गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न तिलु शर्मा पौडेल पुस २०, २०८१ गते १६:३८ मा प्रकाशित दोहा : कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।कतारमा रहेका नेपाली व्यवसायीद्वय पूर्णबहादुर पोखरीया र राकेश श्रेष्ठले सञ्चालनमा ल्याएको ब्युटीपार्लर अंग्रेजी नयाँ वर्षकै अवसर पारेर सन् २०२३ को जनवरीमा उद्घाटन भएको पार्लरको नयाँ वर्ष अर्थात् बुधबार राति एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।कार्यक्रममा भाग लिन आएका पार्लरका परिवार तथा अन्य उपस्थितलाई सम्बोधन गर्दै पार्लरका डाइरेक्टर अलि मुबारक अल जासिमले कतारमा नेपाली व्यवसायीहरूले मिलेर सञ्चालन गरेको सौन्दर्य व्यवसाय सफल हुँदै गएकोप्रति खुसी व्यक्त गरे ।लगानीकर्ता बाहेक पार्लरमा प्रत्यक्ष जोडिएर काम गर्ने ब्युटीसिएनको कलाले व्यवसाय सफल हुने हुँदा हर्मोसाले थप प्रगति गर्दै नयाँ शाखा विस्तार गरोस् भन्ने उनले शुभकामना दिएका थिए । यस्तै उनले आफ्नो तर्फबाट हुने सबै सहयोग गर्न आफू तयार रहेको पनि बताए ।वर्षभरी काम गरेका आफ्ना स्टाफहरूलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिरहँदा स्टाफहरूमा छुट्टै खुसी थियो भने पार्लर रहेको अलस्मख मलका म्यानेजर विनुले पार्लरका कामदार इमान्दार र मेहनती रहेको आफूले पाएको बताउँदै प्रशंसा गरे । वर्षभरिको उत्कृष्ट कामदारका रूपमा रित लिम्बु र सालभरिमा पार्लरमा सबैभन्दा बढी आम्दानी गर्न सफल स्टाफका रूपमा आशाका न्यौपानेलाई नगदसहित मायाको चिनोद्वारा सम्मानित गरिएको छ ।कार्यक्रममा बोल्दै सञ्चालक पोखरीयले स्टाफहरूकै कारण हर्मोसाले सफलता पाएको बताउँदै छिट्टै नै शाखा विस्तार गर्नेतर्फ आफूहरू लागेको बताए ।त्यस्तै अर्का सञ्चालक श्रेष्ठले वर्तमानमा पार्लरमा काम गर्ने स्टाफसहित आफूसँग छुटेर या विदाइ भएर गएका स्टाफको समेत उन्नतिको कामना गरे । उनले सौन्दर्य व्यवसाय एक कला भएको बताउँदै कलाको मोल नहुने बताए । कतारको अलसादमा अवस्थित अल स्मख मलमा रहेको पार्लरमा प्रभा श्रेष्ठको नेतृत्वमा करिब एक दर्जन ब्युटीसियन कार्यरत छन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न