Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठघुमफिरकतारका पठान चाचु

कतारका पठान चाचु


….✍️ रात भरी विना काम मोबाईलमा झून्डीएर बसियो, विहान समयमा उठ्न नसकिने महसूस गर्दै विहान ७:१५ को अालराम सेट गरे र सुते, विहान आलराम बज्यो तर आफूलाई निन्द्राले छोडेकै थिएन l

भारी ज्यान लिएर मोबाइलको घण्टी त बन्द गरे तर झन अर्को पट्टी फेर गरेर सुतेछू, मस्त निदाईयो, मोबाइल फोनको रिङटोन बज्यो बल्ल तल्ल अनीदो भएको राता आँखा मोबाइल तिर दाैडाउदै हेरे ९ बजिसकेको रहेछ सातो गयो! सोचे नयाँ नम्बर हाकिम होला, अब बहाना चाहीयो मलाई झूठ बोल्ने, नत्र त बच्ने उपाए नै छैन l
थरथर काँपेका आैंलाहरुलाई फोन उठाउन दिमागले निर्देशन दियो l एकातिर बाहना के गर्ने, कहाँ भन्ने भनेर सोचेको पनी छैन l
मनमा यती ठूलो भयानक तूफान आयो की लाग्यो यती त्रास त भूकम्पको बेला पनी कोही कसैले गरेका थिएनन् होला ! खैर, मलाई फोन त उठाउनु नै थियो, चोर आैंलाको सहायताले फोनको बटन थिचें अपसोच फोन काटीयो l हतनपत टावेल लिएर बाथरूम गए, भित्र पसेर नूहाउन सुरू के गरेको थिए फेरी मोबाइल बज्न थाल्यो, मोबाइल लगातार बजीरह्यो, दुई जग पनी ज्यानमा खन्याए र बाहीर आउदा फोन बन्द भयो l अब झन मन र सोच कस्तो भयो तपाई आफैले कल्पना गर्नूस………..!

“छोरा अरब आउने र बाबू नेपाल जाने प्रथा चली रहने भयो l जीवनभर दासी बनी सेता कपाल फूलेको पल पनी परिवार संग व्यतीत गर्न सकिन्न l”

आज बास्ना आउने अत्तर पनी लगाईन, फ्रेश हून नवरत्न तेल लगाए र कपडा लगाएर छिटो छिटो गर्दै सिढी झरे, खोल्ती बाट मोबाईल झिके अनी अघी आएको नम्बरमा डायल गरे l केही समय पछी फोन उठ्यो, आवाज आयो… कैसा हे बेटा? झसङ्ग भए!
प्रश्नमा मैले सोधे कौन हे भाई ?
उत्तरमा आयो- पहिचाना नहीं ? हम पठान चाचा, मुलुक से कल ही आए थे हम, कहाँ पे हो तुम ? हम तेरा घरका निचे हें l एक किसीमको खुशी, खुशी यस मानेमा की अाज मलाई बजार जान कूनै समस्या हुने भएन त्यसकारण र अर्को मनमा अनेक प्रश्न उत्पन्न हुदै भने क्यू आय आप ? आप तो क्यान्सिल गए थे, आेके इन्तजार किजिए ।
करीब ३ वर्ष पहिले यात्रामा भेट भएका उमेरले धन्नै ८ दशक पूगेका पठान चाचा यो बुढेसकालमा आउनूको कारण जान्न पठान चाचा भएको ठाऊमा पूगे, उत्सुक हुँदै भने कैसे हो आप ? बस् तेरा आशीर्वाद से हम ठिक हैं l अभी गाडी है की नहीं ? उत्तरमा हाँ है, चलो बजार जाना है, जस्तो पठान चाचाको उमेर उस्तै पूरानो कार त्यो पनी, न एसी रहेछ, न त गतिलो सिट नै, मजबूरी के नाम पे महात्मा गांधी भने जस्तै आफूलाई ढिला पनी भएको थियो लागियो अबूहमर तिर…..!

“हामी नेपालीको पनि पठान चाचाको जस्तै जवानी त तमशूक गरे जस्तै खाडीमा चढाएकै थियौं, अब बूढेसकाल पनि कतै यही खाडीमा त जाने होईन ?”

धिमीधिमी कार आफ्नो गतिमा चल्न थाल्यो, म पठान चाचासंग कुरा गर्न आतुर भए किन फेरी आए पठान चाचा जान्नु थियो l सोधे और कैसे हैं मुलुक मे? उत्तर आयो क्या बोले बेटा घरमा सबै बेरोजगार छन् छोरा छोरी पढ्दै छन् करीब एक वर्ष मुलुक (पाकिस्तान) बसे तर केही भएन, केही गर्न पनी सकिन, भएको थोरै पैसा पनी सकियो, छोरा छोरीले कमाउने बेला अझ २/३ वर्ष भएको छैन l अब छोरा आउछ अनी म जान्छु l मलाई कता कता नेपाल दुख्यो, नेपाल सम्झे । अब हामी नेपालीको पनि पठान चाचाको जस्तै जवानी त तमशूक गरे जस्तै खाडीमा चढाएकै थियौं, अब बूढेसकाल पनि कतै यही खाडीमा त जाने होईन? प्रश्नै प्रश्न संग लड्दा लड्दै सोचे जब सम्म देशले अशल नेतृत्व र कुशल शासक प्राप्त गर्दैन तब सम्म बाबाले छोरासंगको सुखद क्षण र छोराले बाबाको माया प्राप्त गर्न सक्दैन l छोरा अरब आउने र बाबू नेपाल जाने प्रथा चली रहने भयो l
जीवनभर दासी बनी सेता कपाल फूलेको पल पनी परिवार संग व्यतित गर्न सकिन्न l जीवनको अन्तिम क्षण कतै दैनिक १ लाश त्रिभुवन विमानस्थलमा सिमेन्ट बोक्ने ठेलागाडा हुदै बाहीर निस्के जस्तै त हुदैन? आफूले आफैलाई प्रश्न गर्न थाले l
राजनीतिक संस्कार सहितको कुशल नेतृत्व भएको दललाई आफ्नो साथ र समर्थन दिऊ l क्रमश….


क्याटेगोरी : घुमफिर


तपाईको प्रतिक्रिया दिनुहोस