गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ बहिनी बलात्कार गर्ने नेपाली युवकलाई भारतमा फाँसीको सजाय बहिनी बलात्कार गर्ने नेपाली युवकलाई भारतमा फाँसीको सजाय दीप संञ्चार असोज १०, २०७८ गते ७:१९ मा प्रकाशित काठमाडौँ –आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ।भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ। पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए।प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा। ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसी दिएर मृत्युदण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ। उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ। यो समाचार राजधानी दैनिकमा छ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी कर्मचारीको तलब बढाउने तयारी !सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमास्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्नेनेपालीको प्रतिव्यक्ति आय कति पुग्यो ? धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्ने तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल ! अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु