गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप दीप संञ्चार असोज १३, २०८२ गते १६:२५ मा प्रकाशित काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा रहेको उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिलाई पूर्णता दिइएको छ । गत मे ३–४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनको हलबाटै बाहिर रहेकाहरूलाई समेत समेट्ने उद्देश्यले शर्माको नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिमा चार जना सदस्य थप गरिएको हो ।समितिको सदस्यमा जानकी गुरुङ (बेल्जियम), सुनील साह (अमेरिका), नारायण आचार्य (द नेदरल्याण्ड्स) र शनि ओली (कतार) रहेका छन् ।शर्मा नेतृत्वको समितिले एकताको महाधिवेशनका बेला बाहिर रहेका एनआरएन अभियन्ताहरूलाई वार्ता र संवाद मार्फत एकीकृत गर्ने लक्ष्य लिएको छ ।समितिका संयोजक शर्माले एनआरएनएको बृहत् एकताको लागि छुटेका साथीहरूलाई पनि समेटेर संस्थालाई थप बलियो बनाउन आवश्यक रहेको बताए ।उनले भने, ‘अहिलेको परिस्थिति अनुसार बृहत् एकताको लागि साथीभाइहरूसँग बृहत् संवाद गर्छौँ। अहिले साथीभाइहरूसँग कुरा गरेर के के गर्ने भन्ने पहिलो मिटिङ बसेपछि सार्वजनिक गर्छौँ ।’भर्खरै जेन जी आन्दोलनमा जनधनको ठूलो क्षति भएको अवस्थामा विदेशमा भएका सम्पूर्ण नेपालीहरूले कोभिडको बेला जस्तै सहयोग गर्नु पर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे । उनले राष्ट्रिय पुनर्निर्माण लगायतका कुराहरूमा सहकार्य गर्नको लागि सबै समूह एक ठाउँमा आउनु पर्नेमा जोड दिए । विगतका तीता कुराहरूलाई बिर्सिएर एनआरएनमा नयाँ सुरुआत गर्न पनि छलफल र वार्ताकै माध्यमबाट टुङ्गोमा पुग्नु पर्नेमा उनले जोड दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप