गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ? चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ? दीप संञ्चार कात्तिक २६, २०७८ गते ६:१६ मा प्रकाशित काठमाडौँ –भारत र चीनबीच लद्दाख सीमामा लामो समयदेखि बढेको बिबाद अझै सुल्झन सकेको छैन।भारत र चीनबीच तनाब बढ्दै गइरहेको बेला चीनले भने पाकिस्तान र अफगानिस्तान कब्जा गरेको तालिवानसँग हात बढाएको छ। भारतीय मिडियाको एक रिपोर्टका अनुसार आधुनिक कूटनीतिको युगमा यदि कुनै देशले अर्को देशलाई हतियार उपहार दिन्छ भने त्यो प्रायः मित्रता होइन रणनीति मात्र हो ।चीनले पाकिस्तानलाई अग्रिम र उच्च प्रविधियुक्त युद्धपोत दिएको छ । चीनले यो युद्धपोत सबैभन्दा ठूलो र प्राविधिक रूपमा अत्याधुनिक युद्धपोत भएको दाबी गरेको छ ।तर, चिनियाँ सामानको ग्यारेन्टी नभएको भारतीय मिडियाले दाबी गरेका छन्। प्रश्न उठ्छ किन रु यसमा भारतसँग प्रतिस्पर्धा गर्ने रणनीति छ ?यसलाई भारतको कोणबाट कस्तो चुनौती मान्नुपर्छ रु यसलाई भारतीय सुरक्षा विज्ञहरुले चीनले आफुलाई बलियो देखाउन अपनाएको एक रणनीतिका रुपमा मात्र लिएका छन्।ग्लोबल टाइम्सका अनुसार सोमबार हस्तान्तरण गरिएको उक्त युद्धपोत चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड ९ऋक्क्ऋ० द्वारा डिजाइन गरिएको हो।यो फ्रिगेट पाकिस्तानी नौसेनालाई सांघाईमा एक कमीशन समारोहमा हस्तान्तरण गरिएको थियो।पाकिस्तानी नौसेनाले सोमबार पठाएको विज्ञप्ति अनुसार टाइप ०५४एरपी फ्रिगेटलाई पीएनएस तुघ्रिल नाम दिइएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट