गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनी हमलामा १४ रुसी नागरिकको मृत्यु, १०८ जना घाइते युक्रेनी हमलामा १४ रुसी नागरिकको मृत्यु, १०८ जना घाइते दीप संञ्चार पुस १५, २०८० गते ९:४७ मा प्रकाशित बेलगोरोड– युक्रेनको हमलामा १४ जना रुसी नागरिक मारिएका छन् । रुसी प्रान्तीय राजधानी बेलगोरोडको केन्द्रमा युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको हो ।सो हमलामा १०८ जना घाइते भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको छ ।गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार युक्रेनको सीमाबाट करिब ३० किलोमिटर (१९ माइल) पर रहेको बेलगोरोडमा भएको सो आक्रमण आवासीय क्षेत्रमा भएको थियो । एक टेलिग्राम पोस्टमार्फत उनले सबै बासिन्दाहरूलाई साइरन बज्दा हवाई आक्रमणको आश्रयमा जान आग्रह गरेका थिए ।बेलगोरोडले युक्रेनको लुहान्स्क, सुमी र खार्किभ क्षेत्रहरूसँग सीमा जोडेको छ । जसमध्ये शुक्रबार युक्रेनमा रूसी हवाई आक्रमणबाट प्रभावित भएका थिए । यो फेब्रुअरी २०२२ मा युद्ध सुरु भए देखिकै सबैभन्दा घातक आक्रमणहरू मध्ये एक थियो। ती आक्रमणहरूमा मर्नेहरूको संख्या बढेर ३९ पुगेको छ।बेलगोरोड रूसको राजधानी मस्कोबाट करिब ६०० किमी टाढा छ । यो एक फ्रन्ट–लाइन क्षेत्र हो, जसले क्रेमलिनको सशस्त्र सेनालाई युक्रेनतर्फ आक्रमण गर्नको लागि महत्त्वपूर्ण आधारको रूपमा सेवा गरिरहेको छ।मन्त्रालयले शुक्रबार बेलगोरोड क्षेत्रमा १३ युक्रेनी रकेटहरू ध्वस्त पारेको दाबी समेत गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल