गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतमा ६ घण्टा बसेर के-के सम्झौता गरे पुटिनले ? भारतमा ६ घण्टा बसेर के-के सम्झौता गरे पुटिनले ? दीप संञ्चार मंसीर २१, २०७८ गते ६:५९ मा प्रकाशित काठमाडौँ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर भएको भारतले जनाएको छ ।भारतले यो भ्रमण ‘छोटो तर महत्वपूर्ण’ भएको बताएको छ ।रुसी राष्ट्रपति पुटिनले सोमबार भारत भ्रमण गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । यो भ्रमणमा उनी भारतमा मात्र ६ घण्टा बसे ।परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्लाले राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच भएको कुराकानीको जानकारी दिए।परराष्ट्र सचिव श्रृङ्लाले भने, ‘राष्ट्रपति पुटिनको भ्रमण छोटो तर निकै महत्वपूर्ण र सम्बन्धलाई मजबुत बनाएको छ । यस क्रममा धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो ।’उनले दुई देशका नेताबीच राम्रो छलफल भएको र त्यसमा द्विपक्षीय व्यापार र लगानीजस्ता विषयले विशेष स्थान पाएको बताए ।भ्रमणको महत्व बताउँदै उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो वार्षिक सम्मेलनमा भाग लिने निर्णयले उनले द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको व्यक्तिगत सम्बन्धलाई कत्तिको महत्त्व दिन्छन् भन्ने देखाउँछ।’उनले भने, ‘प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई विशेष गरी कोभिडको समयमा रूसमा बस्ने भारतीय समुदायको हेरचाह गरेकोमा धन्यवाद दिए।’श्रृङ्लाले भारतले रुसको तेल र ग्यासलगायत पेट्रोकेमिकल क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु