Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठघुमफिरयूरोप यात्रा, जनसम्पर्क समिति र अधिवेशन

यूरोप यात्रा, जनसम्पर्क समिति र अधिवेशन


  • यात्रा संस्मरण

साइप्रस घुम्ने तिब्रइच्छा थियो । भ्रर्मण सन्दर्भमा जनसपर्क समिती साइप्रसको प्रथम अधिवेशन भाग लिन पाए अझँ सुनमा सुगन्ध भनेझै हुन्थ्यो भन्ने मनमा लागि रहेको थियो । ‘त सोच म पुर्याउछु’ भने झै भिसा मिल्नु छुटी हुनु र साइप्रसको अधिवेशनको मिति तय हुनु सबै  संयोग मिल्यो ।

पशुपतिको जात्रा सिद्राको ब्यापार भने झै युरोपेली मुलुक साइप्रस भ्रर्मण कस्तो होला भन्ने कौतुहलाताको वीच जनसंपर्क समिति साइप्रसको अधिबेसन सम्बोधन गर्न जानु हुने आदर्णीय विश्वाप्रकास दाइको यात्रा साइप्रसको भन्ने फेसबुक स्टाटस आयो । उहाँको रुट पनि कतार बाटै थियो हर प्रयास गर्दा पनि उहासँग सँगै जाने फ्लाइटको टिकट मलाई मिलेन । उहाँ बिहानको ११ बजे साइप्रस पुग्नु हुने भयो म बेलुका को ७:३० मा सँगै जान पाए झन कती रमाइलो हुन्थ्यो होला भन्ने कौतुहलातालाई समाल्दै अगस्ट ९ देखी अगस्ट १३, २०१९ सम्म साइप्रसको भ्रर्मण मा निस्कने समय भयो ।

मनमा निकै उमङलिदै जनसंपर्क समिती कतारका सहमाहमन्त्री केदार भाईको साथ साइप्रसको यात्राको लागि बिमानस्थल जादै गर्दा फोन मार्फत भए पनि नेपाली काँग्रेशको केन्द्रिय कार्यलमा साइप्रसको अदिबेसनमा भाग लिन जान लागेको भन्ने जानकारी दिए साथै  जनसमपर्क समिती दुबइको अदिबेसनको पूर्ण सफलताको कामना फोन मार्फत दिने काम सम्पन्न गरे । हमाद अन्तरराष्ट्रिय विमानस्थलमा पुगेर टिकेट बोर्डिङ देखी हरप्रकिया पुरा गर्दै गर्दा टिकट चेकिङ् कर्ताले देखाएको अस्वाभाबिक व्यबहारले ममा नेपाली रगत नतातेको भने पक्कै हैन । तथापी हासी हासी नम्र बोली बोल्नु बाहेक म सँग अर्को उपाय थिएन ।  मेरो डकुमेन्ट मा फल्ट हैन अचम्म लाग्दछ पास्पोर्टको रङ र नेपाली हुनु हो भन्नेमा दुईमत थिएन एक किसिमको हारेसमेन्ट भनु ।

इमिग्रेसनको सम्पूर्ण प्रकृया पुराएर बिमानस्थलको ड्यूटीफ्रिमा साथीहरुको लागि भेटको सगुन खरिद गरी बिमानस्थलमा विमान कुर्ने क्रममानै अनेक खालका तर्कनाहरु मनमा नउब्जेका हैनन् । पहिलो कुरो युरोप भित्रको सेन्जेन नभएको राष्ट्र कस्तो होला ? त्यहाँ रहनु हुने जनसंपर्क समितिको साथीहरु सँगको भेटमा कस्तो अनुभव होला ? राष्ट्र कतिको बिकसित र सम्पन्न होला ? नेपालीहरुको गन्तब्य देशको अर्थतन्त्र कस्तो होला ? नेपालीहरुको दैनिकी कस्तो होला ? कुन कुन क्षेत्रमा नेपाली हरु कार्यरत हुनुहुहुन्छ होला ?  यस्ता तर्कनाहरु मनमा बग्रेल्ती उब्जेका थिए ।  यस्तै कौतुहलता र तरङ्गका वीच एक क्यापचिनो पिउदै गर्दा बिमानभित्र चड्ने समय भईसकेको थियो । केहीबेर आकाशमा एयरट्राफिकका कारण हाम्रो बिमान केही ढिलो उड्ने कुरो बिमान भित्र पसे पछी थाहा भयो ।

विश्वप्रकाश दाई समुन्द्रि मज्जा लिदै

बिमानभित्र यात्राको क्रममा नेपाल बाट कामको सिलसिलामा साइप्रस जानुहुने कारीब आठजना महिला दिदिबैनी सँग भेट भयो पहिलो पटक जादै हुनुहुदो रहेछ । उहाहरुको मनमा सन्त्रास र रिसको आबेग पनि थियो । सन्त्रासको कारण थियो पहिलो यात्रा र रिस कारण थियो कन्सल्टेन्सीलाई कारीब ६ लाख रुपैयाँ तिर्दा जम्मा ३५ हज़ारको रसिद पाएको । त्यत्रो खर्च गरेर जाँदा मासिक जम्मा ३१४ युरो तलब रहेछ ।  आफु पनि श्रमिक भएको र अहिलेको महङगाइमा त्यती ३१४ युरोले दिदी बैनीहरुले कति आफ्नो दैनिकी खर्च गर्ने र कति बचात गरेर नेपालमा परिवार आफन्त लाई पठाउन सक्नुहुन्छ भन्ने मनमा यो तरङ फैलियो तर उहाँहरुलाई नयाँ ठाउँ नयाँ पारीबेसमा जादै हुनुहुन्छ मनभित्र रिस र आबेग नराख्नु भन्ने सुजाब दिए ।  झन्डै २ घण्टा ४५ मिनेट को उडानबाट लार्नाका एयर्पोर्टमा ओर्लियो । बिमानस्थल सफा र त्रिभुवन अन्त्ररास्ट्रिय बिमानस्थल भन्दा ठुलो र ब्यबस्थित थियो भने मेरो कर्म भुमिको हमाद बिमानस्थल भन्दा सानो थियो । इमिग्रेसनको कर्मचारीले जोक सैलिमा मेरो डकुमेन्ट हेरी स्ट्याम्प गर्दै भन्यो फर्किन्छस नि मैले हासी हासी भने यहाँ धेरै बस्ने रहर पनि छैन । मैले बुझेको धेरै जसो नेपाली टुरिस्ट भिषामा गएर युरोपको अरुमुलुक छिर्ने योजाना मुताबिक उतै लुक्ने गरेको  हुँदा उनिहरु चिन्तित रहेछन ।

बिमानस्थल बाट बाहिर निस्कदा जनसंपर्क समिती साइप्रसकी सचिबालय सदस्य पुष्पा मिश्रको नेत्रीत्वमा अन्न्य सदस्य स्वागतको लागि मलाई कुरी रहनु भएको थियो । उहाँहरुको न्यानो सम्मान सँगै हामी बिमानस्थल नजिकै को एक इण्डियन रेस्टुरेन्ट तर्फ डिनरको लागि प्रस्थान गर्यौं । बाटोमा हिड्दै जादा सफा तर साघुरा बाटो एक्तर्फी ड्राइभिङ स्टाइलले बनाइएको रहेछ । साना साना थुम्का जस्ता पहाड र हरियालीले साँच्चीनै नेपालको कुनै उपत्यकामा गाडी गूडिरहेको होकी भन्ने भान लाग्दथ्यो । कतार भन्दा अली सितलता महसुस गरेको मैले साथीहरु कत्ति गर्मी भन्दै गर्दा यस्लाई नि गर्मि भन्छन् भन्ने मेरो जवाफले साथीहरु हाँस्नुभयो । हामीहरु रमाइला कुरा गर्दै रेस्टुरेन्ट पुगी खानाको अडर गर्दा रेस्टुरेन्ट भित्र निकै शान्त वातावरण थियो । कतै हाम्रो बोलिले त्यो सुन्सान भङ गरेको हो की की भन्ने आभास भयो । म अचम्म परे यत्रो मान्छेको भिडमा पनि यती शान्ता वातावरण यो शान्तिलाई भङ्ग गर्न हुन्न भनी हामीहरुले छलफलमा अलिसुस्ती पन ल्यायौं । हामी रेस्टुरेन्टमा गफिदै डिनर गर्दै गर्दा लिमासोल्मा आदर्णीय विश्वाप्रकास दाई, बिरेन्द्र कार्की, तिर्थ राज खनाल लगायतको टिम मलाई पर्खिएर बसिरहनु भएको थियो ।

मैले गाडीमा एक घण्टाको यात्रा तय गर्नु थियो ।  साथी हरु मलाई होटल पुर्याएर फर्कने कुरा गर्दै हुनुहुन्थ्यो मलाई अर्को गाडी मगाइ दिनु तपाईं हरुले दु:ख नपाउनु भनी मैले नै प्रस्ताब राखे अनी धनगढी तिरका भाई सम्राट जसको गाडीमा म लगायत साथी हरु एयर्पोर्ट बाट आएका थियौ उहाँले नै उहाँको साथी लाई बोलाइदिनु भयो ।  इन्डियन मुलको हुनुहुदो रहेछ उहासँग रमाइलो गफ गर्दै एक घण्टा को यात्रा छिन् भरमा पुरा गरे झै लाग्यो । मेरो बस्ने ब्यबस्था भएको होटलमा पुगे जहाँ विश्वप्रकाश दाई बिरेन्द्र कार्की लगायतका साथीहरु हुनुहुन्थ्यो । मलाई त्यहाँ कुमार सिङ मन्यालले पुन स्वागत गर्नु भयो ।  रात धेरै बितिसकेको थियो विश्वदाई लगायत साथीहरु सँग आधा घण्टाको भला कुसारी पछी शनिवारको दिन साइप्रसका रमणिय ठाँउको अबलोकन गर्ने उद्देश्यका साथ जनसंपर्क समिती साइप्रसले व्यवस्था गरे अनुसार हामीहरु आफ्नो यात्रा तर्फ लागियो ।

यहाँको एतिहासिक क़ैदी राख्ने जेल अहिले म्यूज़ियम बानाईएको

राती नै हामीले शनिबारको दिन जती सक्दो साइप्रसको घुम्नु पर्ने ठाउँहरु घुम्ने योजना बनाइसकेका थियौं । आईतवारको अधिबेशन समाप्तिसँगै धेरै पाहुनाहरुले साइप्रस छोड्ने भएकोले पनि हामीलाई त्यो योजना बनाउनु थियो । भोलिपल्ट बिहानिको नास्ता पछी माहामन्त्री कुमार भाईको अगुवाइमा हाम्रो टोली गभर्नर बिच तर्फ लाग्यो । बाटोमा सभापति सिता अर्याल र सन्तोष भाई जो पोखरा बाट पुग्नु भएको रहेछ । उहाँहरु सँगको भेट पछी एक स्न्याप फोटो लिएर हाम्रो गाडी परिवर्तन भयो । सन्तोसजीको गाडीमा विश्वाप्रकास जी बिरेन्द्र जि तिर्थराज खनाल जी र म जाने भयौं, भने सभापति सिता जि कुमार जि को गाडीमा। सायद अदिबेसनको तयारीको बारेमा उहाँहरु वीच छलफल गर्नु थियो होला र दुइजना छुट्टै रहनु भयो । हाम्रो गाडी गभर्नर बिचमा गएर रोकियो बाटोमा देखिएको सुन्दरताले मलाई थप मन्त्रमुग्द पारेको थियो अरु साथीहरुले पनि सुन्दर ठाउँ रहेछ भन्दै हुनुहुन्थ्यो । गभर्नर बिच पुगेर सबैले एक एक स्न्याप फोटो खिचियो समुन्द्रमा पौडने हरु बेग्रल्ती थिए तर हामीहरुको पौडने योजना नभएकोले बिचको माथिलो भागमा जहाँ एक सानो किरना पसल रहेछ त्यहि प्राङगडमा बसी चिसो पानी पियौ ।

मैले विश्वदाइलाई एक प्रसँग जोडे दाई हामी सँग सुन्दर रारा से-फुक्सुन्डो सत्याबती फेवा र बेग्नास ताल छन जस्को सौन्दर्य को व्याख्या गरेर सकिन्न तथापी यहाँ पर्यटकको ओहिरो छ हामी मा छैन । यो देशको आर्थिक श्रोत नै पर्यटन बनेको छ र हामी नेपाली रोजगारिको लागि लाखौं खर्च गरेर यहाँ आउछौ । कस्तो बिडम्बना है ?  सुन्दर देश नेपालबाट  हामी यहाँ काम गर्न आएका छौं । हामीले किन हाम्रो देशको पर्यटक विकास गर्न सकेनौं ? यदि गर्ने हो भने नेपालमा नै हामीले युरो कामाउने थियौं । हामीलाई विश्वका प्रर्यटक पनि चाहिदैन मित्र राष्ट्र चीन र भारतका कुल जनसंख्याको एक प्रतिसत मात्रा हामीले तान्न सके पुग्दछ भन्ने कुरा अबगत गराए । त्यहाको बिचमा पर्यटक हरु रमाएको देख्दा अचम्म मात्रा हैन लोभ लाग्दथ्यो । विश्वदाइको जबाफ थियो शान्ती सुरक्षा, पर्यटक लाई प्रमुख प्राथमिकतामा राखिएको भए पनि पर्यटक लाई आबस्यक सुबिधा दिन नसक्नु, राजनैतीक अस्तिरताले हाम्रो पर्यटन पछी परेको हो ।  नेपाल पर्यटकिय गन्तब्यको देश भनी लाखौं लाख पर्यटक रोजाइको देश बनाउन असम्भव छैन भन्ने कुरा उहाले गर्नु भयो ।

गभर्नर बिच बाट फर्किए पछी एनआरएन साइप्रस अध्यक्ष सुभाश मल्ल जि र साथी हरुले निकोसियाको लिद्रामा स्वागत गर्नु भयो । त्यसपछी हामीहरु अर्को साइप्रस जुन टर्कीले टुक्र्याएर आफ्नो अधिनमा राखेको र एक साइप्रस भिन्दै सरकार गठन गरेको रहेछ त्यहा पुगीयो ।  साइप्रसको टुक्र्याइ बाट साइप्रस बासी निकै दुखित रहेछन । त्यो टुक्रिनुमा धार्मिक आस्थाको प्रभाव ठुलो छ । टर्की सँग साइप्रसको कटुतापूर्ण सम्बन्ध रहेछ तथापी तीन तिर नै टर्किले घेरेको रहेछ एक साइड मात्रा ग्रीस ले ग्रिस भासी साइप्रस क्रिचियन र टर्की ले अधिकरण गरेको मुस्लिम बाहुल रहेछ ।  साइप्रसको लागि अबैधानिक राजदुत श्री राम जीवन पन्जियारले आयोजना गर्नु भएको दिवा भोजमा सरिक भैयो । भेट्घाटको क्रममा बिशेष साइप्रसमा नेपालीको बड्दो आगमन र दुताबासको अभाबमा परेको समस्याको बारेमा खुलेर कुरा गर्ने मौका मिल्यो । उहाँ धेरै चिन्तित हुनुहुदो रहेछ छलफल कै क्रमामा एक श्रम सहचरि सहित् कम्तिमा सचिब स्तरिय कार्यालय राख्नको लागि पहल गर्नु पर्ने कुरामा हामी सबैको मत रह्यो । अचम्मको कुरो के छ भने अधिकांश नेपालीको मासिक तलब ३ सय १४ युरो छ भने एक सरकारी कामकाजको लागि सिफारिस पत्र नेपाल पठाउन पर्दा सिफारिस दस्तुर कारीब ४ सय युरो लाग्ने रहेछ । सिफारिस पत्र पठाउदा लाग्ने समय र अरु साधारण खर्च को कुनै मुल्याकन छैन ।

स्वादिस्ट लन्च पछी हाम्रो टोली आयोनप्पा बिच तर्फ अगाडि बड्यो जुन ठाउँ निकोसिया बाट कारीब १ सय किमी टाढा रहेछ त्यहा पुग्दा अधिकांश बिदेशीहरु खुला आकाशका दुई पन्खी झै निर्धक्क साथ बिच को आन्न्द लिइरहेका थिए । लाग्दथ्यो उनिहरु संसारका सब पिडा बिर्सेंर छुटै संसारमा रमाउन आएका हुन । मानिस स्वछन्द रुपमा रमाएका थिए लाग्दथ्यो उनिहरुमा लाजको कुनै आभास थिएन । हाम्रो संस्कारले अग्रजहरु सँग सँगै त्यस्ता दृश्य हेर्न अलिक अप्ठयारो महसुस हुदोरहेछ । हामी नजिकैको चर्चको अबलोकन गर्दै नजिकैको गूफामा एक स्न्याप फोटो लिएर हाम्रो टोली आयोनप्पा नजिकैको डाडो तर्फ अगी बड्यो । माथि पुगेर समुन्द्रलाई निहाल्द फेवातलमा माछा पुछ्रे पौडी खेले जस्तो समुन्द्रमा उक्त डाडो समुन्द्रमा पौडिएको अनुभव भएको थियो । अतिनै रमणिय त्यो ठाँउमा साइप्रस सरकारले त्यती व्यवस्थित भने बनाएको रहेनछ ।

मलिनो सुर्यको किरण मा समुन्द्र देखिने गरी केही स्न्याप फोटो लिए पछी हाम्रो टोली लिमासोल तिर फर्कियो बाटोमा हिन्दू मन्दिर पर्दो रहेछ । त्यहाँ पनि जाने निर्णय गरियो मन्दिर पुग्दा सम्योग कस्तो जुर्यो भने हामी पुग्दा मन्दिरमा साँझको आरती शुरु हुन लागेको थियो । हामीहरुले जुम्लाहात जोडेर आरती गर्यौं । शिवको मुर्तिमा ढोग भेट पछी पूजारी सँग भला कुसारी गर्दा कारीब १५ बर्ष देखी मन्दिर त्यँहा रहेछ एक पादरिले मन्दिर बनाउन देखी जग्गा दिलाउन ठुलो सहयोग गर्नु भएको रहेछ । भक्तहरु नेपाली र इन्डियन नै हुन र शिवरात्रीमा बिशेष मेला लाग्दो रहेछ हरेक आईतवार मन्दिरको दर्शन गर्न राम्रो उपस्थित हुदोरहेछ (आइतबार साइप्रस मा सरकारी छुटिको दिन) मन्दिर दर्शन पछी हामीहरु साझको डिनरको लागि प्रेसिडेन्ट प्यालेस नजिकको रेस्टुरेन्ट तर्फ लागियो । जहाँ हामीलाई सुमन मैनाली भाईले डिनरको ब्यबस्था गर्नु भएको थियो (सुमन मैनाली जि साइप्रसमा दस बर्ष देखी नर्सिङ पेसामा आबद्द हुनुहुदो रहेछ)  स्वादिस्ट र रमाइलो डिनर सँगै लामो छ्लफल पनि गरियो साथीहरुले भोलिको अधिवेशनको तयारी पूर्ण रुपमा पुरा भएको जानकारी पनि गराउनु भयो ।

आईतवारको अधिवेशन निकोसियाको नेपाली रेस्टुरेन्टमा भव्य उदघाटन गरी ब्यबस्थित रुपमा सुसम्पन्न भयो कार्यसमिती निर्बिरोध चयन भयो । अधिवेशन मार्फत तदर्थ समितिकी सभापति श्रीमती सिता अर्यालको नेत्रित्वमा तदर्थ समिती नै अनुमोधन हुने गरी कार्यसमिती चयन भयो । जनसंपर्क समिति साइप्रसको यो अधिवेशन नेपाली कांग्रेसको पारीमाजित बिधान र नियमावली अनुसार भएको थियो । यो पद्दति अनुसार अधिवेशन हुने साइप्रस दोस्रो जनसंपर्क समिती पनि बन्यो । अधिवेशन हेल्मु समाज र तम्मु समाज साइप्रसले अथितिहरुलाई बिशेष सम्मान गरेको थियो । अधिवेशनमा प्रमुख अथितिको आसन बाट युवा नेता शर्माले शुभकामना मन्तब्य राख्दा हलमा उपस्थित सम्पूर्ण प्रतिनिधि र आथिती हरु मन्त्रमुग्द भएका थिए । जनसंपर्क समिती साइप्रसकी तत्कालिन सचिवायलय सदस्य  वर्तमान उप-सभापति तथा स्पष्ट वक्ता पुष्पा मिश्र बाट सन्चालित कार्यक्रमको सभापतित्व सस्थापक सभापति सिता अर्यालले गर्नु भएको थियो भने बिशेष अथितिहरुको लामो लर्को थियो । साइप्रसमा रहेका नेपाली संघ संस्थाको बाक्लो उपस्थिती थियो भने साइप्रसमा रहेका नेपाली माँझ पहिलो बैचारिक संस्था नेपाल बाट अथिति बोलाई अधिवेशन गर्ने संस्था नेपाली जनसंपर्क समिती भएको पनि स्पस्ट भएको थियो ।

अधिवेशन पस्चात नवनिर्बाचितलाई बधाई तथा शुभकामना दिएर प्रमुख अथिति र बिशेष अथितिले साइप्रसलाई बाइबाइ गर्नु भयो । गैर आवसिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समितीका उपाध्यक्ष श्री कुल आचार्य जी संग एनसीसी  साइप्रसले भेट घाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो त्यो कार्यक्रम मा सरिक हुने अवसर जुर्यो ।  कार्यक्रम निकै सौहाद्र पूर्ण रह्यो । कार्यक्रम पश्चात आदर्णीय कुल दाई सँगै चिया नास्ता गरी पुन कतारमा भेट्घाट हुने गरी हामी छुटियौं । समय निकै बितेको थियो मलाई निकोसिया गएर होटल लिनु पर्ने थियो तथापी गाडी भनेको समयमा पाहिएन अचम्मको कुरो त्यहा प्राय आईतवार टेक्सी पाउन गाह्रो रहेछ बल्लबल्ल एक गाडी मिल्यो र निकोसिया को बस्पार्क छेउको होटलमा आएर कोठा लिए र त्यहाँको क्लबको मजालिन पनि समय मिलाउन सके क्लब मेरो लागि नयाँ अनुभब थियो ।

भोलीपल्ट बिहानको नास्ता सकेर पापोज जाने कार्यक्रम तय भएको थियो साइप्रस पुगे पछी पापोस नजाने भने एक रमणिय ठाउँ र पर्यटकिय आन्न्द लिन बाट छुट्दो रहेछ । बिहानको ११ बजेको बस मार्फत पापोस तिर नवनिर्बाचित उपसभापती पुष्पा जी को साथमा निस्कियौ पापोस घुमाउने जिम्मा समितिले उहाँलाई दिएको थियो । बाटोमा जादै गर्दा उहाले ओखल्ढुङ्गाका सुर्य राइ जो पापोसमा रेस्टुरेन्ट को सेफ हुनुहुदो रहेछ उहाँलाई कल गर्नु भयो हामीले उहासँग बसपार्कमा भेट्ने निर्णय गर्यौ दुई घण्टाको बस्को यात्रा पछी  बस बाट झर्दै गर्दा उहाँ प्रतिक्षामा हुनु हुदो रहेछ उहाको प्रस्तव ढुङ्गा चाडौ भन्ने थियो मैले हैन ढुङ्गा त कतार मा पनि चढेर आनन्द लिन सकिन्छ बरु यहाँको मुख्य ठाउँ घुमौ भनेर त्यहाँको म्युजिम जस्तै गरी बनाएको पुरानो जेल को अबलोकन टुरिस्ट आकर्सित गर्न बनाएको थ्रियटर् जहाँ अन्तरास्ट्रिय कलाकार हरुको बाक्लो उपस्थिती हुँदो रहेछ कारीब ४ हज़ार देखि ५ हज़ार मान्छे अट्ने प्याराफिडमा निशुल्क दर्शक को उपस्थिती हुदो रहेछ । त्यस्पछी चिडिया घरको नजर गरिसकेपछी साइप्रस को गर्मिको जुस पिउ भनी त्यहिको लोकल बियर हामीले पियौ बियर पिउदै समुन्द्रको आनन्द लिदा निकै आनन्द महसुस भयो तर  पुष्पा जिले ओरेन्ज जुस पिउनु भयो उहाँले बीयर पिउनुहुदो रहेनछ जुन राम्रो बानी पनि हो ।

हामी पापोस को रमणिय ठाउँ घुम्दै गर्दा सुर्यजी ले आफ्नो निवासमा खानाको ब्यबस्था गरिसक्नु भएको रहेछ सुर्य जी लाई धेरै धेरै बधाई पनि दिन चाहन्छु हामी उहाको निवास  पुग्दै गर्दा ८-१० जना साथीहरु पनि उहाले बोलाई सक्नु भएको रहेछ । बिशेष त उहाँले त्यहाँ काम पाउन नसकेका नेपालीहरुलाई स्वस्फुर्त  जागिर लगाइदिनु हुँदोरहेछ । प्राय जागिर लगाइदिने हरुले केही पैसा लिदा रहेछन कतिपयले त्यसलाई थप आय आर्जन गर्ने पेसा पनि बनाएका रहेछन । सुर्य जि को इमान्दारिता र सहयोगी भावना शहरहना नगरि रहन सकिन ।  उहाको असल पनले हरेक नेपाली जसले उहाँलाई चिन्दछन्, सम्मानित नजर ले हेर्दारहेछन । उहाँलाई साथ दिने नुवाकोट बाट कठ्मान्डौ आएर बसोबास गर्नु हुने राजन श्रेष्ठ पनि हुनुहोदो रहेछ त्यहाँका रेस्टुरेन्टमा काम गर्ने साथीहरुले उहाँ हरुलाई एक किसिमको सम्मानित नजरले हेरेको देख्दा निकै खुशी लाग्यो उहाँहरुको यो स्नेयिलो सहयोगी मन सदै कायम रहोस् । पापोस को यो छोटो भेट निकै नै रमाइलो रह्यो यहाँको भेटघाट को समयमा मैले बिर्सनै नहुने सुर्य राइ, राजन श्रेष्ठ र बिर्मान जि लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । सुर्य जिको घरको यो आथित्यमा रमाइलो बसाइ सहित निकोसिया तर्फ फर्किए ।

१)  नेपालीहरुको आगमन र सन्ख्या : सन् २००० डेखी सुरू भएको साइप्रसमा नेपाली भित्रिने क्रम जारी छ, ठ्याक्कै कती छन भन्न सकिन्न तथापी कारीब ७००० देखी १०००० नेपाली रहेको अनुमान रहेछ । नेपालीको आगम सँगै सुरु भएको नेपाली संघ- सँस्था स्थापना गर्ने गतिबिधी दिन पर्तिदिन बड्दो रहेछ कारीब ४०-५० वटा जति नेपाली संघ-संस्था अस्तित्वमा रहेछन । नेपालीको संख्या बढ्दै जाँदा विभिन्न अभिष्टले खोलिएका त्यस्ता संस्थामध्ये ‘गैरआवासीय नेपाली संगठन’ (एनआरएनए) परीचित संस्थाको रुपमा रहेछ भने  बैचारिकमा नेपाली जनसंपर्क समिती लोकप्रिय रहेछ । साइप्रसको अबैतानिक दुतका अनुसार सुरुवाती चराण्मा यती धेरै नेपाली आउछन भने अपेक्षा गरिएको थिएन तर अहिले समाल्न नसकिने अवस्थामा नेपालीहरु आएका छन । नेपालीहरुको संख्या बड्दै जादा समस्या पनि थपिएका छन भन्नु हुन्छ ।

२)  नेपालीहरु साइप्रस जानुको मुख्य कारण : साइप्रसमा नेपाली मुख्य तया ३ कारण ले पुग्दा रहेछन रोज्गारी, अध्ययन तथा भर्मण र ब्यवसाय नै प्रमुख कारण हुन तथापी युरोपेली जीवन सैली र युरोपका अन्य मुलुक छिर्न सहज हुने अपेक्षामा साइप्रसमा टुरिस्ट भिसा जादा रहेछन तर त्यहा बाट युरेपेली मुलुक जाने भनेको त्यती सहज् रहेनछ झन्डै काला पानी तारेको जस्तै काहानी ।

३) नेपाली हरुको अवस्था : साइप्रसमा जाने नेपाली हरुमा बिद्द्यर्थी भिसामा जाने हरु भन्दा रोज गारिको सिल्सिलामा जाने हरुको अवस्था राम्रो देखियो किनकी रोज्गारी पाउन त्यती सहज् छैन । रोज्गारिमा पनि कियर गिबरको भन्दा होटल रेस्टुरेन्टको जागिरमा जाने हरुको अवस्था राम्रो रहेछ । होटल रेस्टुरेन्टमा खानाको पैसा जोगिने र टिप्स प्राप्तीले पनि राम्रो देखिएको छ तर तलब भने अली न्युन नै लाग्यो युरो ३१४ भनेको त्यती सार्भाइबर हुन सक्ने तलब हैन । सामाजिक स्थितीमा अधिकाम्स लिभिङ टुगेदरमा बस्ने चलन पनि रहेछ (बिशेष विद्यार्थी) हरुमा अली हाम्रो नेपाली कल्चर भन्दा फरक फिलिङ ब्यक्तिगत रुपमा मलाई लागेको छ । केयर-गिभर र कुक-सेफ भईवर्क पर्मिटमा आउनेले सम्झौता अनुसारै काम दाम पाउने हुनाले संघर्ष कायम राख्न सकेमा नेपालबाट साइप्रस जादा देखेको सपना पुरा गर्न सक्ने अवस्थामा देखिए ।

४) बिद्द्यार्थीको अवस्था : अध्ययनलाई प्राथमिकता राखेर साइप्रस जानेहरुको अली बडिनै समस्या रहेछ । जागिर नपाउनु जागिर पाए पनि कलेज भन्दा टाढा अर्को कुरा त्यहा अध्ययन गर्न जादा आयल्स पास गर्न नपर्ने भएकोले धेरै कन्सल्टेन्सीहरुले कमाउ खाउको धन्दाको असर स्पस्ट देखिन्छ । बिद्द्यार्थीहरुको प्राय नोकरी गर्ने स्थलो भनेको होटल रेस्टुरेन्ट नै रहेछ । नेपाल प्रहरी बाट रिटायर भएका सम्म अध्ययनको सिल्सिलामा गएको भेटिए तर काम को अभावमा फर्कने मनस्थिती बनएका धेरै बिद्द्यार्थी पनि भेटिए । अधिकांश नेपालीहरुले केयर गिभर रेस्टुरेन्ट नै कार्यक्षेत्र रहेको पाहियो ।

५) नेपालीले भोग्नुपर्ने समस्या के-के हुन् : धेरैको समस्या भाषागत नै महिले पाए त्यहाको चलन चल्तिको भाषा ग्रिक रहेछ त्यहा गएकाले जती छिटो ग्रिक भाषा सिके त्यती सहज् रुपमा जागिर पाउने सम्भावना रहेछ । त्यहा रहेका नेपालीले जागिरको अलवा दुताबास नहुँदाको पिडा बडी खेपी रहेका छन । सानो सानो काम गराउन पर्दा पनि तलब भन्दा सरकारी कागज बनाएर पठाउदा झन्डै दुई महिना को तलब तिर्नु पर्ने बाद्यता देखियो । साइप्रस खुला देस हामी सामाजिक सस्न्कारको बन्धन भित्र जकडिएर रहेको अवस्थामा खुला मुलुक पुगेर त्यसको नक्कल गर्ने पारीपाटिले आर्थिक अभाब र लोभ मोहको शिकार धेरै भएको देखिन्छ । नेपाल सरकारले एउटा सचिब स्तरिय कर्मचारीको ब्यबस्था अनिबार्य गर्नु पर्ने देखिन्छ ।

६) सूचना र ज्ञानको अभावले पनि त प्रभाव पार्ला :  नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्था यहाँको व्यवस्थासँग पटक्कै मेल खादो रहेनछ अपवादका घटनालाई छोड्ने हो भने, ‘ल एण्ड अर्डर’ यस्तो छ, सानो ठूलो जत्रो गल्ती होस्, ढिलो छिटो सजायको भागिदार बन्नैपर्छ। जालीचुक्ली र फटाइँ गर्नेले उन्मुक्ति पाउँदैन। अपराध गर्नेले त झनै उम्किन पाउँदैन। त्यस्तो अवस्थामा  आप्रवासीहरूले धेरै खाले चुनौती सामना गरिरहेको पाहियो ।   इमिग्रेसनका काममा सूचनाकै अभावले सकस व्यहोर्नु पर्छ।  भेट्न अपोइण्टमेण्ट लिएर डलर तिर्नुपर्छ। सबै सूचना त्यत्तिकै पाइँदैन ।

७) नेपालीबीच चाहिँ कस्तो एकता छ : प्रदेशमा स्वदेस भित्रकै मात्र नबएर बिदेशी सँग पनि मिलेर बस्नु पर्ने हुन्छ । समग्रमा त्यहाको समाज मिलेर बसेको पाहियो तथापी ७-१० हजारको समुदायमा ४०-५० बाट नेपाली समुदाय रहेछ्न सामाजिक काममा दत्तचित्त हुन खोज्दा अफवाह फैलाउनेको भीड धेरै देखिन्छ जस्ले गर्दा यहाँ भित्र भित्रै पनि खुटा तान्ने प्रबिद्दी छैन भन्न सकिन्न ।

८) साइप्रस मा कस्तो छ त अबसर : अवसर खोज्दै विदेश जानु नराम्रो कुरा होइन, विदेशमै बसेर पनि देशलाई गुन गर्न सकिन्छ, हामीले पनि थोरबहुत गरिरहेकै छौं । साइप्रस कन्सल्टेन्सीले हचुवाका भरमा व्याख्या गरे जस्तो गरेजस्तो सजिलो छैन रुखको बोटमा फल्फुल प्रसस्तै  फेले झै युरो फल्दैन। जाने हो भने रोजगारिको लागि कुनै एउटा विषय या क्षेत्रमा दक्षता हासिल गरेर कानुनी प्रक्रिया पुर्याएर वैध बाटोबाट जादा उचित हुन्छ । साइप्रसको कल्चर पछ्याउँदै सबै कुरामा अपडेट भएर आत्मविश्वास बढायो भने अवसर छोप्न सकिन्छ। त्यसका लागि शारीरिक र मानसिक श्रम गर्न अल्छी गर्नु हुँदैन । बिद्द्यर्थिको लागि भने खर्च नगर्दा राम्रो किनकी त्यहाको पढाई लाई अन्न्य युरोपको राष्ट्रले मान्यता दिएको छैन जादा पनि आयल्स गर्न नपर्ने हुँदा त्यहा बाट अन्यत्र जादा फेरी आयल्स गर्नु पर्ने हुन्छ भने प्राय त्यहा पुगेर अर्को मुलुक जान सक्ने सम्भावना धेरै कम छ ।

समग्रमा नेपाल र नेपाली ले साइप्रस बाट धेरै सिक्न सक्छन । विशेषत नेपालले साइप्रसबाट पर्यटन सम्बन्धी ज्ञान लिएर नेपाल मा त्यसरी नै पर्यटक लाई आकर्सित गर्न सक्ने प्याकेज ल्याउन सक्ने हो भने देशको चौतर्फी बिकास को आर्थिक ढोका नखोलिएला भन्न सकिदैन ।

अन्त्यमा मेरो साइप्रस यात्रामा साथ दिनु हुने जनसंपर्क समिती साइप्रसकी सभापति सिता अर्याल लगायत सम्पूर्ण साथी हरु, एन आर एन साइप्रसको अध्यक्ष सुभाष मल्ल र साथीहरु,  सबैमा हार्दिक धन्यवाद टक्र्याउछु ।

जयनेपाल
बिमल सुबेदी
आइ सिसी सदस्य

ईमेल :bimsube321@gmail.com


क्याटेगोरी : घुमफिर
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस