गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती दीप संञ्चार असोज २८, २०७९ गते ७:४० मा प्रकाशित ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् ।संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् ।प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिंदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन्। पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उम्मेदवारले चुनौती दिएका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चालगायत दलहरूले पाका नेताहरूलाई प्राथमिकता दिएका छन् । प्रमुख भनिएका राजनीतिक दलहरूले युवाका माग सम्बोधन गर्न नसक्दा ती दलका पाका नेताहरूका लागि युवा उम्मेदवार चुनौतीका रूपमा देखा परेका हुन्।‘युवाहरूले देशको नेतृत्व लिनुपर्छ भन्ने सन्देशसहित देशभरिबाट प्रतिनिधिसभाका लागि कुल उम्मेदवारको एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रतिनिधिसभा सदस्य बन्ने मनोकांक्षा बोकेर ८६७ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा आउँदा उनीहरूमध्ये आधाजति २५ देखि ४० वर्ष उमेर समूहका छन् ।तीमध्ये ३६० जना ४१ देखि ६० वर्ष उमेर समूहका छन् । ७१ देखि ८५ सम्मका ८६ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र महिला उम्मेदवार ७७ जना छन् । स्वतन्त्रमा सबैभन्दा धेरै काठमाडौंबाट १७ जना महिला उम्मेदवार छन् । यो समाचारनागरिक दैनिकमाछ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #प्रतिनिधिसभा निर्वाचन, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै, एमाले नछाडने अडानमा धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्