गृहपृष्ठ ∕ घुमफिर ∕ दिल्लीमा भएको पिइसीको बैठकमा इनर्जी बैकिङ गर्न नेपाल र भारतबीच सहमति दिल्लीमा भएको पिइसीको बैठकमा इनर्जी बैकिङ गर्न नेपाल र भारतबीच सहमति admin मंसीर १०, २०७५ गते ७:४१ मा प्रकाशित काठमाडौँ — नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पिइसी)को १३ औं बैठकले दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो ।नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो।नेपालतर्फको बैठकको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत ट्रेडरमार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए। पिइसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारुपसमेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिमरुप दिएको हो।इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकालाई आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सहसचिवस्तरिय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरिय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्ने छ। यस अघि ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ले इनर्जी बैकिङको विधि र प्रारुप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो।‘इनर्जी बैकिङका लागि तयार पारिएको निर्देशिकमा सहमति जुटेको छ, यसलाई दुई मुलुकबीचको विद्युत व्यापार सम्झौता अन्तर्गतका सहसचिव र सचिव स्तरीय कमिटीले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ,’ कार्यकारी निर्देशक घिसिङले भने,‘इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको ठूलो कोसेढुंगा हो।’बुटवल-गोरखपुर लाइन निर्माणपिइसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढाउने निर्णय गरेको छ। बैठकमा सहभागी प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभाग प्रमुख प्रवल अधिकारीले नेपालले सुरुका ५/७ वर्ष इनर्जी बुक गर्ने प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको बताए।‘लाइन निर्माण गर्न करिब ४ वर्ष लाग्ने भएकाले सुरुका ५/७ वर्ष नेपालले इनर्जी बुक गर्ने र त्यसपछि नेपालले उक्त लाइन विद्युत निर्यातका लागि प्रयोग गर्ने भएकाले सोहीअनुसार लगानीको प्रारुप तयार हुने छ,’ उनले भने, ‘हामीले इनर्जी बुक गरेको ५/७ वर्षमा पनि भारततर्फ विद्युत लैजाँदा सम्बन्धित विद्युत निर्यातकर्ताबाट प्रसारण शुल्क असुल गर्न सक्ने विषयमा सहमति जुटेको छ।’दुई मुलुकबीच विद्युत आदनप्रदान गर्न निर्माण गरिएको पहिलो ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनलाई लगानी योग्य बनाउन नेपालले २५वर्षसम्म इनर्जी बुक गरेको छ। तर, नेपालले दोस्रो क्रस बोर्डर प्रसारण लाइनमा ५÷७ वर्षमात्रै बुकिङ गर्ने भएको हो।‘आयोजना निर्माण तथा सञ्चालनका लागि भारततर्फ स्थापना हुने कम्पनीमा नेपाललाई ५० प्रतिशतसम्म सेयर लगानी गर्न दिन भारतीय पक्ष सकारात्मक देखिएको छ,’ प्रवक्ता अधिकारीले भने। पहिलो क्रस बोर्डर प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि भारतर्फ निर्माण भएको कम्पनीमा प्राधिकरणको १० प्रतिशत मात्रै सेयर छ।विद्युत खरिद दरबैठकमा प्राधिकरणले उत्तर बिहार विद्युत वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युतको खरिद दरका विषयमा पनि छलफल भएको थियो। प्राधिकरणले पिइसीले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट आवश्यक परेको वेला मात्रै ‘लेउ र तिर’आधारमा विद्युत आयात गरिरहेको छ।भारतले केही दिन अघि मात्रै छिमेकी मुलुकसँगको विद्युत आयातनिर्यातका लागि निर्देशिका जारी गरेकाले त्यसको अन्तरवस्तुमाथि छलफल गरेर मात्रै खरिद दरकाबारेमा आवश्यक निर्णय गर्ने सहमति भएको प्रवक्ता अधिकारीले बताए। ‘नयाँ निर्देशिका आएको सन्दर्भमा पिइसीको सान्दर्भिकता हुने/नहुने लगायतका विष्यामा सम्बन्धित निकायहरुसँग थप छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएको छ,’ उनले भने, ‘यसले हाल भइरहेको विद्युत आयातलाई भने कुनै असर पार्ने छैन।’११ औं पिइसीको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र ५.५५ भारुमा विद्युत खरिद गरी आयात गरिरहेको छ। बढी विद्युत् माग हुने पिक आवर र अफ्ट्यारो परेको वेला मात्रै बिहारबाट पिइसीले तय गरेको दरमा भारतबाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ।बिहारबाट सिराहा, जलेश्वर, विरगंज, विराटनगरमा ३३ केभी र कुशाहा–१, कुशाहा–२, गण्डक र परवानीपुरबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युत आयात हुन्छ। उत्तरप्रदेशबाट ३३ केभीमार्फत नेपालगंजमा र उत्तराखण्डबाट ११ केभीमार्फत विद्युत आयात गरी दार्चुला र बैतडीमा आपुर्ति गरिन्छ। प्राधिकरणले ५ जुलाई २०१८ मा सम्पन्न पिइसीको १२ औं बैठकमा आयात भइरहेको दरमा कत्ति पनि भाउ बढाउन नसकिने अडान लिएपछि तीन पहिनापछि पुनः बैठक बसेर दर तय गर्ने निर्णय भएको थियो।क्याटेगोरी : घुमफिर, मनाेरञ्जन, राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरुल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्डप्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नेएमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?