गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल दीप संञ्चार असोज ५, २०७९ गते ७:३० मा प्रकाशित आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६ छ तर समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ राजनीतिक दल दर्ता भएकामा सोमबार ४८ दलले मात्र उम्मेदवारको बन्दसूची बुझाए। समग्र निर्वाचन प्रक्रियाबाट ३० दल पहिले नै बाहिरिए भने समानुपातिक प्रणालीमा २० दलले भाग लिएनन्।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलले संविधान, ऐन तथा प्रचलित कानुनको अधीनमा रही निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ। लिन सक्ने भनेपछि नसक्ने पनि अवस्था रहन्छ तर चुनावमा भाग नलिने भए किन दल दर्ता गरियो भन्ने सम्बन्धमा भाग नलिने दलका आ–आफ्नै तर्क छन्।नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी)का पूर्वअध्यक्ष अम्बिकाप्रसाद थैवको वर्तमान व्यवस्थाले आमूल परिवर्तन गर्न नसक्ने ठहर गरेर चुनावमा भाग नलिएको दाबी छ तर उनी आबद्ध दलले निर्वाचन आयोगमा लेखापरीक्षण प्रतिवेदनसमेत बुझाएको छैन। काठमाडौँको टोखामा उक्त दलको केन्द्रीय कार्यालय रहेको आयोगको अभिलेखमा छ।नेपाल राष्ट्रिय सनातन पार्टीका अध्यक्ष गोविन्दप्रसाद रिजाल भने ‘हिन्दु राष्ट्र कायम गर्ने’ अभियान लिएर दल दर्ता गरे पनि पछिल्ला अनुभवबाट नसकिने भएको हुँदा उक्त अभियान थाती राखेर अर्को अभियानमा जुटेको बताउछन्। उनले साबिकको दल खारेज गर्न निवेदन दिएको बताए तर आयोगमा भने त्यस्तो निवेदन आइसकेको छैन। उहाँले अब स्वतन्त्र राष्ट्रिय शक्ति नेपालको केन्द्रीय उपाध्यक्ष भएर चुनावी प्रचार अभियानमा लागेको बताए। रिजालको दलको कार्यालय पनि हाल कतै छैन। यो समाचार गोरखापत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै