Techie IT
×
गृहपृष्ठग्लोबलएसियानेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम गर्दै

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम गर्दै


सौल/दक्षिण कोरिया । 

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको असन्तुष्ट पक्षले जुलाई २४मा बृहत भेला एवं छलफल कार्यक्रम गर्ने भएको छ। बिधानअधिवेशन एक्लौटी भएको जिकिर गर्दै उप सभापति जितेन्द्र महता, महामन्त्री मित्र बन्धु काफ्ले, सहमहामन्त्री फर्सु पौडेल बिकाशमल्ल लगायत बहुसङ्ख्यक केन्दिय सदस्यहरुले २४ जुलाई सौल जाऔं, बृहत भेलामा सहभागी बनौं भन्दै बृहत भेला बोलाएकोबुझिएको छ।

उप सभापति जितेन्द्र महताका अनुसार नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको १२ जुन २०२२ मा भएको बैठकको  विधानअधिवेशन सम्बन्धि निर्णय सार्वजनिक पश्चात्  कार्य समिति बाहिर अधिकांश जनसम्पर्कका महाधिवेशन प्रतिनिधिहरु, छैटौंमहाधिवेशनको तत्कालीन विधान संशोधन समिति लगायतबाट   व्यापक विरोध आएपछि केन्द्रीय कार्यसमितिका आधा  पदाधिकारी, केन्द्रीय  सदस्य, बहुमत क्षेत्रीय सभापतिहरुले  सबै पक्षलाई समट्दै छैटौं  महाधिवेशनको विधान संशोधन समितिलाई विश्वासमा लिएर  सबै अटाउने कांग्रेस बनाउन, विवादलाई साम्य पारी एकता कायम गरि विधान सम्बन्धि नयाँ मिति तय गरि अगाडि बढ्न कार्यसमितिबैठक कार्य समितिको ग्रुप व्यक्तिगत संवादका क्रममा सभापति लगायतका साथीहरुलाई सबै खाले समस्या सुल्झाएरमात्र अगाडिबढ्न ध्यानाकर्षणसहित आग्रह गरेतापनि विधान जस्तो संम्बेदनशिल कुरालाई  एकलौटी, एकपक्षीय किसिमले १० जुलाईमा  कथित  विधान अधिवेशन  पास भयो भन्ने समाचार बाहिर आएको तर विधान संशोधन गर्न जनसम्पर्कको विधान २००६ संशोधन २०११,१३,१५को धारा ४३ मा भएको व्यवस्था अनुसार दुईतिहाई बहुमत प्रतिनिधि चाहिने तर

दुईतिहाई कसैसँग नहुने भएकोले आधा कार्यसमिति  महाधिवेशन प्रतिनिधिहरु बाहिर हुंदा त्यो एकलौटी पास/ फेल हुने कुरा नहुनेभएकोले यी लगायत याबत् बिषयहरुलाई सच्याउन सबैलाई समेटेर अगाडि बढ्न आफुहरुले यो भेला आब्हान गरिएको बताए।जीवन्तसंगठनभित्र बैचारिक बहस हुन्छन् भेला, सभा हुन्छन तर निरकुंश शैलीमा कसैले भेला गर्न पाउदैन मैले बोलेको /लेखेको कानुन हो हामीलेजे गरे पनि ताली बजाउनुस भन्ने मानसिकता नेतृत्वमा रहेको भन्ने आरोप असुन्तुष्ट पक्षको रहेको छ।

सस्थापन पक्षले भने कुनै भेला नभएको बिज्ञप्ति सार्बजनिक गरेको छ।

प्रस्तुत उप सभापति जितेन्द्र महताको फेसबुक स्टाट्स जस्तोको तस्तैः

https://www.facebook.com/100001619079772/posts/pfbid0eCKawRt8v69chB6NToqYkuUU2yFwGip6ibnEWUayH7ZiPe6cu5xFMPpgVBQ3pyRgl/?d=n

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको १२ जुन २०२२ मा भएको बैठकको  विधान अधिवेशन सम्बन्धि निर्णय सार्वजनिक पश्चात्  कार्य समिति बाहिर अधिकांश जनसम्पर्कका महाधिवेशन प्रतिनिधिहरु, छैटौं महाधिवेशनको तत्कालीन विधान संशोधन समितिलगायतबाट   व्यापक विरोध आएपछि केन्द्रीय कार्यसमितिका आधा  पदाधिकारी, केन्द्रीय  सदस्य, बहुमत क्षेत्रीय सभापतिहरुले  सबैपक्षलाई समट्दै छैटौं  महाधिवेशनको विधान संशोधन समितिलाई विश्वासमा लिएर   सबै अटाउने कांग्रेस बनाउन, विवादलाई साम्यपारी एकता कायम गरि विधान सम्बन्धि नयाँ मिति तय गरि अगाडि बढ्न कार्यसमिति बैठक कार्य समितिको ग्रुप व्यक्तिगत संवादकाक्रममा सभापति लगायतका साथीहरुलाई सबै खाले समस्या सुल्झाएरमात्र अगाडि बढ्न ध्यानाकर्षणसहित आग्रह गरेतापनि   विधानजस्तो संम्बेदनशिल कुरालाई  एकलौटी, एकपक्षीय किसिमले १० जुलाईमा  कथित  विधान अधिवेशन  पास भयो भन्ने समाचार बाहिरआयो। जबकी विधान संशोधन गर्न जनसम्पर्कको विधान २००६ संशोधन २०११,१३,१५ को धारा ४३ मा भएको व्यवस्था अनुसारदुईतिहाई बहुमत प्रतिनिधि चाहिन्छन (तल फोटोमा विधान अध्ययन गर्न सकिनेछ ) जबकी दुईतिहाई कसैसँग पुग्दैन। आधाकार्यसमिति  महाधिवेशन प्रतिनिधिहरु बाहिर हुंदा त्यो एकलौटी पास/ फेल हुने कुरा हुंदैन।  नेतृत्वले सजिलै आफू खुशी  सहमति  बेगर हरेक संगठन,संस्थाको विधान वा देशको संविधान संशोधन गर्न सक्छन् भन्ने कुराले नै दुई तिहाई बहुमतको अभ्यास रहदै आएकोछ। सहमतिका माध्यमबाट विधानको काम गरौं भन्ने आवाजलाई वेवास्ता गरेपछि कार्यसमितिको उपसभापति, महामन्त्री, सहमहामन्त्रीद्वय पदाधिकारीहरु,विभिन्न  विभागीय प्रमुखहरु, केन्द्रीय सदस्यहरु, बहुमत क्षेत्रीय कार्यसमिति सभापतिहरु लगायत पूर्वसभापतिहरु,पार्टी  महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु सहित यही जुलाई २४ को भेलामा  खुला बहस, छलफल, भावीरणनीति तय हुने कार्यक्रम रहेकाले नेपाली जनसम्पर्कका महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पूर्व सभापति, सल्लाहकार, पार्टीकामहासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु लगायत विभिन्न तह/ तप्कामा आसिन सम्पूर्ण  लोकतन्त्रप्रेमी महानुभावहरुलाई सौलमा  उपस्थित भएर समसामयिक विषयमा आफ्ना धारणा राख्न, सुन्न गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। जय नेपाल 🇳🇵

पुनश्च: सामाजिक संजालमा आएका  विभिन्न विषयमा  आरोप्रत्यारोपमा  उत्रिनुभन्दा आत्मानुशासनसहित सभ्य बहसमा सहभागी भई  उठान भएका सबै विषयको यथार्थ कुरो थाहा पाउनुका साथै विविध विषय उपर घनिभूत छलफल, जवाफ भेटिने बहस गरिने व्यहोराकासाथै तर्कका नाममा  कुतर्क तल्लो स्तरमा आरोपप्रत्यारोप नगर्न सम्बन्धित सबै लोकतन्त्रप्रेमी महानुभावहरुमा अनुरोध छ।


क्याटेगोरी : समाचार, एसिया


तपाईको प्रतिक्रिया दिनुहोस