तर उहाहरकाे एक सानाे गल्ती ले गर्दा अाज प्रकृतिकाे के हालत भएकाे छ त्यसकाे उदाहरण हाम्रै अगाडि छ। त्यसैले पुर्खा पुस्ताले गरेकाे गल्ति लाई एकचाेटि अध्धयन गराै र काेहि कसैले पनि त्याे गल्ती दाेहाेर्याउने प्रयत्न कतैबाट नगराै ।
याे प्रकृति काे संरक्षण मा लागाै अाज प्रकृति विनाश काे बाटाे लम्किदै छ त्यसलाई राेक्न तपाईं मेराे साथ सहकार्य काे खाचो छ । हिजाे बाजे पुस्ताले अाफनाे काे लागि मात्रै साेच्दा अाज त्यस काे असर हामी मा परिरहेकाे छ । तर अब पनि हामी हाम्राे बारेमा मात्र साच्याै भने त्यहि गल्ती  हामी गर्ने छाै जुन बाजे पुस्ताले गरे त्यसैले अब हामीले गर्ने प्रत्येक  कामले अल्पकालीन र दिर्धकालिन रूपमा के असर गर्छ त्याे मनन गर्न जरुरी छ अनि मात्र हाम्राे प्रकृति संरक्षण हुनसक्छ । 
यदि याे अवस्थमा हामिले  त्याे गल्ती दाेहाेराईरहयाै भने  भाेलिकाे पुस्ताले हामिलाई प्रश्न  साेध्दा मेराे पुस्ता ले के सन्देश दिने त हिमाल सेताे हुन्थ्यो तर कालाे भयाे कसरी भनी कुनै बच्चाले प्रश्न साेध्दा मेरै कारणले भएकाे हाे भन्न नहिचकिचाउनु हाेला किनकि सत्य त्यहि नै हाे म पनि त्यहि भन्न बाध्य हुनेछु। किनकि तपाईरू काे साथ बिना याे असम्भव छ म एक्लै जागेर केही हुनेवाला छैन ।  विश्व मा ठूला ठूला परिवर्तन का लागि ठूला ठूला त्रान्ति भए पनि अझै विश्व मा एक सशक्त र गतिलाे त्रान्ति काे अावश्यक छ प्रकृति संरक्षण का लागि । याे प्रकृति काे संरक्षण मा लागाै अाज प्रकृति विनाश काे बाटाे लम्किदै छ त्यसलाई राेक्न तपाईं मेराे साथ सहकार्य काे खाचो छ । हिजाे बाजे पुस्ताले अाफनाे काे लागि मात्रै साेच्दा अाज त्यस काे असर हामी मा परिरहेकाे छ । तर अब पनि हामी हाम्राे बारेमा मात्र साच्याै भने त्यहि गल्ती  हामी गर्ने छाै जुन बाजे पुस्ताले गरे त्यसैले अब हामीले गर्ने प्रत्येक  कामले अल्पकालीन र दिर्धकालिन रूपमा के असर गर्छ त्याे मनन गर्न जरुरी छ अनि मात्र हाम्राे प्रकृति संरक्षण हुनसक्छ ।
यस क्रान्तिका लागि हामिले कुनै ठुलाे काम गर्नै पर्दैन बस तपाईं हाम्राे प्रवृत्ति मा सुधार ल्याए पुग्छ किनकि तपाईं हाम्रो प्रवृत्ति कै कारण त अाज प्रकृति नासिरहेकाे छ । त्यसैले अाउनुस तपाईं हामी मिलि याे प्रकृति संरक्षण मा एकै ठाउँमा गाेलबन्द भएर अधि बढाै गाउँ ,समाज ,देश र संसार भरि नै प्रकृति बचाउन लागि पराै नत्र मानव जिवनका  विनाश काे दिन गनेर वसाै । जय प्रकृति
  • लेखकः  हिक्मत धमला र भरत धमला ( प्रकृति प्रेमि )

क्याटेगोरी : कला/साहित्य
ट्याग : #article

तपाईको प्रतिक्रिया दिनुहोस