गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ अनअराइभल भिसा खुला अनअराइभल भिसा खुला दीप संञ्चार असोज ८, २०७८ गते ६:५६ मा प्रकाशित काठमाडौँ –सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो ।भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । त्यस्तै नेपालमा होटल बुक गरेको प्रमाण, सीसीएमसीको वेबसाइटमा लगइन गरी अनलाइन फाराम भरेको प्रिन्टप्रति पनि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।आदेशअनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमनमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । त्यस्तो परीक्षणमा पोजेटिभ देखिएमा अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा पठाउनुपर्नेछ ।अध्यागमनमा परीक्षण हुन नसके होटेलमा कोभिड–१९ को परीक्षण गरेर नेगेटिभ आएपछि मात्र होटलबाट बाहिर जान पाउनेछन् । यो समाचार गोरखापत्र दैनिकमा छ । क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी कर्मचारीको तलब बढाउने तयारी !सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमास्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्नेनेपालीको प्रतिव्यक्ति आय कति पुग्यो ? धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की