Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकोरोना संत्रास र विदेशमा रहेका नेपालिको दिनचर्या

कोरोना संत्रास र विदेशमा रहेका नेपालिको दिनचर्या


युएई – विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले आम जनमानसमा संत्रासको वातावरण शृजना भएको छ । अब के होला भन्ने अन्योलतामा आम जमानस गुज्रीरहेका छन ।

स्वदेशमा त यसको संत्रास छदैछ । त्यो भन्दा बढी बिदेशमा कार्यरत नेपालीहरुलाई बनाएको छ । स्थानिय सरकारले जारी गरेका विभिन्न सुरक्षाका उपायहरु अपनाउदा अपनाउदै पनि कतै संक्रमित भैहालिन्छकी भन्ने मनोबैज्ञानिक त्रासले सताएको छ । किनकी दिनानुदिन संक्रमितको संख्यामा वृद्धि भैरहेको समाचार विभिन्न माध्यमबाट प्राप्त गरिरहेका छ्न । 

युएईको सन्दर्भमा भन्नुपर्दा सरकारले सुरक्षाको उपाय अपनाउदा अपनसुदै पनि दिनानुदिन ३ सयको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेको यहाँको स्थानिय संचार माध्यममा आईरहेको छ । युएई सरकारले संक्रमणबाट बच्न अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सुरक्षित रहन आग्रह गरिरहेको छ । 

यो संकटको घडिमा युएईमा कार्यरत नेपालीहरुमा कोरोनाको संत्रास त छदैछ । अझ रोजगारिनै गुम्ने हो कि भन्ने कुराले अहिले निकै तनावमा देखिन्छ्न । कतिपय कम्पनिहरुले बेतलबी बिदा दिन थालेको सुन्नमा आएको छ । हामिले युएईमा कार्यरत केहीसँग अहिले आफ्नो दिनचर्या कसरी बितिरहेको छ भन्ने जिज्ञासा राखेका थियौ उहाहरुले आफ्ना पिडाहरु यसरी सुनाउनु भएको छ । 

संक्रमण हुने डरले दिनरात चिन्तित हुनुपर्ने अबस्थामा छ:

बिपिन सापकोटा, काठमाडौ हाल : अबुधाबी

हिले बिश्वभरि कोरोना भाईरस( कोविड-१९) को संक्रमणले आतंक मच्चाएको अवस्था छ। दिन प्रतिदिन यसको संक्रमण बढदो अनुपातमा छ। त्यस्तै देशहरु मध्ये म कार्यरत देश युएई पनी अछूतों रहेको छैन । त्यसकै असर मलाई मात्रै हैन म जस्ता धेरै परदेशी नेपालीहरुलाई परिरहेको छ ।

आज २१ दिनको लकडाउनलाई सामाना गर्दै कहिले यता कहिले उता गरी भौतारिदै, कहिले घरपरिवार त कहिले साथीभाईहरुलाई समाजिक संजालबाट कल, मेसेज गर्दै दिन बितिरहेको छ। हुनत अहिले यो भन्दा अरु बिकल्प पनी छैन । युएईको बसाई पनी ७ बर्ष कटिसकेछ । जुन आज २१ दिनको लकडाउन संगै कोरोना संग जुदिरहेको अबस्थामा यो बिताएको २१ दिन पनी ७ बर्ष भन्दा बढी लागिरेकोछ । 

डिउटी पनी गर्नु पर्ने डिउटी नगरे स्यालरी नआउने डिउटी गरौं कोरोना संक्रमण हुने डरले दिनरात चिन्तित हुनुपर्ने अबस्थामा गुज्रीरहेको यो परदेशी मन….। बिहान ६:०० बजे देखी बेलुका ५:०० बजे सम्मको डिउटी समय त्यसमाथी पनी पब्लिक लिमोजिनको डिउटी कति कठिन होला ? कम्पनीलाई धेरैपटक भनियो हामिलाई स्यालरी सँगको कुरा भएन स्वास्थ्य सँगको क़ुरा छ भनेर तर पनी के गर्नु कम्पनीले पनी करोडौ लगानी गरेको हुन्छ ।

उसको पनी मेरो जस्तै परिवार होलान, मेरो जस्तै बालबच्चा होलान भनेर सोच्ने गर्छु र फेरी एकान्तमा बसी टोलाउन बाहेक केही हुदैन हुनत कम्पनीले बेसिक तलव दिएको छ तर त्यो १५०० को बेसिक स्यालरीले के नै हुन्छ र ? सबै मल, सुपरमार्केट बन्द भएको अबस्थामा राशन हरु पनी पहिले भन्दा ५०% बढेको छ। जसले बिहान बेलुकाको छाक टार्नु बाहेक केही हुदैन। 

विश्वभरि आतंक मच्चाउदै आएको यसबारेमा धेरै सामाजिक संजाल मार्फत विभिन्न अध्ययन गर्यौं तर विश्वको वैज्ञानिकहरुले पनी यस बारेमा अध्ययन नगरेको होईनन् होला । अझै पनी यसको औषधी उपचार पत्ता लाग्न नसकेको अबस्थामा,अब हामिले यसबाट बच्ने उपायहरु अपनाए मात्रै हामी यस रोगसँग लड्न सक्छौ । विभिन्न विज्ञहरुको सल्लाह अनुसार मैले बेलाबेलामा साबुन पानीले हात सफा गर्ने, सेनिटाईजर र माक्सको प्रयोग गर्ने, धेरै भिडभाड हुने स्थानमा जान बन्द गरेको छु । 

अवश्यक पर्दा मात्रै घरबाहिर निस्किने अन्यथा ननिस्किने, बेलाबेलामा तातोपानी संग कागती मिलाएर पिउने, यती मात्रै हामीले गर्न सर्यौ भने पनी यस रोगबाट टाढा रहन सकिन्छ। हुन त म रहेको देश युएईले पनी धेरै सजकता अपनाउन संदेश दिईरहेको छ । यहॉंको सरकार सम्बेदनशिल नै छ , यहॉं मल, होटल ,मस्जिद जस्ता भिडभाड हुने स्थानहरु पुर्णरुपमा बन्द गरेको छ । बेलुकाको ६:०० बजे देखी बिहानको ६:०० बजे सम्मको समयलाई पुर्णरुपमा बन्द गरेको कारणले पनी धेरै संक्रमण फैलिन नपाएको मेरो अनुभव छ ।

यहॉंको युएई सरकारले नेपालीहरु मात्रै हैन सबै संक्रमित ब्यक्तिहरुलाई फ्रिमा उपचार गराईरहेको छ। त्यसको लागी युएई सरकारलाई धन्यबाद दिन चाहन्छु। त्यसैले हामी अहिले सजक हुनु बाहेक केही छैन भोलीको समय हामी बाँचिएछ भने पहिले जसरी नै रमाईलो गरौंला,भेटघाट गरौंला, आत्मियता बॉंढौला,अनी घरपरिवार, साथी भाई ईष्टमित्र संगै बसौंला।त्यसैले अहिले हामी घरमै बसौं र सुरक्षित रहौ र सरकारलाई सहयोग गरौं। 

कम्पनीले बेतलबी बिदामा राखेपनि दैनिक रुपमा खानाको व्यवस्था गरेर सहयोग गरेको छ :

कुमार बलामी, हाल : दुबई
  • महासचिव, नेपाल आदिवासी जनजाति महासंघ युएइ 

संसारभर फैलिएको कोरोना माहामारीले अन्य देशमा झैं युएईमा पनि असर पारेको छ। त्यसमाथि दुबाईको बरदुबाईमा परिवारका सदस्यहरु भाइ, ज्वाइँ, छोरा र भतिजहरु सहित फ्ल्याट लिएर बसेकाले रेण्ट, बिजुली पानीको बिल अनि खानेकुराहरु को ब्यवस्थापन गर्न केही कठिनाई सहनु परेतापनि घाँटी हेरी हड्डी निल्नु भने झैं गक्ष अनुसार मेनेज गरि बसेको छु।

दुबई मलको जागिर सबै मलहरु बन्द भएकोले अहिले सबै स्टाफहरुलाई कम्पनीले बेतलबी बिदा मा राखेको छ। मलाई त मेरो कम्पनीले दैनिक रुपमा लन्च् खाना कम्पनीको ड्राईभर मार्फत होम डेलिभरी गरि सहयोग गरि रहेको छ। सबै स्टाफहरुलाई दैनिक १ छाक खाना र मासिक १ हजार दिराम रुम भाडा दिने निर्णय गरेको छ। नेवाःपुचःयुएई तथा नेफिन युएईका महासचिब पदभार सम्हालेर सामाजिक कार्यकर्ताको भुमिका निर्वाह गरि रहेको छु। सब‌ैलाई कोरोना बाट वच्न र बाँच्नकोलागी अपनाउनु पर्ने विधीहरुबारे संवेदनसिल रहन, ब्यक्तिगत सरसफाई, हातसफागरि सेनिटाईजिंग गर्न, माक्स र ग्लब्सहरु प्रयोग गर्ने र गराउने गरेको छु।

सबै सुचनाहरु विभिन्न निउज् च्यानलहरु, मिडिया लिंकहरु र साथीभाईहरु, सामाजिक अभियन्ताहरु, स्वास्थकर्मी साथीहरु र घरपरिवार तथा आफन्तहरु संग सामाजिक संजाल मार्फत र टेलिफोन सम्पर्क बाट खबर अादान प्रदान गर्ने गरेको छु। ज्वरो वा रुघाखोकी एकपटक भाईलाई लागेको थियो। तुरुन्तै क्लिनिकमा गएर चेकअप गराएँ। कम नभएपछि रगत र स्वाब परिक्षण गर्न ५ दिन सम्म लगातार डक्टरको सल्लाह बमोजिम २ वटा हष्पिटलमा चेकअप गरेर दिएको आैषधिहरु खान दिएँ। स्वाब परिक्षणबाट कोरोना नदेखिए पछि ढुक्क भयौ।

अहिले कुनै समस्या छैन। तातोपानी र खानेकुराहरुमा निकै सजगता अपनाएका छौं। भगवानको कृपाले अहिले सम्म हामी सकुशल आराम साथ रुममा युएई सरकारले जारि गरेको लकडाउनको नियम पालना गरेर बसिरहेका छौं। एम्बेसिका कर्मचारी हरुसँग सामाजिक संजाल र ट्लिफोन सम्परक गरि अनि संस्थाका अन्य साथीहरु मार्फत सम्पर्कमा रहि समन्वय गरि रहेकाे छु।

सरसफाइ, काम गर्ने र बासास्थानमा भौतिकदुरि कायम राख्ने गरेको छु 

नरेश लामिछाने, झापा हाल : अबुधाबि

 विश्वभरी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपबाट म कार्यरत देश युएई पनि अछुतो रहेको छैन । यसको अलावा पनि कोभिड -१९ को सतर्कताका निमित्त यहाँको स्थिति अनुसार युएई सरकारले बेला बखतमा जारी गरेको निर्देशनहरुलाई पालना गर्दै, दिनको समयमा आफ्नो नियमित काम सामान्यरुपमा गरिरहेको छु ।

अहिले सम्मको जानकारी अनुसार कोरोना भाईरस मानिस बाट मानिसमा सर्ने सरुवा रोग जसको कुनै उपचार नभेटिएको र यो रोगले विश्वमा धेरै भन्दा धेरै मानिस संक्रमित भईरहेको र यहाँ पनि प्रतिदिन ३ सय  भन्दा बढी मानिसमा संक्रमण भएको विवरण आउने गरेको चिन्ताजनक महामारी हो भन्ने बुझेको छु ।

त्यसैले आफ्नो नियमित सरसफाइ र काम गर्ने र बास बस्ने स्थानमा मानिस मानिस बीचको भौतिक दुरि सकेसम्म आवश्यकता अनुसार कायम राख्ने गरेको छु । 

म अबुधाबीको एक प्रतिष्ठित होटेल एण्ड रिसोर्टमा कार्यरत छु । मेरो जिम्मेवारी भनेको सेक्युरिटी गार्डहरुको काम कर्तव्यहरुलाई नजिक बाट निरीक्षण गर्ने, होटेल ब्यवस्थापन पक्षले आन्तरिक सुरक्षा संम्बन्धी लागु गरेका अफिसियल नीति, नियमहरुलाई पालना गराउने, बेला बेलामा यहाँको सरकारले प्राईभेट सेक्युरिटी संचालन र व्यवस्थापन सवन्धी लागू गरेका निति नियमहरुलाई कार्यन्वयन गर्ने गराउने,सेक्युरिटी सिस्टम अनुसार काम भए नभएको निरीक्षण गर्ने र आफ्नो होटेल ब्यवस्थापनलाई नियमित रिपोर्ट गर्ने र होटेलको सुरक्षाको निमित्त जडान गरिएका सिसि टिभी संयन्त्रको संचालन अवस्थाको नियमित निरीक्षण गर्ने, सिसि टिभीको अनुगमन र नियन्त्रण गर्ने सरकारी संयन्त्र सम्म मासिक रिपोर्ट गर्ने हो ।

हाल सम्म कम्पनिले साप्ताहिक बिदा बाहेक अन्य बिदा दिएको छैन । खाना, बस्न र डिउटीका कपडा कम्पनी स्वयंले उपलब्ध गराउने भएकाले खासै समस्या परेको छैन । यहाँका अफिसियल मिडियाहरु गल्फ न्युज, खालिज टाईम्स र यहाँको सरकारले नियमित जारी गर्ने सोसियल सुचनाका माध्यमहरु बाट र कोभिड-१९रोग सवन्धी बिश्वको अवस्था भने वोर्ल्ड ओ मिटर वेबसाईट साथै अन्य बिस्वस्नियता भएका देशीविदेशी संचार मध्यमहरु बाट लिने गरेको छु।

विश्वसनिय स्वास्थ्य सेवाले गर्दा थोरै भएपनी ढुक्क छु :
सुरिन भुजेल, तनहुँ हाल : दुबई
  •    सचिव, तनहुँ सेवा समाज युएई

विश्व कोरोना महाव्याधी बाट अक्रान्त रहेको यो घढिमा म कार्यरत युएई पनि यसबाट अलग रहन सकेको छैन । यो संक्रमणले गर्दा कतै आफै संक्रमित त हुने होईन भन्ने चिन्ताले सताई रहन्छ । तर यहाँको विश्वसनिय स्वास्थ्य सेवाले गर्दा थोरै भएपनी मन केही ढुक्क हुने वातावरण छ ।

युएईमा दिन प्रतिदिन यस रोग को संख्या बढदै गैरहेको छ। यस बाट जोगिन मक्स लगाउने गरेको छु। हातमा पन्जा र सेनिटाईजर ले बेला बेला मा हात धोई राखेको छु। आफिस टु रुम र रुम टु अफिस बाहेक अन्त कतै गहि रहेको छैन।

यो संक्रमणको अवस्थामा पनि सरकारले जारी गरेका निर्देशनको पालना गर्दै नियमित रुपमा डिउटी गरिरहेको छु । खरदार सेक्रेटरी यज अ डकुमेट कल्टोलर रुपमा विगत ५ वर्ष देखि कार्यरत छु । अहिले सम्म त्यस्तो कुनै समस्या आएको छैन । बिदा दिएपनि तलब दिदै आएको छ । खाना क्यन्टिनमा खाने गर्छु । कम्पनी कै क्यन्टिन भएकाले खानामा कुनै समस्या परेको छैन ।

कोरोनाको विषयमा विभिन्न अनलाईन मिडिया, सस्मजिक संजालबाटा सुचनाहरु प्राप्त गर्ने गरेको छु भने यहाँका स्थानिय मिडिया गल्फ न्युज, खलिज टसिइम्स र दि नेशनलको अनलाइन संस्करण नियमित हेर्ने गर्छु । यसै गरि नेपाली दूतावासको फेसबुक पेजबाट पनि सुचनाहरु प्राप्त गर्दछु ।

कुनै समस्या परेमा दुतावासमा फोन सम्पर्क गर्दछु भने आफुसँग सम्पर्कमा रहने सस्थिहरुलाई कुनै समस्या परे दूतावासमा सम्पर्क गर्न सुझाव दिन्छु ।

कोरोना त्रासादी बिच अरबको एकदिन :
दीपक चापागाईं, झापा हाल : अबुधाबी

सँधै एउटै रुटिङ् उत्साह त खासै थिएन तै पनि दिन हो बितिदिन्छ, म हुँ बिताइदिन्छु । पाचौं बर्ष हो अरबमा अनि दोस्रोपटक छुट्टि बिताएर आएको ४१ दिन भएछ । निन्द्रा मजाले नखुली नै एसि को भ्यार्‍र्‍र आवज सधैंझैं,,, बेड छेउमा रहेको टेबल माथीको रिमोटले बन्द गरिदिएं, सगै भएको मोबाइल ताने अनि स्कृन्को तलपट्टी होम बटन क्लिक गर्दा थाहा भो बिहनको ९:३० भएछ ।

टाईम चेक पछिको दोस्रो कर्म १ म्यासेज, ३ फेसबुक नोटिफिकेशन3 अनि  ६ वटा म्यासेज ३ वटा ह्वाटसप… म्यासेज र फेसबुक नोटिफिकेसनले कहिलै प्राथमिकता पाएनन अनलक गरेपछी म सिधै ह्वाटसप मा घुसें… प्यारी मान्छेको गुड मर्निङ रिप्लाई गरेपछि दोस्रो छोडेर तेस्रो च्याटमा ट्याप गरे दोस्रो यो कारणले छोडेको हो कि त्यो एउटा ग्रुपको म्यासेज  थियो ।

तेस्रो च्याटमा मा २ म्यासेज सुर्य दाइ बाट थियो । सुर्य दाइ मेरो छेमिकी दाइ, अरबमा सुरक्षा क्षेत्रमा काम गर्नमा म भन्दा धेरै बर्ष सिनियर, अरबमा आएपछि छीमेकी दाइ भन्ने साइनोमा छिमेकी हटेर दाइ मात्र रहने, शब्दमा मात्र होइन व्यबहार र सोचाइमा पनि परिवर्तन हुदो रहेछ ,,, दाइको निमन्त्रणामा स्विकार गरेर एउटा कार्यक्रममा गएसँगै प्रवासमा रहेको नेपालीहरुको एउटा समूहसँग मेरो सम्पर्क स्थापना भएको स्पष्ट याद छ ।

दाइ विभिन्न संस्थामा सक्रिय हुनुहुन्छ, प्रवासमा रहेर पनि आफ्नो कामका अलावा समाजिक पुन्यकर्ममा वहाँको सक्रियता तारिफ योग्य छ । वहाले नै हो मलाई झापाली समाजको ग्रुपमा मा सामेल गराउनु भाएको, ए साच्चै !! हामी झापाली, झापा सुरुङ्गा हो घर अहिले कनकाइ नगरपालिका ।

पहिलो म्यासेजमा १० प्रस्न थिए अनि दोस्रो यस्तो थियो ….. “दिपक भाइ यो माथिको प्रश्नको जवाफ आउनेगरी एउटा स्टोरी लेखेर भोलि बेलुका सम्ममा मलाई पठाउनु त” अहो यो कस्तो आग्रह !! प्रस्नको उत्तर पनि कथा जस्तै बनाउने कुरो कहाँ सजिलो छ र ,,, त्यो पनि म खासै लेख्दिन,, अँ कहिलेकाही प्रयास भने गर्ने गर्छु ।  कसरी सुरु गर्नेहोला सोच्न नपाउदै पेट्भित्र मुसा दौडन थलिसकेछन । येस्तोबेला घरको याद बिचट्टै आउने सुति सुति बेड टी र नास्ता ल्याइदिन यो बिरनो मुलुकमा को नै छ र !

उठेर खाना बनाए र खाँए, धन्न यो माहामारिको बेलामा नजिकै रहेको सुपर मार्केट बन्द भएको छैन र कम्पनीले पनि समयमै सेल्लरी दिएकै छ । तैपनी एक महिना बढी सम्मको खाना स्टोक राखेको छु जस्मा चामल, दाल, चाउचाउ, चिनी, चियापत्ती, नुन, तेल, मर-मसला आदि अनि टमाटर र अरु सब्जी चै मार्केट् बन्द नहुन्जेल हप्तामा एकपटक जादैछु । गत हप्ता नजिकैको लुलु एक्सप्रेस जाँदा पन्जा र माक्स नलगाई पस्नै दिएन ।

अहिले नाईट सिफ्टको डियुटी अनि शैक्षिक संस्थामा,  दिनभरी रूम र किचन यति नै हो दैनिकी  । गत ४ बर्ष पनि मेरो डियुटि एस्तै लगभग जहिले क्वारेन्टाइन । शिफ्ट  भने चेन्ज हुने कहिले डे त कहिले नाइट । खाना खाएपछी फेरि बेडमा पल्टिएको म कथा कसरी लेख्ने सोचिरहेको बेला एउटा कास्की जिल्लाको साथिको म्यासेज  आयो, म्यासेन्जर  खोलेर  हेरेँ यो त्यही साथी हो जस्लाइ हिजो भर्खर लेबर क्याम्प बाट बाहिर सर्नको लागि एकजना झापाली दाइको मद्दतले अर्को झापली भाइको रूममा सर्न सम्पर्क गर्न सहयोग गरेको थिए । उ अब केहि मात्रामा ढुक्क छ ।

यहाँ बिदेशी मजदुर हरुकोलागी विभिन्न ठाउँमा लेबर क्याम्प छन जहाँ प्रय सबै कम्पनी हरुले आफ्ना कामदार राखेको हुन्छ अनि एउटा रुममा ८ देखि १२ जाना सम्म । एउटा तलामा २० देखि ३० वटा रूम अनि २ देखि ५ तले बिल्डिङहरु त कत्ती हो कत्ती, एभरेजमा ४/५ वटा रुमको लागि ठुला ठुला ट्वसिइलेट र बाथरुम यद्यपि नियमित सफाइको चै प्रबन्ध गरिएको हुन्छ ।

अरब बसाइको पाचौं बर्ष चलिरहदा कहिलेकाही ट्रेनिङ र परीक्षामा २/३ दिन बाहेक अरुबेला क्याम्पमा नबसेकोले मलाई त्यहाँको बरेमा धेरै जानकारी छैन, जे होस यो कोरोनाको माहामारिमा बाहिर भन्दा क्याम्पमा संक्रमणको त्राश र फैलन सक्ने सम्भावना पनि अलिक बढी नै हुन्छ तर केही बाहेक लगभग सबैको त्यही बस्नु भन्दा अर्को बिकल्प नै हुदैन र छैन पनि ।

अहो ! कस्तो गर्मी साच्चै एसि त बन्द पो छ ! फेरि अन गरें  सितल हुँदै गयो म भने फेसबुकको भित्तो स्क्रोल गर्न थाले, केही थान  वर्थ डे बीस र न्युज अपडेट नियमित समाचार सुन्ने म अचेल निकै कम सुन्छु ।  कोरोना बाहेक अरु समाचार खासै हुदैन पनि, अँ नेपाल एम्बेस्सी, अबुदाबी पुलिस, खलिज टाइम्स, गल्फ निउज, सेतोपाटी, नागरिक, उज्यालो लगायतका पेज हरुबाट प्रयाप्त सूचना चै लिएकै हुन्छु ।

ए !! १२ बजिसकेछ  एकपटक natural call एटेन्ड गरेपछी साबुन पानी त प्रयोग गर्ने त पुरानै बानी हो तर अचेल हरेक चिज छोएपछि कि त सेनेटाइजर कि त साबुन पानी सकेसम्म सुरक्षित त हुनैपरो नत्र सात समुन्द्र पारिको यो देश अनि रुघाखोकी, ज्वोरो या कोरोना संङ्ग मिल्दोजुल्दो लक्षण देखिएमा कम्पनीमा जनकरी गराउनै पर्ने सुपरभाइजरको निर्देशन,हैट्ट !!!


क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस