गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतमा पनि भेटियो ओमिक्रोन, नेपालमा त्रास भारतमा पनि भेटियो ओमिक्रोन, नेपालमा त्रास दीप संञ्चार मंसीर १६, २०७८ गते १८:२३ मा प्रकाशित काठमाडौँ दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएको छ।सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको छ। भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो।सरकारका एक अधिकारीका अनुसार ती सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् । उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण “सङ्क्रमण हुन सक्ने उच्च जोखिम” भएको बताएको छ।भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको थियो। ती परीक्षणको परिणाम अझै आइसकेको छैन। अरू सहरमा पनि ओमिक्रोनको परीक्षण सुरु गरिएको छ।यता, नेपालमा अहिलेसम्म ओमिक्रोन भेटिएको पुष्टि भएको छैन। तर। कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोनाभाइरसको जीन सीक्वन्सिङ कार्यलाई ‘पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको’ अधिकारीहरूले बताएका छन्।नेपालले पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै दक्षिण अफ्रिकाबाट नेपाल आउनेहरूमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ।(बीबीसी)क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)