गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं दीप संञ्चार पुस २९, २०७८ गते ८:५६ मा प्रकाशित काठमाडौँ -कोरोनाका नयाँ भेरियन्ट डेल्टा र ओमिक्रोनको संक्रमण बढेपछि केही दिनयता संक्रमितहरूले सचेत गराइरहेका छन्। संक्रमणको पहिलो र दोस्र्रो लहरमा लुकाउने बानी रहेकोमा यसपटक प्रष्ट्याउने प्रवृत्ति देखा परेको छ।जनस्वास्थ्यविज्ञ डा. शरद वन्त आफू संक्रमित भएको जानकारी खुला रूपमा सार्वजनिक गर्नु सकारात्मक भएको बताउँछन्। ‘कोरोनाको पहिलो र दोस्रो संक्रमण अवधिमा संक्रमितहरू परिचय लुकाउँथे,’ डा। वन्त भन्छन्, ‘अहिले खुला रूपमा सार्वजनिक गर्दा सकारात्मक सन्देश जान्छ। सावधानी र सजगता अपनाउन प्रेरित गर्छ।’समुदायमा संक्रमणस्थानीय तहमा पनि डेल्टा र ओमिक्रोन संक्रमण पुष्टि भएकाले समुदाय तहमै संक्रमण फैलिसकेको जनस्वास्थ्य विज्ञहरूको दाबी छ।डेल्टासँगै ओमिक्रोन भेरियन्टका संक्रमणका कारण तेस्रो लहरको संकेतहरू देखिएका छन्। जनस्वास्थ्य विज्ञ डा। वन्त भन्छन्, ‘समुदाय तहमा संक्रमण भएको कुरालाई नकार्न मिल्दैन। केश हेर्दा सबै आयातीत मात्र छैनन्। पहिचान भएका संक्रमिहरू मिश्रण छ।’ पुस महिनाभित्र संक्रमण प्रवृत्ति २३ दशमलव ६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन्। अहिले कुल संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ। हालसम्म २७ जना व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी कर्मचारीको तलब बढाउने तयारी !सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमास्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्नेनेपालीको प्रतिव्यक्ति आय कति पुग्यो ? धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी