गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ औपचारिकतामा सीमित कांग्रेस बैठक औपचारिकतामा सीमित कांग्रेस बैठक दीप संञ्चार साउन ११, २०८० गते १०:०२ मा प्रकाशित सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ परिस्थितिमा पार्टी र मुलुकलाई नवीन ढंगबाट अघि बढाउने निर्णय गर्ने अपेक्षा धेरैले गरेका थिए। तर केन्द्रीय कार्यालय सानेपामा एक साता चलेको बैठक मंसिरमा महासमिति बैठक गर्नेसहितका केही औपचारिक र परम्परागत निर्णय गर्दै सकिएको छ।पार्टी विधानको व्यवस्थाअनुसार महाधिवेशनको वर्षबाहेक प्रत्येक वर्ष गर्नुपर्ने महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ। पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व मात्र चयन गरेको कांग्रेसले विधानको व्यवस्थाविपरीत नीति महाधिवेशन गर्ने जनाउँदै आएको थियो। महासमिति भेलालाई नै केन्द्रीय समिति बैठकले नीति महाधिवेशनका रूपमा आत्मसात् गर्ने निर्णय भएको छ।पार्टी विधानको व्यवस्थाविपरीत एक वर्षपछि साउन २ गते सुरु भएको केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि आन्तरिक र सार्वजनिक अभियान सञ्चालन गर्ने केही प्रस्ताव पारित गरेको छ। कांग्रेस बैठकले यही साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको छ। यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खटिने छन्। त्यस्तै भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको छ। त्यसअन्तर्गत कांग्रेसले समुदायसम्म पुग्ने जनाएको छ।गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक चुनावसँगै उदाएका नयाँ राजनीतिक दलका विषयमा मौन बसेको छ। पार्टीका नेताकार्यकर्ता नयाँ राजनीतिक दलसँग जोडिने क्रम बढिरहेको धारणा बैठकमा सदस्यहरूले राखेका थिए। तर यस विषयमा कांग्रेसले ठोस प्रस्ताव र धारणा बाहिर ल्याएको छैन। पार्टी संगठनलाई चलायमान बनाउन केन्द्रीय कार्यालयतर्फबाट महामन्त्री गगनकुमार थापाले प्रस्ताव गरेको एक वर्षे कार्यक्रमलाई संशोधनसहित कार्यान्वयनमा लगिने भएको छ।पार्टी विधानमा महाधिवेशन भएको ६ महिनाभित्र सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था छ। तर महाधिवेशन भएको डेढ वर्ष बित्दा पनि पार्टीका कुनै पनि निकाय र तहले पूर्णता पाएका छैनन्। केन्द्रीय समिति बैठकले पनि यस विषयमा ठोस निर्णय लिएन। नागरिक दैनिकबाटक्याटेगोरी : पत्रपत्रिकाट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप