Techie IT
×
गृहपृष्ठग्लोबलगल्फ७९ वर्षीय ओमनका राजा सुल्तानको दुखद निधन, अन्योलमा रह्यो को हुन्छन नयाँ राजा ?

७९ वर्षीय ओमनका राजा सुल्तानको दुखद निधन, अन्योलमा रह्यो को हुन्छन नयाँ राजा ?


मस्कट – ओमनका राजा(सुल्तान) काबूस बिन सईदको निधन भएको छ । ओमनका मिडियाका अनुसार सुल्तान काबूसको शुक्रबार निधन भयो ।

सन् २०१० मा रानीसंग सुल्तान

काबूसको निधनमा शनिबार तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

सुल्तान काबूस ७९ वर्षका थिए। सन् १९७० मा आफ्नै पिताविरुद्ध ‘कू’ गरेर सत्तामा आएदेखि उनी निरन्तर सत्तामा थिए।

सुल्तानको कार्यालयले लामो विरामीको कारण सुल्तानको मृत्यु भएको भए पनि उनी कुन विरामीले मरेका हुन् गरेको छैन।

काबूसको अविवाहित थिए। उनको कुनै सन्तान नभएकाले उत्तराधिकारीलाई लिएर अन्यौलता छाएको छ। सुल्तानको निधनपछि तीन दिनभित्र नयाँ राजा सुन्न पर्ने नियम छ। देशको शाही परिवार परिषदले नयाँ सुल्तानको लागि पहिलो प्रयास गर्नेछ । परिषदमा ५० पुरष सदस्य छन्।

यदी परिषदले उत्तराधिकारीको निर्णय गर्न सकेन भने सुरक्षा परिषद र सर्वोच्च अदालत, सुझाव परिषद र राज्य परिषदका अध्यक्षको उपस्थितिमा एक बन्द चिठ्ठीखोलिनेछ, जसमा सुल्तानले जिवित छदाँ गोप्य रुपमा आफूलाई मन पर्ने व्यक्तिको नाम लेखेका हुन्छन् । उक्त पत्रमा जसको नाम हुन्छ, सोही व्यक्तिले राजगद्दी सम्हाल्नेछ ।

सुल्तान कबूस ओमनका सर्वोच्च निर्णयकर्ता थिए । उनले प्रधानमन्त्री, सेनाको सर्वोच्च कमाण्डर, रक्षा मन्त्री, अर्थ मन्त्री र विदेश मन्त्री पद सम्हालेका थिए ।

सुल्तानले २९ वर्षको उमेरमा आफ्ना उग्र रुढिवादी पिता साइद बिन तैमुरलाई सत्ताच्युत गरेर सत्तामा आएका थिए । उनका पिताको शासनमा कसले विवाह गर्ने, कसले पढ्ने र कसले देश छाड्ने भन्ने कुरा पनि सुल्तानले निर्णय गर्थे ।

कबूस शासनमा आउदा देशमा जम्मा १० किमी पिच सडक थियो । त्यस अवस्थाबाट उनले ओमनलाई आजको समृद्धशाली राज्यमा रुपान्तरित गरे । यसका लागि उनले देशको तेलको बिक्रीबाट आएको खर्च प्रयोग गरेका थिए ।

उनले आफ्नो शासनकालमा तटस्थ परराष्ट्र नीति अबलम्बन गरेका थिए । त्यही कारणले ओमनले सन् २०१३ मा इरान र अमेरिकाबीच गोप्य वार्ताको सहजीकरण गर्न सकेको थियो ।सोही वार्तापछि विकसित अवस्थाले सन् २०१५ को महत्वपूर्ण इरान आणविक सम्झौता सम्पन्न गराउन सम्भव भएको थियो ।

कबूस स्वप्नदर्शी भए पनि उनको शासन भने निरङ्कुस थियो । उनको शासनमा विरोधी आवाजलाई कडा रुपमा दबाइएको थियो ।

सन् २०११ मा अरब क्षेत्रमा फैलिएको क्रान्ती ओमनमा पनि पसेको थियो । त्यस क्रममाहजारौं ओमनी नागरिक राम्रो ज्याला, थप रोजगारी र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका थिए ।

प्रहरीको दमनको क्रममा दुईको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । पछि सयौं विरुद्ध ‘गैरकानुनी रुपमा भेला भएको’ र ‘सुल्तानको अपमान गरेको ’ मुद्दा चलेको थियो ।

उक्त प्रदर्शनले उलेख्य परिवर्तन गराउन असफल भए पनि सुल्तान कबूसले केही भ्रष्ट ठानिएका मन्त्रीलाई बर्खास्त गरेका थिए ।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस