Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठपत्रपत्रिकाकांग्रेस महाधिवेशन : आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै

कांग्रेस महाधिवेशन : आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै


काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज सोमवार ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ ।

देशभरका ६० जिल्लाका १४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमवार अधिवेशन सुरू हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।

संयोजक यादवले १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र आज ६० जिल्लामा अधिवेशन हुन लागेको बताए । ‘१४ जिल्लाको प्रतिनिधिसभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी रहेका १४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमवारबाट अधिवेशन हुँदैछ ।’

तर सर्लाही, सिन्धुपाल्चोक र रसुवामा अधिवेशन प्रक्रिया रोकिएको छ । ती जिल्लाको विवाद समाधानका लागि महामन्त्री डा। शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच छलफल भइरहेको छ ।

सोमबार प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुनेछ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने जनाइएको छ ।

सोमवार केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि समेत चयन गरिनेछन् । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने भएका छन् ।


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस