गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ जापानका २८ वर्षीय चर्चित रेसलरको कोरोना संक्रमणबाट मृत्यु जापानका २८ वर्षीय चर्चित रेसलरको कोरोना संक्रमणबाट मृत्यु दीप संञ्चार जेठ १, २०७७ गते १:१२ मा प्रकाशित एजेन्सी – जापानमा २८ वर्षीय युवा सुमो रेसलरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विश्वमा कोरोना संक्रमणका कारण रेसलरको मृत्यु भएको यो पहिलो घटना हो । सञ्चारमाध्याहरुका अनुसार रेसलर सुबोसीले एक महिनासम्म कोरोना संक्रमणका विरुद्ध निकै संघर्ष गरे तर अन्तमा बुधबार बिहान उनको निधन भयो । सोबुशी टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर हुन् ।जापान सुमो एसोसियसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रेसलर सोबुशीलाई अप्रिल ५ देखि ज्वारो आएको थियो । उनले सुरुमा स्थानीय स्वास्थ्यकर्मीहरुसँग उपचारका लागि पहल गरेका थिए । तर फोन व्यस्ता भएका कारण सुरुमै स्वास्थ्यकर्मीहरुसँग उनको सम्पर्क हुन सकेन ।त्यति मात्र होइन, ज्वरो आएकै कारण धेरै अस्पतालहरुले उनलाई भर्ना समेत लिन मानेनन् । अन्तमा जब उनको खकारमा रगत बग्न थाल्यो, त्यसपछि मात्र उनलाई अप्रिल ८ मा टोकियो अस्पताल भर्ना गरिएको थियो ।’ उनको खकारमा रगत देखिएपछि चिकित्सकहरुलाई कोरोना संक्रमणको विषयमा अध्ययनका लागि नयाँ चीज प्राप्त भएको सञ्चारमाध्यामहरुले दावी गरेका छन् ।एएफपीका अनुसार सोबुशीको प्रारम्भिक परीक्षणमा नतिजा नेगेटिभ आएको थियो तर अप्रिल १० मा अर्को अस्पतालमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको थियो । उक्त अस्पतालमा उनलाई अप्रिल १९ देखि चिकित्सकहरुको विशेष निगरानीमा राखिएको थियो । अन्तत उनको मृत्यु भयो । यद्यपि, जापानमा धेरै कम मात्रामा रेसलर र प्रशिक्षार्थीहरु कोरोनाबाट संक्रमित रहेका छन् ।सुमो संघका प्रमुख हक्काकुले उनको मृत्युले आफुलाई स्तव्ध पारेको बताए । जापानमा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या १६ हजार ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ सय ७८ पुगेको छ ।क्याटेगोरी : एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट