गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हेलिकप्टर दुर्घटनामा भारतीय पूर्वसेना प्रमुख विपिन रावत दम्पत्तिको मृत्यु भएको पुष्टि हेलिकप्टर दुर्घटनामा भारतीय पूर्वसेना प्रमुख विपिन रावत दम्पत्तिको मृत्यु भएको पुष्टि दीप संञ्चार मंसीर २२, २०७८ गते २१:४६ मा प्रकाशित काठमाडौँ भारतीय पूर्वसेना प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा पूर्वसेना प्रमुख रावत र उनकी पत्नि मधलिका रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको हो ।भारतीय सञ्चामाध्यमका अनुसार हेलिकप्टरमा रावतसहित उनकी पत्नि र वरिष्ठ सैन्य अधिकारीहरु गरी १४ जना सवार थिए । हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। हेलिकप्टर १२ बजेर २० मिनेटमा अवतरण स्थलबाट मात्र १० किलोमिटर पर हुँदा दुर्घटना भएको थियो। अहिले घटनास्थलमा चिकित्सक, सेनाका अधिकृत र कोब्रा कमाण्डोको टोली छ ।८५ प्रतिशत जलेकाले फेला परेका शवको पहिचान गर्ने प्रयास भइरहेको छ । उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिने समाचारमा जनाइएको छ।रावत देशको पहिलो चीफ अफ डिफेन्स स्टाफ हुन्। रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको रूपमा सेवा गरेका थिए । उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनरल रावतको निधनमा दुस्ख व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, “तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनालाई लिएर मलाई निकै दुस्ख लागेको छ। त्यसमा हामीले जेनरल विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौँ। उनीहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थिए। दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु।” क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)