गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी दीप संञ्चार पुस १७, २०८० गते २०:२७ मा प्रकाशित एजेन्सी । टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । स्थानीय समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो ।जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ । जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ।अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई रनवेमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुनसक्ने बताएको छ।केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। यसमा रनवेमा उभिएको विमानसँग ठोक्किएपछि अर्को विमान अगाडि बढ्छ । यसै क्रममा दुवै विमानमा ठूलो आगो लागेको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुनसक्छ । रोयटर्सले कोस्ट गार्डलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।जापान एयरलाइन्सका प्रवक्ताले उक्त विमान होक्काइडोको शिन(चितोसे विमानस्थलबाट उडेको बताए ।जापान एयरलाइन्सको विमानमा आगलागीको पहिलो तस्वीरअहिले यो दुर्घटनाको दृश्य बाहिर आएको छ । जापानको सरकारी प्रसारक एनएचकेले अधिकारीहरूलाई उद्धृत गर्दै हानेडा विमानस्थलमा पार्किङ गरिएको अर्को विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुन सक्ने बताएको छ।जापान एयरलाइन्सको उडानमा धेरै यात्रुहरूले प्रश्न उठाएको पनि रिपोर्टहरू छन्। तर, यसबारेमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।तर दुर्घटनाका तस्विर र भिडियोमा विमानमा ठूला ठूला आगो निस्केको देखिन्छ । झ्यालबाट आगो र धुवाँ उठिरहेको देखिन्छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न