गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु दीप संञ्चार असोज २७, २०७९ गते ७:०२ मा प्रकाशित मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ ।मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताउनुभयो। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए।कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘‘यस वर्षको बाढीले पु(याएको क्षतिबारे मूल्याङ्कन गर्न आयोजनाका इन्जिनियर, भूगर्भविद् तथा निर्माण व्यवसायीसहितको टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनका आधारमा अहिले सडक तथा पुल निर्माणको काम सुरु भइसकेको छ।” उहाँका अनुसार सडक र पुल तत्कालका लागि अस्थायी रूपमा नै निर्माण गर्नुपर्ने भएकाले छिट्टै नै काम सम्पन्न हुनेछ। यस वर्षको बाढीपहिरोले गत वर्ष जस्तो ठूल्ठुला ढुङ्गा तथा गेग्रान नल्याएकाले यसपालि पानी ल्याउन कठिन नहुने उहाँको भनाइ छ।उहाँका अनुसार आयोजना स्थलसम्म पुग्न करिब दुई सडक र पाँचवटा पुलको निर्माण गर्नुपर्ने हुन्छ। यस वर्षको वर्षायाममा आएको बाढीपहिरोले ती सडक र पुलमा क्षति पु¥याएको थियो। श्रेष्ठले भन्नुभयो, “सडक र पुलमा क्षति पुगेका कारण स्थलगत अध्ययन टोली आयोजनाको मुहानसम्म पुग्न नसके पनि ड्रोनको सहायताले त्यहाँको क्षतिबारे करिब–करिब यकिन भइसकेको छ। मुहान स्थलमा ठूलो क्षति पुगेको देखिएको छैन।”बर्खा लाग्नुअघि नै आयोजनाको मुहान तथा पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएकाले मुहान तथा सुरुङमा क्षति नपुगेको उहाँले बताउनुभयो। पहुँच सडक र पुलबाहेक अरू संरचना निर्माण गर्नु नपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो। आयोजना कार्यालयले मुख्य गरी हेडवक्र्स तथा अम्बाथानस्थित ‘वाटर अडिट’को निर्माण गर्नेछ भने अन्य पहुँच सडक तथा पुलको निर्माण आयोजनाकै आर्थिक लगानीमा सम्बन्धित पालिकाले निर्माण गरिरहेको उहाँले बताउनुभयो।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै, एमाले नछाडने अडानमा धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्