गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी सेनाको घेराबन्दीमा युक्रेन रुसी सेनाको घेराबन्दीमा युक्रेन दीप संञ्चार पुस २८, २०७८ गते १६:३८ मा प्रकाशित एजेन्सी – १ लाखभन्दा बढी रुसी सेनाले यूक्रेनलाई तीनतर्फबाट घेरेर राखेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।रुसी घेराबन्दी र यूक्रेनमा हमलाको आशंकाबीच जेनेभामा रुस र अमेरिकाबीच भइरहेको वार्तामा गतिरोध आएको थियो । रुसी उप विदेश मन्त्री रायबाकोभले अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मलाई एक सुत्रे सर्त राखेका थिए । रुसका अनुसार उसको चासो अमेरिकाले यूक्रेनलाई सैन्य संगठन नाटोमा समावेश नगरोस् भन्ने नै हो ।रुस नाटो सेनालाई आफ्नो ढोकाबाट पर राख्न चाहन्छ । उता अमेरिकाले युक्रेनलाई नाटो सेनामा समावेश गर्ने बारेमा कुनै प्रतिबद्धता जनाएको छैन । रुसी सेनाले यूक्रेनलाई पूर्वी क्षेत्रको सोलोटी र बोगुचार, उत्तरी क्षेत्रमा पोचेपबाट घेरेर राखेको छ । सैन्य विशेषज्ञका अनुसार रुस लगातार यूक्रेनको सीमामा आफ्नो सैन्य उपस्थितिलाई बढाउँदै गरेको छ । अतिरिक्त सैनिक पनि तैनाथ गरिएको छ ।यदि युद्धको स्थितिमा अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएमा यसको फाइदा चीनलाई हुने छ । अमेरिका यो चाहँदैन । अमेरिका सीधा युद्धमा समावेश हुन चाहँदैन । उता पहिले पूर्वी यूक्रेन पुटिनको समर्थनमा रहेको थियो । २०१४ मा रुसले क्राइमियामा हमला गरेपछि स्थिति फेरिएको छ । यूक्रेनका जनता अब रुस विरोधी सरकारलाई निर्वाचित गराउँदै आएका छन् । प्रतिबन्धको स्थितिमा रुसले प्रतिक्रियाको रूपमा युरोपमा ग्यासको आपूर्ति रोक्न सक्छ । यसमा अमेरिकाको सहयोगी युरोपेली देश प्रभावित हुनेछन् । युरोपको ४० प्रतिशत ग्यास आपूर्ति रुसबाट हुँदै आएको छ । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारक्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीनज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्युयुक्रेन संकटको समाधान कूटनीतिक माध्यमबाट मात्र सम्भवगैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !