कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित
काठमाडौँ –
सत्तारुढ दल नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै भदौ ९ गतेका लागि तोकिएको पालिका अधिवेशन समेत अनिश्चित बन्दै गएको छ ।
क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर असोज ९ गतेका लागि तोकिएको पालिका अधिवेशनमा समेत पर्ने भएको छ ।
क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा वडा अधिवेशन समेत धकेलिने भएपछि पालिका अधिवेशन समेत केही दिन सर्ने जानकारी दिए । ‘१३ जिल्लामा केही दिनभित्रै वडा अधिवेशन हुन्छ, भदौ ९ गतेमा पालिका अधिवेशन तोकिए पनि ती जिल्लामा सोही मितिमा पालिका अधिवेशन सम्भव छैन,’ ढुंगानाले भने, ‘पहिले वडा अधिवेशन भएका जिल्लामा हुन्छ, अन्यत्र सर्छ ।’ उनका अनुसार २ नम्बर प्रदेशका सबै जिल्लामा प्रायः सदस्यता विवाद समाधान भइसकेको छ ।
रौतहट र बाराको सदस्यता रुजु जारी रहेको छ । १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलवार ७ जिल्लामा प्रक्रिया सुरू भइसकेको छ ।
काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन प्रक्रिया सुरू भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशन गत भदौ १८ गतेमा तोकिएको थियो ।
तर तोकिएको मितिमा प्रक्रिया मात्रै सुरू भएको थियो । अब २ नम्बर प्रदेशका ८ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण पार्टी वेबसाइटमा सार्वजनिक गर्न बाँकी रहेको छ ।
महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गतेका लागि तय गरिएको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १०–१२ गते र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ गतेसम्म तय भएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
क्याटेगोरी : पत्रपत्रिका
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस